कार्तिक १८, विकास निमार्ण र जनताको अपेक्षा अनुसारको काम गर्न काँग्रेसले अनुभवी उमेद्वार जनताको माझ उभ्याएको काँग्रेसका महासमिति सदस्य प्रकाश अधिकारीले बताएका छन् । उमेद्धवार उमेश श्रेष्ठको काम गर्ने शैलीले कुशल व्यवस्थापकको रुपमा स्थापित भएको भन्दै अधिकारीले क्षेत्र नम्बर दुईको विकासको लागी श्रेष्ठको विकल्प नभएको बताए । पाँचदलीय गठबन्धनबाट उमेद्वार बनेका श्रेष्ठलाई जिताउन सके नतिजा देखिने गरी काम हुने उनले दाबी गरे ।
चुनावप्रचार प्रसार अन्र्तगत भरतपुर महानगरपालिका वडा नम्बर ५ को विकास चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता अधिकारीले सदनमा श्रेष्ठ को विकल्प नभएको अधिकारीको भनाई थियो ।
पहुंँच र अनुभवको आधारमा विकास गर्न सक्ने भन्दै उनले श्रेष्ठलाई जिताउन आग्रह गरे । आफ्नो जीवनमा गरेका संघर्ष र भोगाईले व्यवसायिक सफलता हासिल गरेका श्रेष्ठको संसदमा खांँचो रहेको अधिकारीको धारणा छ ।
काँग्रेसका तर्फबाट उमेद्वार बनेका प्रदेश सभा सदस्य उमेद्वार उत्तम जोशी स्वच्छ छवि भएको नेता भएका कारण काम गर्नेमा विश्वस्त रहेको अधिकारीले बताए । काम गर्ने क्षमता र उर्जाको आधारमा जोशी उपयुक्त पात्र भएकोले उनको प्रतिष्पर्धा अरुसँंग हुनै नसक्ने अधिकारीले दाबी गरे । ‘योग्यता र क्षमतामा श्रेष्ठ र जोशीको अरुसंँंग तुलना हुँदैन ’उनले भने ।




