• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

बागलुङमा निर्वाचनको तयारी अन्तिम चरणमा


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • ढोरपाटन २८ कात्तिक
    आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङले अस्थायी मतदाता सङ्ख्या सङ्कलन गरेको छ ।

    Advertisement

    जिल्लामा दुई हजार ४८ अस्थायी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ती मतदाताले प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिक मतदान गर्न पाउने भएका हुन् । जिल्ला कारागारमा रहेका ५२ जना कैदीबन्दी र निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी गरी दुई हजार ४८ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्णय गरेअनुसार नै जिल्लामा अस्थायी मतदाताले मतदान गर्न पाउन व्यवस्था गरेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार अस्थायी मतदाताले मतदान गर्नका लागि अस्थायी मतदान केन्द्रसमेत बनाइने छ । कैदीबन्दी र जिल्ला सदरमुकाम रहेका कर्मचारी तथा सुरक्षाकर्मीले जिल्ला समन्वय समितिको कार्यालय र कारागारमा निर्माण गरिने मतदानस्थलमा मतदान गर्ने पाउने उहाँको भनाइ छ । सदरमुकामभन्दा बाहिर खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले पायक पर्ने मतदान केन्द्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।

    “यस पटक निर्वाचन आयोगले नै अस्थायी मतदाताका लागि मतदान गर्न पाउने व्यवस्था गरेको छ, सोहीअनुसार हामीहरुले बागलुङमा पनि त्यो व्यवस्था मिलाएका छौँ, अस्थायी मतदाताले प्रतिनिधिसभातर्फ समानुपातिक मतदान गर्न पाउनुहुने छ”, प्रमुख रिजालले भन्नुभयो, “त्यसका लागि जिल्ला निर्वाचन कार्यालयले दुई अस्थायी मतदानस्थलसमेत निर्माण गर्ने भएको छ, एउटा जिल्ला समन्वय समितिको भव र अर्को कारागारमा हुनेछ, यहाँ वरपर भएका कर्मचारी तथा सुरक्षाकर्मीले यही मतदान गर्नु हुनेछ भने अन्यले पायक पर्ने स्थानमा मतदान गर्न पाउने व्यवस्था मिलाएका छौँ ।”

    उहाँले निर्वाचन तयारीलाई अन्तिम चरणमा पु¥याएको बताउनुभयो । निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्रीलाई रुजु गर्ने, प्याकेजिङ गर्ने र मतदानस्थलसम्म पठाउनको लागि व्यवस्थापन गर्ने कार्यलाई तीव्र बनाएको बनाएको उहाँको भनाइ छ । अघिल्लो पटक ठूलो सङ्ख्यामा मत बदर भएको हुँदा यसपालि गाउँ–गाउँमा स्वमंसेविका खटाएर मतदाता शिक्षा दिन थालेको उहाँले जानकारी दिनुभयो । उहाँले केही दिनदेखि जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षालाई तीव्र बनाएको बताउनुभयो । जिल्लामा निर्वाचनसम्बन्धी अधिकांश सामग्री आइसकेको उहाँको भनाइ छ ।

    प्रमुख रिजालले भन्नुभयो, “निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रलगायतका निर्वाचनसम्बन्धी सामग्री आइसकेका छन्, केन्द्रबाट आएका ती सामग्रीलाई हामीहरुले रुजु गर्ने, प्याकिङ गर्ने र सम्बन्धित पालिकासम्म पु¥याउनका लागि तयारी गरी रहेका छौँ, गाउँ–गाउँमा मतदाता शिक्षा पनि सञ्चालन भइरहेको छ ।” उहाँले निर्वाचन प्रभावकारीरुपमा सम्पन्न गर्न सबै पालिकामा नमूना मतदान गर्न गर्न थालेको जनाउँदै अहिलेसम्म धेरै पालिकाले गरिसकेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा नदिएको हुँदा मतदातालाई केही समस्या परेको भन्दै यसपालि ढिलै भए पनि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको उहाँको भनाई छ ।

    स्थानीय तहको निर्वाचनपश्चात् मतदाताको सुविधालाई ध्यानमा राखेर जिल्लामा तीन मतदानस्थल परिवर्तन र तीन मतदानस्थल थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–६, ढोरपाटन–२ र गलकोट नगरपालिका–१० मा एक÷एक वटा मतदानस्थल थप गरिएको छ । बागलुङ नगरपालिका–३ बौद्ध विहारबाट, कालिका कन्या मावि, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल मावि र बडिगाड गाउँपालिका–८ सिद्धबारी प्राविबाट भृकुटी माविमा मतदानस्थल स्थानान्तरणको गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

    जिल्लाका ३५ प्रतिशत मतदान केन्द्र सुरक्षाको दृष्टिले अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ ।

    विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुन सक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थल वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्थस्थापन गरेको प्रजिअ ढकालले बताउनुभयो । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन हुनेछन् ।

    जिल्लामा स्थानीय तह निर्वाचनपछि जिल्लामा दुई हजार आठ सय नयाँ मतदाता थपिएका छन् । नयाँ थप भएका मतदाताले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनमा मताधिकार हुनेछ । स्थानीय तहको निर्वाचनमा एक लाख ९३ हजार छ सय २४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार दुई सय ९७ मतदाता पुगेका छन् । जसमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता छन् ।

    २०७४ को चुनावमा भन्दा २४ हजार नौ सय ४५ ले बढी हो । विसं २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ६७ हजार दुई सय ८२ मतदाता थिए । यस पटक महिला ९८ हजार छ सय ४३ र पुरुष ९३ हजार पाँच सय ८४ जना छन् । सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नम्बर १ मा छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९६ हजार छ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार पाँच सय ६१ जना मतदाता छन् ।

    प्रदेशतर्फ बागलुङ क्षेत्र नम्बर १ को (१)मा ५० हजार पाँच सय ८० जना र (२) मा ४६ हजार ८६ जना मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ को (१)मा ५४ हजार तीन सय ३४ र (२)मा ४१ हजार दुई सय २७ मतदाता रहेको सूचना अधिकारी शर्माले बताउनुभयो ।
    –––

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.