• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

नेताहरूको बाक्लो उपस्थितिले मुसहरबस्तीका बासिन्दा छक्क


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • महोत्तरी, १६ कात्तिक ।

    Advertisement

    गाउँघरमा पाँच वर्षपछि नेता देख्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको–३ खैरा गाउँको मुसहरबस्तीका बासिन्दा छक्क पर्न थालेका छन् । नेताहरूको बाक्लो उपस्थितिले उनीहरूलाई निर्वाचन आएको आभास हुन थालेको छ ।

    ‘‘विसं २०७४ को निर्वाचनमा आफूले भोट दिएपछि पहिलो पटक नेताहरूलाई आफ्नो गाउँघरमा देख्दा नेताहरूलाई हाम्रो भोट चाहिने बेला भएछ भन्ने थाहा भयो’’, बस्तीका अगुवा मुसहर अमृत सदाले भने, “विगत पाँच वर्षमा एक पटक पनि नेता नपुगेको अहिले दिनरात नेता पुग्न थालेका छन् । हामी चाहिने भनेकै उहाँहरूलाई चुनावको बेला त हो नि ।’’

    उनका अनुसार सधैं बेलुका ७÷८ बजे सुतिसक्ने मुसहरबस्ती अहिले प्रत्येक दिन राति १र२ बजेसम्म जाग्राम बस्छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको समय नजाकिँदै गएसँगै अहिले देशभरिका प्रत्येक गाउँघरमा नेता, कार्यकर्ताको दौडधुप सुरु भएको छ । अघिल्लो निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायको लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जिते तर ती नेताहरु मुसहरबस्तीमा एकदिन पनि पुग्न सकेका छैनन् ।

    अहिले मुसहरबस्तीका मतदाता नेताको ‘रङ फेरियो, बस्ती फेरिएन’ भनेर दुःख व्यक्त गर्दछन् । ‘‘सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएन्’’ अगुवा मुसहर अमृतले थपे । महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरू बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाजसमेत नगरिदिने गरेको उनीहरूको गुनासो छ ।

    ‘‘मुसहरलाई आपतविपद पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे । फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पन्छिन्थे’’ बस्तीका ६० वर्षीया मुसहर महिला तेतरी सदाले दुःखेसो सुनाए । निर्वाचन नजिकिएसँगै त्यही बस्तीमा अहिले नियमित नेताको भीड लाग्छ । ‘‘चुनावको मिति तय भएयता दिनहुँजसो नेता, कार्यकर्ता यसपटकको निर्वाचनमा मुसहरको मत पाएर आफूले जितेपछि यहाँ विकासको लहर ल्याउने आश्वासन बाँड्न सुरु गरेका छन् । मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ छ’’ बस्तीका अर्का ७० वर्षीया महिला सिलिया सदाले बताइन् ।

    जलेश्वर नगरपालिका–३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ । उनीहरुका लागि न त शौचालयको व्यवस्था छ, न त खानेपानी पाइपकै सहजता छ । सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाइप ९ह्याण्डपाइप० छ भने प्रत्येक ८÷१० घरमा एउटा शौचालय रहेको स्थानीयवासी सुकमरिया सदाले भावुक हुँदै बताइन् ।

    उनका अनुसार नेताहरूले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेर प्रत्येक चुनावमा आफूहरु नेताको भाषण सुन्न जाने गरेको र भरोसा गरेर मत पनि दिने गरेका छन् । बस्तीमा खानेपानी, नाला र सडक बनाउनुपर्ने वर्षौंदेखिको माग अहिले पनि यथावत नै छ । ‘‘सबै चुनावमा घर बनाइदिन्छु, खानेपानी पाइप, स्कुल, नालालगायतका विकासको काम गरिदिने आशले नेतालाई भोट दिन्छु’’ स्थानीय लड्डु सदाले बताए ।

    भारतीय सीमासँग जोडिएको यो जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सबैभन्दा गहिरो ठाउँ हो । वर्षाको बेला घर–घरमा पानी पस्छ । मुसहर बस्ती ऐलानी जमिनमा छ । नब्बे घरधुरी रहेको यो बस्तीमा करिब एक सय ५० जनालाई नागरिकता समेत छैन भने उनीहरु पुस्तौंँदेखि यहीँ बस्दै आएको छ । बुबाको नागरिकता नभएकै कारण छोराछोरीकोसमेत जन्मदर्ता नबन्दा यस बस्तीका अधिकांश बालबालिका विद्यालयको मुखसमेत देख्न पाएका छैनन् ।

    यस बस्तीका मुसहरले गत चुनावमा नागरिकता बनाइदिने, जन्मदर्ता बनाइदिने, वर्षाको पानी व्यवस्थापन गरिदिने, खानेपानी, सडक र सबै ऐलानी जमिनको लालपुर्जा बनाइदिनुपर्ने माग राखेका थिए । तर त्यस्ता वाचा, बन्धनको पनि पाँच वर्ष वितिसक्यो तर अहिलेसम्म पनि यो बस्तीमा केही हुनसकेको छैन । अझै पनि दर्जनाँै व्यक्ति नागरिकताविहीन, दर्जनौँं बालबालिका जन्मदर्ताविहीन र बस्तीमा सडक, विद्यालय, खानेपानी, नाला निर्माणको काम पनि बाँकी नै रहेको छ । स्थानीय अर्जुन सदा भन्नुहुन्छ, “बस्तीमा मात्र एउटा चापाकल (खानेपानी पाइप) हुँदा गर्मीमा पानीको हाहाकार हुन्छ । नाला नबन्दा वर्षात्मा उनीहरूको घर डुब्छ । लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ । हरेक निर्वाचनमा उनीहरूले यी माग अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन् । उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन् ।”

    खैरा गाउँभरि बिजुली बत्ती पुगे पनि गाउँमै रहेको मुसहरबस्ती वर्षौँंदेखि अँध्यारो रहेको छ । गरिबी र विपन्नताले गर्दा कतिले बिजुली बत्ती जडान नै गर्न सकेका छैनन् भने एकरदुई जनाले जडान गर्न चाहे पनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर नपाएको उहाँहरुको गुनासो छ । गाउँमा बिजुली बत्ती त छ तर विद्युत् कार्यालयले लालपुर्जा नभएकालाई मिटर दिन मानेको छैन । स्थानीय सिरिया सदाले भनिन्, ‘‘मुसहरबस्ती अझै उस्तै छ । यहाँका सबै सबै जना अभावमा बाँचिरहेका छन् । यो बस्तीमा नेता भोटको बेलामा मात्रै आउँछन् । मत पाएपछि नेताको रङ फेरिन्छ तर बस्तीको रङ फेरिँदैन ।’’ निर्वाचनमा नेता परिवर्तन भए पनि आफूहरूको बस्तीमा परिवर्तन हुननसकेको उनको गुनासो छ ।

    प्रत्येक निर्वाचनमा नेताले झुठो आश्वासन दिएर बस्तीको भोट लिने गरेको सिरियाले बताइन् । ‘‘नेपाल सरकारले बडो धुमधामका साथ देशलाई खुलादिशामुक्त घोषणासमेत गरिसकेको अवस्थामा यस बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ । सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको’’ स्थानीयवासी बिरु सदाको गुनासो छ । यहाँका अधिकांश बासिन्दा जमिन्दारको जमिन बटैया अर्थात् अधियाँमा खेती गर्छन् । वर्षाको बेला खेत डुबानमा पर्छ भने वर्षा नभएको बेला खडेरी लागेर बाली नष्ट हुन्छन् । त्यसको व्यवस्थापन नेताले गरिदिँदैनन् । गरिबको भोको पेट भर्न कहिले कुनै पहल गरिँदैन । भोट माग्ने बेला त के के न गर्छु भन्दै आउने दर्जनौँं नेता फेरि जितेर गएपछि कता हराउँछन् ?’ स्थानीयवासी विमलेश सदाले प्रश्न गरे ।

    महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मा पर्ने सो बस्ती जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नं ३ मा पर्दछ भने २०७४ को निर्वाचनमा यस क्षेत्रबाट सङ्घीय सांसदमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए भने मधेश प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ३ ‘ख’ अन्तर्गतपर्ने यस क्षेत्रबाट मधेश प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी निर्वाचित भएकी थिइन् ।

    वर्षौंदेखि मुसहरहरुको समस्याका आलो घाउ अझै आलै रहेको छ । उनीहरुको समस्या अझै जस्ताको यस्तै रहेका छन् । सधैँ गास, बास र कपासको समस्यामा जेलिएका सो बस्तीका मुसहर अझै पनि तिनै समस्यामा जेलिएका छन् । वर्षौदेखि गरिबी, विपन्नता र समस्यासँग जुझ्दै गरेका सो बस्तीका मुसहरका लागि न वडाअध्यक्ष न नगरप्रमुख न प्रदेश सांसद र सङ्घीय सांसद समेतले अहिलेसम्म केही नगरिदिएको मुसहरहरुको सामूहिक गुनासो छ । अहिले भोट माग्न बिहान बेलुका र राति अबेरसम्म पनि थुप्रै नेता पुग्ने सो मुसहर बस्तीका ८५ जना बालबालिका जनप्रतिनिधकै कारण जन्मदर्ताविहीन रहेको स्थानीय मुसहरहरु आरोप लगाउँछन् ।

    गरिबी र विपन्नताले जरो गाडेर बसेको सो गाउँको दलित मुसहरबस्तीमा बसोबास गर्ने अधिकांश परिवारका ८५ जना बालबालिका जन्मदर्ताविहीन रहेको सम्बन्धमा उनीहरुले पटक–पटक वडा कार्यालय नगरपालिकाको कार्यालय र आफ्ना प्रदेश तथा सङ्घीय सांसद समेतलाई जानकारी गराए पनि कतैबाट कुनै सहयोग नपाएको स्थानीय बिरजु सदाले दुःखेसो सुनाउँदै उनीहरुले वास्ता नदिएकै कारण अहिले आफ्नो बस्तीका बालबालिका जन्मदर्ताविहीन रहेको बताए।

    कस्तो बिडम्बना, जिल्लाको सदरमुकाममै पर्ने खैराको मुसहर बस्तीका दर्जनौँ बालबालिका जन्मदर्ताविहीन हुँदा उनीहरु विभिन्न अधिकार र सुविधाबाट वञ्चित हुनुपरेको उनीहरु बताउँछन् । जन्मदर्ताको अभावमा सो बस्तीका बालबालिकाले नेपाल सरकारबाट प्राप्त हुने पोषणभत्ता, बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाट समेत वञ्चित रहेको बस्तीका ५५ वर्षीया महिला जिबछी सदाले बताए ।

    चरम गरीबीका कारण त्यस बस्तीका अभिभावक पनि बालबालिकालाई आवश्यक जन्मदर्ता बनाउनदेखि सरकारी सुविधा प्राप्त गर्नेसम्म पनि खासै मतलब नराखेको र बिहानबेलुका खानपानकै जोहोमा लाग्ने गरेको बस्तीकी वृद्ध महिला मरनी सदाले बताए ।

    सोही बस्तीका बहादुर सदाले पनि बालबालिकाले के खाने, कसरी बाँच्ने कुराको व्यवस्थापनमै बस्तीका महिला, पुरुषहरुको दिनचर्या बित्ने गरेको कारण अरु कुनै कुरामा ध्यान पु¥याउन नसकिएको थपे । जिल्लाको सदरमुकाममै दर्जनौँ बालबालिका जन्मदर्ताविहीन र अभिभावक नागरिकताविहीन हुनु स्थानीय सरकार र जनप्रतिनिधिको लागि लज्जास्पद कुरा रहेको जलेश्वरका बुद्धिजिवीको ठहर छ भने खैरा गाउँका मुसहर बालबालिका र तिनका अभिभावकलाई बस्तीमै गएर जन्मदर्ता र नागरिकता बनाइदिन सरोकारवालासँग जोडदार माग गरेका छन् ।

    अहिले सो बस्तीका मुसहरुले त नेपाल सरकारले जनप्रतिनिधिका लागि आचारसंहिता लागू गरिदिएर उनीहरु केही गर्न नसक्ने भएका छन् । आधारभूत र जन्मसिद्ध अधिकारको कुराका लागि कुनै पनि बेला प्रशासनिक टोली पठाएर आफूहरुको समस्या समाधान गर्न/गराउने सक्ने भएकाले आफूहरूलाई तत्काल नागरिकता र बालबालिकालाई तत्कालै जन्मदर्ता बनाइदिन जोडदार माग गरेका छन् ।

    मुसहर बस्तीमा पुगेका सञ्चारकर्मीलाई त उनीहरु यसपालि मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरु आफ्ना नागरिकता तथा बालबालिकाको जन्मदर्ता, बस्तीमा खानेपानी, शौचालय, पानी निकास, लालपुर्जा तथा रोजगारीको सुनिश्चतता गर्ने तथा ती माग पूरा गर्न अहिले तत्कालै केही कदम चाल्ने उम्मेदवारलाई मात्रै आफूहरु भोट हाल्ने निधोसमेत गरिसकेको बताउँछन् ।

    आफ्ना माग र समस्यालाई बेवास्ता गर्ने तथा आफूहरुलाई पुनः झूठो आश्वासन बाँड्ने वा ठग्न खोजिएमा कुनै पनि दल तथा उम्मेदवारलाई सो बस्तीका मुसहरले मतदान नगरी सम्पूर्ण बस्ती नै यसपालिको निर्वाचन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् । अशिक्षित र अबोध व्यक्तिको बाहुल्यता रहेको खैरा गाउँका मुसहर बस्ती सधैंँभरि निर्वाचनको बेला खास भोट बैंकको रुपमा चिनिँदै आएको छ । रासस

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.