• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

महोत्तरी–१ मा चुनावी चहलपहल बढ्दै


  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
  • महोत्तरी १८ कात्तिक 

    Advertisement

    निर्वाचन प्रचार–प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी–१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ ।

    निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरुप कात्तिक १७ देखि निर्वाचनका लागि उम्मेदवार र दलले खुला प्रचार गर्न पाउने अवधि सुरु भएपछि यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो । निर्वाचन क्षेत्रका बस्तीबस्तीमा दल र उम्मेद्वारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर सुनिन थालेका छन् । दल र उम्मेदवारले समूहमा घरदैलो र बस्तीबस्तीमा कोणसभाका कार्यक्रम अघि बढाएका छन् ।

    महोत्तरी–१ को भङ्गाहा–९ कञ्चनवनबाट नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले चुनावी प्रचार र घरदैलो कार्यक्रमको आज बिहान शुभारम्भ गर्नुभयो । त्यसैगरी पाँचदलीय सत्तागठबन्धनको वाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटीले कात्तिक १७ गतेदेखि मङ्सिर–१ गतेसम्मको तालिका नै बनाएर निर्वाचन प्रचार अभियान थालिएको जनाएको छ । “हामीले निर्वाचन प्रचार अभियानलाई नयाँ चरणमा लगेका छौँ, क्षेत्रभित्रका तीन नगरपालिका पर्ने ३० वडा बस्तीमा सभा, कोणसभा, घरदैलो र अन्य प्रचार अभियान थालेका छौँ”, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमाल भन्नुहुन्छ, “हामीले १५ दिनको खुला प्रचार अवधिलाई बढीभन्दा मतदातासँग भेट्ने तालिका बनाएका छौँ ।”

    पाँच दलीय सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । त्यसैगरी यो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः लोसपाका पिताम्बर महतो र माओवादी केन्द्रका भरतप्रसाद साह सत्तागठबन्धनका उम्मेद्वार हुनुहुन्छ । प्रदेशसभा ‘क’ मा भने सत्तागठबन्धनबाट महतो आधिकारिक उम्मेदवार घोषणा गरिए पनि एकीकृत समाजवादीका सुरेशबहादुर राउतले पनि उम्मेदवारी दिनुभएको छ । आफू पाँचदलीय सत्तागठबन्धनमै आबद्ध भए पनि प्रदेशसभामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने राउतले स्पष्ट पार्नुभयो ।

    यसैगरी एमाले÷जसपा गठबन्धनले प्रतिनिधिसभा क्षेत्रका ३० वटै वडामा चुनावीसभाका कार्यक्रम तालिका बनाएको जनाएको छ । “हामीले निर्वाचन क्षेत्रभित्रका दुवै प्रदेशसभा क्षेत्रमा क्षेत्रीयसभा र प्रत्येक वडामा उम्मेदवारसहितको घरदैलो र कोणसभाका कार्यक्रम बनाएका छौँ”, एमाले÷जसपा निर्वाचन परिचालन कमिटी महोत्तरी–१ का संयोजक शङ्कर महतोले भन्नुभयो, “हामी ३० वटै वडा बस्तीमा सभा गर्दैछौँ, यसको सुरुआत आज भङ्गाहा–९ कञ्चनवनबाट गरिएको छ ।” महोत्तरी–१ मा एमाले÷जसपा गठबन्धनबाट एमालेका लक्ष्मी महतो प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।

    त्यसैगरी यो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः एमालेका शारदा थापा र जसपाका रामश्रेष्ठ महतो उम्मेदवार हुनुहुन्छ । महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा बर्दिबास नगरपालिकाका १४ (सबै), गौशाला नगरपालिकाका १२ (सबै) र भङ्गाहा नगरपालिकाका चार वटा वडा (वडा नम्बर ३, ४, ५ र ९) पर्छन् । यी ३० वडामा गरी सयभन्दा बढी बस्ती छन् । प्रतिनिधिसभा क्षेत्रका यी ३० वडामध्ये प्रदेशसभा ‘क’ क्षेत्रमा १६ र ‘ख’ मा १४ वडा छन् । सबै वडा बस्तीसम्म उम्मेदवारको घरदैलो पु¥याउन समय अपूग हुने भएपछि सभा, कोणसभाका कार्यक्रममा जोड दिइएको दलका नेता र उम्मेदवार बताएकाछन् ।

    गत स्थानीय निर्वाचनमा बर्दिबास नगरपालिकामा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र समूह बनेको प्रह्लाद समूहले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र दुवै प्रदेशसभामा उम्मेदवार दिएको छ । यो समूहबाट प्रतिनिधिसभामा अधिकृतस्तरको सरकारी सेवाबाट राजीनामा दिएर पोषण थापा उम्मेदवार बन्नुभएको छ ।

    त्यसैगरी यो समूहबाट प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः युवराज पोखरेल र विनोदकुमार महतो उम्मेदवार हुनुहुन्छ । स्वतन्त्र भनिए पनि सङ्गठितरुपमा ‘समूह’ नै खडा गरेको यो समूहले १५ दिने खुला प्रचारको अवधिका लागि तालिका नै बनाएर अघि बढेको जनाएको छ । “हाम्रा उम्मेदवार सबै वडा बस्ती पुग्ने गरी कार्यक्रम तालिका बनाएका छौँ”, समूहका सञ्चार संयोजक ललनकुमार मण्डल भन्नुभयो, “निर्वाचन प्रचार अभियान बर्दिबासबाट प्रारम्भ गरीसकेका छौँ, दैनिक पाँच वटासम्म सभा सम्पन्न गर्ने गरी कार्यक्रम बनेको छ ।”

    दलका नेता र उम्मेदवार सहयोगीसहित निर्वाचन चिह्न अङ्कित झण्डासाथ बस्तीबस्ती पसेपछि माहोल निर्वाचनमय बनेको छ । मतदाताबीच दलका नेता र उम्मेदवारले गर्ने वाचा सुन्दा भङ्गाहा–३ कटैया बस्तीकी सामाजिक अभियन्ता रामराजी यादव अब भने काम नदेखेसम्म कसैलाई पत्याउने अवस्था नरहेको बताउनुहुन्छ, “जेहोस् निर्वाचन जनताका लागि दल र नेता पर्गेल्ने अवसरझैँ हो”, यादव भन्नुहुन्छ, “यस अभियानमा झुठो आश्वासन बाँड्दै आएका कति नाङ्गिने छन् ।”

    दल र उम्मेदवारको सघन आउजाउले बस्तीबस्तीमा राजनीतिक छलफल, चुनावी अड्कलबाजी र स्थानीय मुद्दाबारे बहश गरिरहेका भेटिन्छन् । प्रचारमा भोट माग्न आउने दल र उम्मेदवारसँग स्थानीय आवश्यकताबारे जानकारी गराउन ठाउँठाउँमा सर्वसाधारणले आपसी छलफल नै गर्ने गरेका पनि पाइएको छ । “हाम्रो मुख्य समस्या सिँचाइ नपुग्नु हो, अनि बीउ, मल र खेतीपातीमा प्राविधिक सल्लाह र सुलभ ऋण हामीलाई चाहिन्छ”, भङ्गाहा–४ टोकाटोलका बासिन्दाको छलफल निष्कर्ष सुनाउँदै सो बस्तीका सुरेश महतोले भन्नुभयो ।

    महोत्तरी–१ मा प्रतिनिधिसभाका १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये सातजना स्वतन्त्र छन् । त्यसैगरी यसै क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ मा १० स्वतन्त्रसहित जम्मा १८ जना र प्रदेशसभा क्षेत्र ‘ख’ मा १७ स्वतन्त्रसहित २२ जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबासले जनाएको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसहितका दलीय उम्मेदवार छन् । यद्यपि निर्वाचनमा पाँचदलीय सत्तागठबन्धन, एमाले÷जसपा गठबन्धन र प्रह्लाद स्वतन्त्र समूहबीच मुख्य प्रतिस्पर्धा हुने गौशाला–४ रजखोरका ६५ वर्षीय चन्देश्वर साहको अड्कल छ ।

    निर्वाचनमा दलबाहेकका स्वतन्त्र उम्मेदवार निर्वाचन परिणाम आफ्नो पक्षमा हुने बताउन भने चुक्दैनन् ।

    यसपालि महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार चार सय ९७ मतदाता कायम छन् । महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रभित्र ५९ मतदानस्थल र एक सय २३ मतदान केन्द्र रहेका सहायक निर्वाचन अधिकृत सन्देश अधिकारीले जानकारी दिनुभयो ।

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.