चितवन २८ कात्तिक
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन आउँन लागेका हुन् ।
भरतपुरको गेस्ट हाउस चौरमा हुने चुनावी आमसभालाई अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।
चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिएका छन् । भरतपुरको बसपार्क चोक, मालपोत चोक र चौविसकोठी तीन स्थानबाट र्यालीसहित कार्यक्रम स्थलमा निस्कने बताइएको छ ।
अध्यक्ष ओली बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने बताइएको छ ।




