काठमाडौं १५ कात्तिक
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोमबार अभियोगपत्र दायर गरिएकोमा आजदेखि थुनछेक बहस हुने भएको हो । सन्दीप क्रिकेट खेलकै लागि विदेशमा रहेका बेला उनीविरुद्ध एक किशाेरीका अभिभावकले प्रहरी वृत्त गाैशालामा जबरजस्ती करणीकाे जाहेरी दिएका थिए ।
जाहेरी परेकाे एक महिनापछि गत असाेज २० गते स्वदेश फर्केका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।
सन्दीपविरुद्ध १० देखि १२ वर्ष जेल सजायकाे माग दाबी गर्दै अभियाेगपत्र दायर भएकाे छ । प्रहरीसँगकाे बयानका क्रममा सन्दीपले आफूमाथि लागेकाे आराेप सत्य नरहेकाे जिकिर गरेका छन् ।




