ओखलढुङ्गा २२ कात्तिक
ओखलढुङ्गामा आफ्नै बुबाले दुई वर्षीया छोरीको हत्या गरेका छन्। जिल्लाको सिद्धिचरण नगरपालिका –३ अधेरीनारायण भन्ने स्थानमा दुई वर्षीया बालिकाको आफ्नै बुबाले हत्या गरेका हुन् ।
स्थानीय ३७ वर्षीया राजेन्द्र राईले सोमबार राति करिब २ बजेतिर छोरी रितिका राईको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति मदिरा सेवन गरी घर आएका राईले घरयासी वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारपछि श्रीमती भागेर ज्यान जोगाउन सफल भएकी थिइन । श्रीमती भागेपछि उनले छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।
श्रीमतीलाई खुकुरी प्रहार र छोरीको हत्या गरिसके पश्चात राईले आफैँलाई टाउकोमा खुकुरी प्रहार गरेको खुलेको छ ।मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको प्रहरीले जनाएको छ।




