वीरगञ्ज १७ कात्तिक
ट्याक्टरको ठक्करबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । टयाक्टरको ठक्करबाट वीरगञ्ज महानगरपालिका- ३२ चोर्नी टोल बस्ने ५९ वर्षीय चोकट महतोको बिहीबार बिहान मृत्यु भएको हो ।
यही कात्तिक १३ गते सोही स्थानमा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्रा गरिरहेका महतोलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
ट्याक्टरको ठक्करबाट सख्त घाइते भएका महतोको आज बिहीबार बिहान नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका २० वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरी घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




