१८ कात्तिक
न्युजिल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल प्रवेश गर्ने क्रममा उसले आयरल्यान्डलाई ३५ रनले हराएको हो ।न्युजिल्यान्डले दिएको १८६ रनको लक्ष्य पन्छाएको आयरल्यान्डले २० ओभरमा ९ विकेटको क्षतीमा १५० रन मात्रै जोड्न सक्यो ।
जसमा पल स्टर्लिङले ३७, एन्डी ब्यालबर्नीले ३०, जर्ज डक्रेलले २३ रन बनाएपनि जितका लागि पर्याप्त भएन् ।न्युजिल्यान्डका लोकी फर्गुसनले ३, इश सोढी, टिम साउथी र मिचल स्याट्नरले समान २२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १८५ रन बनायो ।जसमा कप्तान केन विलियमसनले ६१, फिन एलेन ३२, डेरिल मिचलले ३१,डेभन कोन्वेले २८ रन बनाए ।
आयरल्यान्डका लागि जोस लिटलले ह्याट्रिकसहित ३ विकेट लिए ।यस्तै ग्यारेथ डेलेनीले २, मार्क एडेरले १ विकेट लिए ।जितसंगै समूह ए मा रहेको न्युजिल्यान्ड ७ अंकका साथ शिर्षमा पुगेको छ भने आयरल्यान्ड अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।




