काठमाडौँ, २० कात्तिक ।
सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार शुक्रबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।
आइतबार चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर १ हजा २ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदीको भाउ प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कायम रहेको थियो ।




