• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

सिर्जनात्मक शैलीका देउसी र भैलो देख्नै नपाएको गुनासो


  •   बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित
  • पाल्पा, १० कात्तिक ।

    Advertisement

    खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनको तालमा छम्केर नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । यसरी समूहमा साथीसँग स्थानीय लोकलयमा गीत गाएर देउसी र भैलो खेल्दा आन्दानुभूति हुने गरेको अनुभव सुनाउनुहुन्छ, कलाकार हरि पोखरेल ।

    “आधुनिकीकरणका नाममा मौलिक संस्कृति नै धरापमा पर्न गएको छ, पहिलेका देउसी र भैलो रचनात्मक खालका हुन्थे”, उहाँले भन्नुभयो, “अहिले ती सिर्जनात्मक शैलीका देउसी र भैलो देख्नै पाइँदैन, युट्युब, मेमोरीकार्डबाट गीत बजाएर देउसी र भैलो खेल्दा पहिलेजसो त्यति रमाइलोपन छैन ।”

    पहिला तिहारमा देउसी र भैलो खेलेर सङ्कलित रकमले मठ, मन्दिर, चौतारी, खानेपानी पँधेरा, कुवा निर्माण जस्ता सामाजिक काममा लगाइन्थ्यो भने अहिले रङ रमाइलो र वनभोजलाई मात्रै केन्द्रित जस्तो गरेर भैलो उठाउने खेलो भएको कलाकार पोखरेल बताउनुहुन्छ ।

    भैलेनी आयौँ आँगन बडाली कुँडाली राखन, आहैँ औँशीको बार गाईतिहार भैलीराम ।
    हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँशीको बार गाईतिहार भैलो ।।
    हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँशिको बार गाईतिहार भैलीराम ।

    यसरी गीत गाएर गाउँभरि देउसी र भैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसी र भैलो हेर्नेको गाउँमा भीड नै हुने गरेको ६१ वर्षीय रामपुर भजनकृतन मण्डलीका अध्यक्ष टीकाराम ढकाल बताउनुहुन्छ ।

    “पहिलेको देउसी र भैलो तथा अहिलेको देउसी र भैलोमा धेरै फरक छ, हिजोआज त ठूला ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, यस्तो संस्कृतिले मौलिकता नै हराउन पुगेको छ, यसरी क्षणिक रमाइलोका लागि मात्रै खेलिन्छ, संस्कृतिको वास्तविक मार्मिकता नै छैन”, उहाँले भन्नुभयो ।

    मौलिकपना नपाउँदा चाडबाड मनाउने हाम्रा परम्परागत संस्कृति नै बद्लिँदै गएको उहाँ अनुभूति गर्नुहुन्छ । अबका पुस्तामा पुरानो देउसी र भैलोको कुरा एकादेशको कथा जस्तो हुने भएकाले यसलाई जोगाउन घरमूलीले नयाँ सन्ततिलाई बुझाउन र सिकाउनु जरुरी रहेको ढकालको भनाइ छ ।

    जुनी काट्छौँ नि भन्थ्यौँ मसित, मनको साइनो जोडिछौँ को सित ।। ओ।।।डाँडाघरे साहिँली मैले हत्ते गरेर के गर्ने, नशानशा रगतमा छौँ तिमी पिरतीको अर्को नाउँ हौँ तिमी ।

    यस्ता गीतले देउसी र भैलोको मर्म र संस्कृित बोल्दैनन् । अहिलेका देउसी र भैलोमा यिनै गीतमा सहर बजारमा युट्युबाट गीत बजाएर नाचिने गरिएको छ । पश्चिमी संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसी र भैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ ।

    बलिराजाका पालादेखि नै समूह बनाएर देउसी र भैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसी र भैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । उज्यालैउज्यालोको पर्वका रुपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनी बीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो ।

    अहिलेको देउसी र भैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीत, पप, चलचित्र, आधुनिक गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ । केहीले देउसी र भैलो संस्कृतिलाई रमाइलोका रुपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि । जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अङ्ग्रेजी गीतको स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ ।

    लोप भयो मखमली फूल

    ‘मखमली फूल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँशु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय सान्र्दभिक छ ।

    पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिएको छ ।

    “दाजुभाइ र दिदिबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दिर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन रहे पनि फूलको अभाव हुँदा सयपत्री र बजारका कृत्रिम माला प्रचलनमा आएको बताउनुहुन्छ”, स्थानीय पार्वती न्यौपाने ।

    उहाँ भन्नुहुन्छ, “कहिल्यै नओइलिने मखमली फूलले तिहारमा धेरै महत्व बोकेको छ, यो फूल कहिले न ओइलिने भएकाले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतीकका रुपमा लिइन्छ तर गाउँमा हिजोआज यो कतै देख्न पनि पाइँदैन ।”

    दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीलाई तिहारको अभिन्न अङ्ग बनिसकेको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेका छन् ।

    मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा ध्यान भने कसैको गएको पाइँदैन । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । सुपारी जस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ ।

    नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर मानिन्छ । मखमली फूल नोपालीको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

    छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी, हल्का रातो रंगमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । अर्कोतर्फ मखमली फूल सँगै गाउँघरमा फुल्ने सयपत्री र गुरधौली फूल पनि देखिन छोडेको छ । प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री, मखमली र गुरधौली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ ।

    माटाका भाँडा प्रयोग गर्ने घट्दै

    सहरबजारदेखि गाउँघरमा झिलीमिली बत्तीको प्रयोग बढ्दो छ । कृत्रिम वस्तु ल्याएर घर सजावट गर्ने र झिमीमिली बनाउने संस्कृति हिजोआज देखासिकी जस्तै बनेको छ । बजारमा तयारी अवस्थामा आएका विभिन्न झिलीमिली बत्तिले घर उज्यालो बनाउने होडबाजी नै देखिन्छ ।

    पहिला माटोबाट तयार पारिएका पालामा घरआँगनका डिल, चौकोस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो । तर हिजोआज भने तिहारका समयमा माटोका पाला गाउँघरमा देख्नै पाइँदैन ।

    हाम्रा पालामा माटोबाट बनेका पालामा घरको मूल ढोका, चौकस, मझेरी, आँगन, तुलसीको मठ, बार्दलीमा लहरै बत्ति बाल्ने चलन थियो तर हिजोआज बजारमा आएका अनेकथरीका बत्ती ल्याएर गाउँभरि बाल्न थालेको रामपुर–६ कौवा बस्ने हुमा देवकोटा बताउनुहुन्छ । “हिजोआज त माटोका भाँडामा गाउँमा कसैले बत्ती बाल्दैनन्, चाडपर्व मनाउने नाममा चलनचल्तीमा आएका पुराना सामग्रीलाई निरन्तरता दिनुपर्ने हो, सबै कृत्रिम वस्तुको प्रयोगमा सौखिन हुन थाले, मेरै नातिनातिनालाई यी कुरा नौलो लाग्न थालिसक्यो”, उहाँले भन्नुभयो ।

    “गाउँमा पहिला घरघरमा माटोको भाँडा बनाउने गरेपनि अहिले सबैले छाड्दै जाँदा उत्पादन कम भएपछि बजारका बत्तीमा स्थानीय आकर्षित हुन थालेको छन्”, व्यवसायी सोमबहादुर कुमाल बताउनुहुन्छ । रामपुर नगरपालिका–६ तिलकपुर क्षेत्रमा कुमाल समुदायको बाक्लो बस्ती रहे पनि सोमबहादुरले मात्रै एक्लै माटोका भाँडा बनाउने पेशा धान्दै आउनुभएको छ ।

    “गाउँका सबैका घरघरमा माटोका भाँडा बन्ने गथ्र्यो, अहिले सबैले पेशा छाडे, माटोबाट बनेका पाला खोज्न अझै पनि ग्राहकहरु घरमा आउने गरे पनि उत्पादन कम हुँदा मागअनुसार पु¥याउन सकिएको छैन”, कुमालले भन्नुभयो ।

    विशेषगरी तिहारमा घरमा माटोबाट तयार पारिएका पालामा बत्ती बाल्ने पुरानो चलन छ । अझसम्म पनि केही पाका स्थानीयले पुरानो चलनलाई निरन्तरता दिँदै माटोका पाला नै खोज्ने गर्छन् । तर माटोको अभावमा धेरैले व्यवसाय छाड्दै जादा भने हिजोआज व्यवसाय धान्न समस्या परेको छ । तिलकपुर क्षेत्रमा मात्रै करिब दुई सय ५० घरपरिवार कुमाल समुदायको छ ।

    जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटोका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले यो पेशा लोप हुँदै गएको छ । वर्षांैदेखि गर्दै आएको पेशा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । रासस

    बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.