• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

उम्मेदवारसमक्ष सुकुम्बासी समस्या समाधान गर्न माग


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • मोरङ २८ कात्तिक

    Advertisement

    आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् ।

    “जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने ?” स्थानीयवासी कमला राजवंशीले प्रश्न गर्नुभयो । कटहरी गाउँपालिकाका बेचन ऋषिदेवले उम्मेदवार आएर कोणसभा, घरदैलो कार्यक्रम गर्छन्, मत माग्छन् तर गाउँका समस्या नसुन्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा पानीको समस्या छ, बिजुली छैन, बाटो अवस्था दयनीय छ, १० कक्षासम्म अध्ययन हुने विद्यालयको स्तर झरेर अहिले कक्षा ८ सम्मको मात्र पढाइ हुन्छ ।”

    “ दुई किमी पश्चिममा विराटनगर महानगरपालिका छ, यहाँ विकास भयो तर हाम्रो गाउँमा किन विकास भएन ”, प्रश्न गर्दै उहाँले भन्नुभयो, “हाम्रो समुदायका मानिस जनप्रतिनिधि हुन सक्दैन, बाहिरका हुन्छन् त्यसैले हाम्रो गाउँ आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पछि परेको छ ।”
    सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार सिंह राजपुत, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य, नेपाली कांग्रेसका भीम पराजुली, नेकपा (एमाले)का जीवन घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नासिन खातुन, जनमत पार्टीका अनिलकुमार झा, मङ्गोल नेशनल अर्गनाइसन पार्टीका शुभराज राई, पूर्वगृहराज्यमन्त्री भीमबहादुर राजवंशी एवं स्वतन्त्र दुई गरी नौ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ ।
    प्रदेश नं १ का पूर्वसामाजिक विकासमन्त्री घिमिरेले विगत कोभिड महामारीका मतदातालाई पु¥याएको सेवा , कोसी कोभिड अस्पताल निर्माण, एक विद्यालय एक नर्सिङ सेवा, सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको पहुँच विवरण जनतासमक्ष पेश गरिरहनुभएको छ । यसैगरी विराटनगर महानगरपालिकाका निर्वतमान प्रमुख पराजुलीले विराटनगरको कालोपत्र सडक, ढल सुधार, विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा रहेको पार्क, आरोहरण गुरुकुलको सुविधा सम्पन्न नाटक घर, महेन्द्र चोकमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रमणीय सडक, विमानस्थल जाने सडकको सौदन्र्यकरण, कोभिड महामारीमा निःशुल्क एम्बुलेन्स, शववाहन र अक्सिजन सेवा, नगरका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनलगायतका कार्य रहेको जनतासमक्ष पु¥याइरहनुभएको छ ।
    विराटनगर महानगरपालिकाको वडा नं १, २, ३, ८ र १० कटहरी गाउँपालिकाको वडा नं १, २ र ३ रहेको यस क्षेत्रमा सबै समुदायको मिश्रित बसोबास छ । यस क्षेत्रमा महिला २५ हजार तीन सय २४, पुरुष २५ हजार तीन सय ७९ गरी ५२ हजार सात सय तीन मतदाता रहेका छन् भने ४० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

    विसं २०७४ को प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट एमालेका घिमिरेले १३ हजार आठ सय पाँच मत ल्याई विजयी हुनुभएको थियो भने भने उहाँको प्रतिद्वन्द्वीमा कांग्रेसका विश्वनाथ रिजालले ११ हजार छ सय २५ र सङ्घीय समाजवादी फोरम नेपालका श्रीराम कामतले तीन हजार छ सय २१ मत प्राप्त गर्नुभएको थियो ।

    गत स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिको वडा नं १, २, ३, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएको थियो ।
    उहाँहरुले आठ हजार पाँच सय २९ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाँच हजार आठ सय४४ मत प्राप्त गर्नुभएको थियो ।

    यसैगरी कटहरी गाउँपालिकामा एमालेका विजयी दुई वडाध्यक्षसहित तीन जनाले दुई हजार पाँच सय ५४ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसले एक वडा अध्यक्ष विजयीसहित तीन जनाले दुई हजार छ सय २४ मत प्राप्त गर्न सफल हुनुभएको थियो ।

    मतदाताको चाहना कृषि उत्पादन वृद्धिका लागि सिँचाइको सुविधा, समयमा मलको व्यवस्था, युवालाई प्राविधिक शिक्षामा सहज पहुँच र उद्योग स्थापना गरी रोजगारीको सिर्जना गर्नुपर्ने माग रहेको छ । विराटनगर–४ का ७८ वर्षीय मतदाता केशव अधिकारी निर्वाचनमा विजयी भएपछि फर्केर नआउने, भेट हुन समस्या हुने गुनासो गर्नुभयो ।
    कटहरी गाउँपालिका– २ का गृहणी मतदाता विमला राजवंशीले अहिले सूचना प्रविधिको समयमा बालबालिकालाई रोजगारीमूलक एवं प्राविधिक शिक्षाको सस्तो एवं सर्वसुलभ उपलब्ध गराउने उम्मेदवारलाई मत दिने बताउनुभयो । पूर्वराज्यमन्त्री एवं स्वतन्त्र उम्मेदवार राजवंशी यस क्षेत्रका लागि सङ्घीयता स्थापनामा भूमिका, नागरिकको शान्ति सुरक्षा, विकास एवं भाषा, संस्कृति संरक्षणको गरेको योगदानको आधारमा विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो ।
    यस पटकको उम्मेदवार निर्वाचनको प्रचारप्रसारको क्रममा सचेत देखिएका छन् । निर्वाचन आचारसंहिता, कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थितरुपमा लैजाने गरेका छन् ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.