• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

चितवन क्षेत्र नम्बर तीनमा डा. अधिकारीको जीत सुनिश्चित


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • – चिन्तामणि पौडेल/प्रकाश ज्ञवाली –

    Advertisement

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रको रुपमा परिचित २०७४ को निर्वाचनदेखि नै बढी चर्चामा रहेको चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा यतिबेला डा. भोजराज अधिकारीको चर्चा छ । उनले कति मतान्तरले आफ्नो अग्रता हासिल गर्छन् भन्ने । अनि काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गरेको एमालेको अवस्था यो क्षेत्रमा के होला भन्ने । अघिल्लो निर्वाचनमा काँग्रेसको समर्थनमा समेत १० हजार मतान्तरले पराजय भोगेका राप्रपा नेता बिक्रम पाण्डेको अवस्था कस्तो होला भन्ने ।

    गत आमनिर्वाचनमा प्रचण्डका कारण बढी चर्चामा रहेको यो क्षेत्र गत स्थानीय तह निर्वाचनपछि झनै चर्चाको शिखरमा थियो । गत वैशाख ३१ मा सम्पन्न पछिल्लो स्थानीय तहको निर्वाचनपछि कौतुहलतामा रहेको यस क्षेत्र प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिने निर्णयपछि त्यति चर्चामा रहेन । तर, पछिल्ला दिनहरुमा फेरि चर्चामा छ । प्रचण्डको निर्वाचन क्षेत्रबाट प्रचण्डका प्रतिनिधिले जित्दैछन् कि हार्दैछन् भनेर ।

    समग्र चितवनकै प्रतिनिधित्व जस्तो देखिने यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको लागि २१ जनाको उम्मेदवारी परेको थियो । यतिबेला पार्टी र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी कायम छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारी र राप्रपाका नेता बिक्रम पाण्डेको उम्मेदवारी छ । शुरुआतमा उम्मेदवारी दिएर फिर्ता लिएको एमाले नेतृत्वले नेपाली काँग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गरेको छ । गत स्थानीय तह निर्वाचनमा काँग्रेसबाट बागी बनेर भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएर भुइँकटहर चुनाव चिह्नमा चर्चा बटुलेका जगन्नाथ पौडेल सूर्यमुखी फूल चिह्नमा छन् ।

    २० जनाको उम्मेदवारी भए पनि चितवनको क्षेत्र नं. ३ मा चर्चामा रहेका चारमध्ये विशेषगरी यतिबेला तीन जना उम्मेदवारको बारेमा बढी चर्चा परिचर्चा छ । माओवादी केन्द्रको हँसियाहथौडा, राप्रपाको हलो र स्वतन्त्रको माछा चिन्हको । गठबन्धनको बलियो हतियार भएकाले हँसियाहथौडा सबैभन्दा बलियो छ भने हलो र माछाको चर्चा एमालेको दोधारे नीतिका कारण छ । एमाले समर्थनको मत हलोमा जान्छ या माछामा ? यसले यी दुईमध्ये एक हँसियाहथौडाको प्रतिस्पर्धी बन्नेछन् ।

    बाम–लोकतान्त्रिक गठबन्धनले माओवादी केन्द्रको तर्फबाट डा. अधिकारीलाई उम्मेदवार चयन गरिसक्दा समेत आफ्नो उम्मेदवारी चयन गर्न नसकेको नेकपा एमालेले अन्तिममा आएर पार्टीको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता गराएर भोलिपल्टै एकाएक नाम फिर्ता लिएको थियो । र, स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । पार्टीले समर्थन गरेपनि आम मतदातालाई त्यो मन परेको देखिँदैन । कार्यकता पंक्तिमा समेत कोइरालालाई समर्थन गर्ने विषयमा एक मत छैन । एमालेका जिल्लास्तरीय युवाहरुले सामाजिक सञ्जालमा व्यक्तिभन्दा पार्टीका उम्मेदवारलाई समर्थन गर्न उपयुक्त हुने टिप्पणीसमेत गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा भीमराज अधिकारीको विश्लेषणमा गठबन्धनका उम्मेदवार डा. भोजराजले अन्य प्रतिस्पर्धीलाई धेरै पछाडि छोडेर अगाडि बढिसकेका छन् । एमाले पंक्तिले जसलाई समर्थन जनाए पनि भोजराजको प्रतिस्पर्धी बन्ने अवस्था छैन । अहिले समर्थन गरेको स्वतन्त्रलाई छोडेर एमाले युटर्न गरी राप्रपातर्फ फर्किए पनि अब त्यस्तो अवस्था रहने म देख्दिन । चुनावी समीकरण फेरिएर नयाँ बन्ने र उनीहरुले सोचे जस्तो हुनेवाला छैन ।

    त्यसो त कोइरालाको साथ आफ्नो प्रदेशसभाका उम्मेदवारको फोटो समेत राखेर एमालेले चुनावी घरदैलो सञ्चालन गरिरहेको छ । यो अवस्थामा केन्द्रले फेरि अर्को निर्णय गरी पठाए पनि एमालेको त्यो धार पाण्डेप्रति फर्कन सक्ने अवस्था देख्दैनन् प्राडा अधिकारी । उनी भन्छन्, ‘अब भोजराज अगाडि बढेबढे, उनलाई पछ्याउने मात्र हो उछिन्ने ताकत कुनै उम्मेदवारसँग छैन ।

    चितवन उद्योग संघका अध्यक्ष एवं पोल्ट्री व्यवसायी त्रिलोचन कँडेल डा. अधिकारीको पल्ला भारी भइसकेको बताउँछन् । डा. अधिकारीको राजनीतिक पृष्ठभूमिभन्दा पनि आम मतदाताको आकर्षण रहेको उनको बुझाई छ । स्वास्थ्य क्षेत्रमा दख्खल राख्ने अधिकारी यो क्षेत्रको युवा, बौद्धिक समुदायमाझ परिचित नाम भएकाले पनि उनको अन्य उम्मेदवारको भन्दा बढी नै क्रेज देखिएको छ । उनीसँग केही गर्नुपर्छ र केही गर्छु भन्ने दृढ संकल्प छ । उनको पछाडि गठबन्धन छ ।

    सोही निर्वाचन क्षेत्रका मतदाता डा. विश्वराज पौडेलको नजरमा पनि डा. अधिकारी प्रतिनिधिसभाको लागि उपयुक्त पात्र हुन् । डा. अधिकारीको विषयमा जानकारी राख्ने डा. पौडेल भन्छन, ‘उ सामाजिक, आर्थिक, नैतिक विकृतिमा फसेको छैन । एउटा अति सामान्य परिवारमा हुर्केको उसले आम भुइँमान्छेहरुको समस्या बुझेको छ । उसका बाबुले अर्काकोमा हलो जोतेर छोराछोरीलाई पढाएका हुन् । त्यसैले उसले सबै वर्गको प्रतिनिधित्व गर्न सक्छ । उसँग छद्म केही छैन, चुनावी एजेन्डा क्लियर छ ।’

    चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवं उद्योगी राजु पौडेल डा. अधिकारीको बारेमा भन्छन्, ‘अति सामान्य परिवारबाट आएकोले बिपन्नता, गरिबी, अभावको जिन्दगी कस्तो हो ? त्यो मर्म अधिकारीलाई राम्रोसँग थाहा छ । ती समस्यालाई सिंहदरबारसँग जोेडेर समस्याको सधैंको अन्त्यका लागि नीति बनाउन सक्ने हैसियत छ । स्थानीयदेखि केन्द्रसम्म पहुँच, चितवनको भुगोलबारे जानकारी छ । त्यसैले उनी उपयुक्त पात्र हुन् ।’

    भरतपुर ९ का प्रमोद तिवारी डा. भोजराजलाई नेतृत्वमा हुनुपर्ने बहु प्रतिभाशाली गुण भएको व्यक्तिको रुपमा आफूले चिनेको बताउँछन् । यस क्षेत्रमा डा. अधिकारीलाई टक्कर दिने उम्मेदवार नभएको दाबी उनको छ ।

    भरतपुर ९ की सामाजिक अभियन्ता शर्मिला पण्डितलाई डा. अधिकारीको एजेण्डा मन परेको छ । उनी आफूले मिडियाबाट सुनेको डा. अधिकारीको एजेण्डा र उनको बारेमा बुझेको कुरा के हो भन्ने प्रश्न राख्दै यो क्षेत्रमा उठेकामध्ये डा. अधिकारी नै सबैभन्दा उत्तम र आम मतदाताको रोजाईको मान्छे रहेको बताउँछिन् । उनी भन्छिन्, “हामीलाई चाहिएको प्रतिनिधि भोजराज जस्तै हो ।”

    भरतपुर २५ का होमनाथ पौडेल आम मतदाताको आकर्षण डा. भोजराजमा रहेको आफ्नो अनुभव सुनाउँछन् । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट जित हासिल गरेको वडा नम्बर २५ को अवस्थाबारे उनी भन्छन्, “हाम्रो वडाको कुरा गर्नुहुन्छ भने भोजराजलाई बहुमतपछि बाँकी मत अन्य उम्मेदवारलाई बाँडिने देखिन्छ ।” उनले डा. अधिकारीको क्रेज माओवादी अध्यक्ष प्रचण्डको भन्दा कम नभएको दाबी गरे । “यस स्थानमा उठ्दै गर्दा भन्दा पनि युवाहरु माझ डा. अधिकारीको बढी क्रेज रहेको मैले पाएँ” उनले भने, “भोजराज नयाँ, युवा, बौद्धिक, समाज बुझेको मान्छे भएकाले अन्य उम्मेदवार ओझेलमा परेका छन् ।”

    यस निर्वाचन क्षेत्रमा सडक सञ्जालको काम प्रशस्तै भएका छन् । भौतिक निर्माणमा पनि अगाडि बढेको छ । अब शिक्षा र स्वास्थ्य जस्ता सेवा क्षेत्रको विकास आवश्यक छ । अधिकारी जस्ताले यस क्षेत्रमा आमूल परिवर्तन गर्न सक्छन् भन्ने विश्वास मतदातामा देखिएको छ ।

    होटल व्यवसायी दिनेशकुमार चुके चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धनको जीत सुनिश्चित भइसकेको दाबी गर्छन् । आफूले पाएको जानकारी भन्दै उनी भन्छन्, “डा. अधिकारीको प्रतिस्पर्धामा राप्रपा र स्वतन्त्र उम्मेदवार हुन सक्ने देखिएन । नेकपा एमालेको समर्थन बिक्रम पाण्डेलाई भएको भए दुईपक्षीय भीडन्त हुने थियो त्यो भएन, त्यो नभएको अवस्थामा अधिकारीको सहज जीत जस्तै देखिएको छ ।”

    होटल एवं पर्यटन व्यवसायी ऋषि न्यौपाने डा अधिकारीको बारेमा आफूले बुझेको विषय यसरी राख्छन्, “मैले सानैदेखि चिनेको व्यक्ति हुन् उनी । साह्रै मेहनती । लिएको जिम्मेवारी पूरा गर्ने । पेशाले उनी चिकित्सक भए पनि मलाई के लाग्छ भने उनको चौतर्फी क्षमता छ । आँटेको काम पूरा गर्छन् । व्यवस्थापकीय क्षमता पनि छ, त्यसैले उनी उत्तम छन् ।”

    जिम्मेवारी लिन्छु र गर्छु भन्यो भने पढे लेखेको, संसार बुझेको मान्छेले केही गर्छ भन्ने मान्यता राख्नु पर्छ त्यसमा पनि सिंगो गठबन्धन उनको पछाडि छ । भोजराजले छोई दियो भने सन्चो हुन्छ भन्ने मान्यता राख्नेहरु छन् । यस्तो मान्छेसंग यो गरेँ त्यो गरेँ भनेर अरुले योजना ल्याइदिएर गरेको कामले केही अर्थ राख्दैन ।

    उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुकेको नजरले निर्वाचन क्षेत्र नम्बर ३ डा. भोजराजको प्रतिस्पर्धामा अन्य उम्मेदवार देखेको छैन । जुनसुकै प्रकृतिको गठबन्धन भए पनि भोजराजले निर्वाचन जित्ने दाबी गर्छन् उनी । उनी भन्छन्, “उक्त क्षेत्रको सबैभन्दा बलियो शक्ति नेपाली काँग्रेस हो, एमाले र माओवादीको हाराहारी होला । माओवादी र काँग्रेसको गठबन्धन भएको ठाउँमा हार्ने भन्ने अवस्था मैले देखेको छैन ।”

    के भन्छ अंकगणित ?

    चितवनको क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिकाका १९ वडाहरु र माडी नगरपालिकाको सबै नौ वटै वडा पर्दछन् । गत २०७४ सालको निर्वाचनमा नेकपा गठबन्धनको तर्फबाट ४८ हजार मत ल्याएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जित हासिल गर्दै गर्दा नेपाली काँग्रेसको समर्थनमा उम्मेदवारी दिएका राप्रपा नेता बिक्रम पाण्डेले ३८ हजार मत ल्याएका थिए ।

    यो त भयो माओवादी केन्द्रको नेकपा एमालेसंगको सहकार्य र काँग्रेस राप्रपा गठबन्धनको परिणाम । तर यस पटकको गठबन्धन फरक प्रकृतिको छ । अनि मतदाता पनि बढेका छन् । त्यसैले स्थानीय तहको आधारमा यसलाई विश्लेषण गर्दा बढी विश्वसनीय देखिन्छ ।

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.