• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

रसुवाका उम्मेदवार घरदैलामा व्यस्त


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • रसुवा २७ कात्तिक

    Advertisement

    विगतका निर्वाचनका समयमा आमसभामार्फत मत माग्ने उम्मेदवार तथा नेता पछिल्लो समय घरदैलोमार्फत आ–आफ्ना पक्षमा मत माग्न व्यस्त छन् ।

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित गठबन्धन एवं नेकपा (एमाले), केही स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका छन् । यहाँ प्रतिनिधिसभा सदस्यका लागि सात राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।

    जिल्लामा सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएकोे छ । सत्ता गठबन्धनले जनतामाझ नौकुण्डको पानी गाउँ–गाउँमा पु¥याउने, स्याउबारीबाट गोसाइँकुण्डसम्म मोटरबाटो निर्माण गर्ने, रसुवागढी नाका तथा रसुवामा सञ्चालित हाइड्रोपावरलाई व्यवस्थापन गराउने र शिक्षाको क्षेत्रमा गुणस्तर बढाउने प्रतिवद्धता जारी गरेको छ ।

    कांग्रेस जिल्ला सभापति पेम्बाछिरिङ तामाङले जिल्लाका स्वास्थ्य क्षेत्रलाई सुधार गरी उपचारको उचित व्यवस्थापन गराउने, रोजगारीका अवसर सिर्जना गर्ने, गाउँ–टोल, बस्ती–बस्तीमा मोटरबाटो पु¥याई समृद्व रसुवा निर्माण, हिमाली क्षेत्रमा अग्र्यानिक कृषि उपज बढाउनेजस्ता समग्र विकासलाई पहिलो एजेण्डामा प्रस्तुत गरिएकोे जानकारी दिनुभयो ।

    एमालेले गाउँ समाजमा बस्ने दीर्घरोगीलाई निःशुल्क उपचार सेवा दिने, पाँचवटै गाउँपालिकामा सुविधायुक्त अस्पताल निर्माण गराउने, निःशुल्क गुणस्तरिय शिक्षा प्रदान गर्ने जनाएको छ । एमाले जिल्ला अध्यक्ष कर्नेल तामाङले आफ्नो दलको संसद्मार्फत रकम निकासा गराई विसं २०७० देखि २०७४ सम्म निर्माण गराइएको सबै सडकको स्तरोन्नति गरी कालोपत्र गर्ने, सडक सञ्जालले नछोएका स्थानमा फराकिलो सडक निर्माण गर्ने, गोसाइँकुण्ड केबुलकार निर्माणका लागि कार्यविधि पारित गराउने, युवा रोजगारजस्ता समग्र गतिविधि अगाडि बढाउने एजेण्डा लिएको जानकारी दिनुभयो ।

    प्रतिनिधिसभा सदस्य पदका गठबन्धनबाट उत्तरगया गाउँपालिका–५ लहरेका मोहन आचार्र्य र एमालेका तर्फबाट गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेका छोवाङतेन्जिङ तामाङलाई उमेदवार खडा गरेको छ । उहाँहरू जनताको घरदैलो कार्यक्रमअन्तर्गत गाउँ दौडाहामा व्यस्त हुनुहुन्छ ।

    यस्तै राप्रपाका तर्फबाट धैबुङ कटुञ्जेका टीकाप्रसाद देवकोटा, नेमकिपाबाट रामेश्वर वासी, मङ्गोल नेशनल अर्गनाइजेशनमा लहरेपौवा–४ का विकास गलान, जनसमाजवादी पार्टी नेपालबाट सिर्जना सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मीननाथ देवकोटासमेतका सात राजनीतिक दल र तीन स्वतन्त्र उमेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

    राप्रपाले स्थानीय हावापानी सुहाउँदो अग्र्यानिक कृषि उपज बढाउने, मलखादको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने, अपाङ्गता भएका र दीर्घकालीन रोग भएका नागरिकको निःशुल्क उपचार गर्ने, समुन्नत रसुवा निर्माणका लागि जनताको टट्कारो आवश्यक्ता पहिचान गर्ने गरी जनहितकारी कार्य सञ्चालन गर्ने जनाएको छ ।

    अन्य उम्मेदवार पाटीखर्कका लीलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ रहनुभएको छ । स्वतन्त्र उम्मेदवार न्यौपानेले ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई मासिकरूपमा स्वास्थ्य परीक्षण गर्ने, सम्भावना बोकेका सबै क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, अधिकांश हिमाली बस्तीमा होमस्टे सञ्चालन गराउने, युवाका लागि रोजगारको व्यवस्थापकीय कार्य गर्ने, रसुवामा उत्पादित कृषि उपजलाई ढुवानी एवं बजार व्यवस्थापन गर्ने, धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षण गर्ने, शिक्षा स्वास्थ्य एवं शिक्षालाई गुणस्तरीय बनाउनेजस्ता विविध विषयको चुनावी नारा अघि सार्नुभएको छ ।

    अर्का स्वतन्त्र उमेदवार पौडेलले विद्युत्, स्वास्थ्य र शिक्षालाई निःशुल्क गराउने, रोजगारको व्यवस्थापन गराउने, समुन्नत समाजको लागि असल कामको थालनी गराउनेजस्ता धेरै विषय उद्घोष गर्नुभएको छ । खुलारूपको आमसभाभन्दा घरदैलो कार्यक्रमले आत्मीयता बढ्न गई विपक्षलाई पनि एक मत दिउँदिउँ भन्ने भावनाको जागरण बढ्ने विगतका निर्वाचनले पाठ सिकाएका कारण उम्मेदवारलाई मतदातासँग प्रत्यक्ष भेट गराई चुनावी माहोल अगाडि बढाइएको पार्टी जिल्ला अध्यक्षले बताएका छन् ।

    प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका उमेदवारसमेत एकसाथ मत माग्न हिँड्ने गरेका छन् । प्रदेशसभा उमेदवार नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनबाट प्रदेश (१) मा कांग्रेसको तर्फबाट सानो भार्खुका प्रभात लामा, एमालेको तर्फबाट सरमथली फाम्चेतका कुलप्रसाद भट्ट, नेमकिपाको तर्फबाट बावुकाजी माकजु, राप्रपाबाट सरमथलीका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट कालिका–४ का जितमान तामाङ, जनसमाजवादीको तर्फबाट नौकुण्ड–२ का कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट राम्चेका पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उम्मेदवारमा गोसाइँकुण्ड–६ का सिदार वाङजेन लामा रहनुभएको छ ।

    दुईवटा प्रदेश रहेको जिल्लाको प्रदेश (२)मा भने कांग्रेस सहितको गठबन्धनबाट माओवादी केन्द्रबाट धैवुङ तल्लो धारापानीका इन्द्रप्रसाद गौतम, एमालेबाट हाकुबेँसीका तेम्व्रेल तामाङ, राप्रपाबाट लहरे उपल्लो पौवाका हरिप्रसाद घिमिरे, नेमकिपाबाट तुल्सीराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट राम्चेका वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट उत्तरगया–१ का वाङ्दे घले, नेपाली कांग्रेस (विपी)बाट बनुवाडाँडा चौकीटारका शारदाकुमार न्यौपाने र स्वतन्त्रमा आमा छोदिङ्मो–१ का चेसाङ तामाङ रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.