काठमाडौँ, १५ कात्तिक ।
नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान दाहाल निवास खुमलटारमा भेटघाट भएको छ । नवनियुक्त राजदूत थम्पसनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए ।
राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी व्यक्त गरेको दाहालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाएका थिए ।




