• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • गलकोट २३ कात्तिक 

    Advertisement

    झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् ।

    बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा बागलुङ र म्याग्दी जोड्ने दुई पुल निर्माण भइरहेका छन् ।

    बागलुङ र पर्वत जोड्ने अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको तीन सय ८८ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा रहेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुल नेपालकै लामो भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैले जनाएको छ । उक्त पुल रु ११ करोड लागतमा निर्माण सम्पन्न भएको छ ।

    बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमा नै बागलुङ–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी तीन सय ८८ मिटर लामो पुल निर्माण सुरु भएको थियो । उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो ।

    त्यस्तै सोही कम्पनीले भदौबाट बागलुङ–४ उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमा अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ ।

    बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी–१ रत्नेचौरदेखि बागलुङ–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि सुरु गरेको थियो । निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    “नेपालकै लामो पुलसमेत हाम्रै निर्माण कम्पनी थानी÷बिएलटी÷हिमशिखरलेनै निर्माण सम्पन्न गरेको थियो, त्यसपछि लगत्तै सुरु गरेको कुडुँले रत्नेचौरको झोलुङ्गेपुलको काम अहिले लगभग सकिनै लागेको छ, पुनः बागलुङ बजारको उपल्लाचौरदेखि पर्वतको जलजला जोड्ने गरी पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल सृजिता, थानी हिमशिखर कम्पनीले निर्माण गर्न सुरु गरेको छ”, लामा झोलुङ्गेपुलका निर्माण व्यवसायी नरहरि खड्काले भन्नुभयो, “बागलुङ र पर्वत जोड्ने दुई तथा बागलुङ र म्याग्दी जोड्ने एक पुल चार वर्षको अवधिमा निर्माण हुने भएका छन्, त्यसमध्ये नेपालकै लामो पुल दुई वर्षअघि सम्पन्न भइसकेको छ ।”

    खड्काले आफ्नो निर्माण कम्पनीले जिम्मा पाएको झोलुङ्गे पुल सम्पन्न गर्नुपर्ने मितिभन्दा अगावै सम्पन्न भइरहेको बताउनुभयो । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ ।

    एक सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुङ्गे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउँदै पर्यटन विकासमा टेवा पु¥याउनेछ । उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लट्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम मात्रै बाँकी रहेको छ । पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिनुभयो ।

    “यही वडासँग जोडिएर म्याग्दी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपल्लाचौरको गौरिधामदेखि पर्वतको जलजला गाउँपालिका जोड्ने पाँच सय २४ मिटर लामो कालीगण्डकी माथि पुल निर्माण सुरु भएको छ”, वडाध्यक्ष क्षत्रीले भन्नुभयो, “एकै वडाबाट म्याग्दी र पर्वत जोड्ने गरी पुल निर्माण हुनुले बागलुङको आन्तरिक पर्यटन र व्यापार व्यवसायमा फस्टाउनेछ ।” पुल निर्माणका लागि २०७९ साल जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

    पुल निर्माणका लागि बागलुङतर्फको झन्डै छ आना जग्गा निःशुल्क दिएर विकासको ढोका खोलेको जग्गादाता राजेन्द्रबहादुर जिसीले बताउनुभयो । उक्त पुल झन्डै रु सात करोड लागतमा निर्माण सुरु गरिएको छ ।

    करोडौँ लागतका लामा झोलुङ्गे पुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङसँग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीको समेत पर्यटनसँगै व्यापार व्यवसाय फस्टाउने स्थानीय गणेश पुरीले बताउनुभयो । चार वर्षको अवधिमा बागलुङबाट पर्वत जोड्ने दुई र म्याग्दी जोड्ने एक पुल रु २१ करोड खर्चमा निर्माण हुनेछन् ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.