काठमाडौँ २८ कात्तिक
काठमाडौँमा आजदेखि शुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा युएईले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाउदै २६३ रन बनाएको हो ।
युएईका लागि टिममा पुनरागमन गरेका रोहन मुस्तफाले सर्बाधिक ५३ रन बनाएका थिए । त्यस्तै मुहमद वासीमले ४४ र विरित्य अरविन्दले ४० रन बनाएका थिए ।
त्यस्तै आलिशान शाराफुले २९ रनको योगदान दिए भने बसिल हमीदले १४ रन बनाए ।त्यस्तै आयान अफजल खानले २६ र अहमद राजाले अविजित २७ रन बनाए ।त्यसैगरी नेपालका बलर गुलसन झाले २ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
नेपाल टूरमा रहेको युएईले तीन खेलको सिरिज खेल्ने छ । अब सिरिजको दोस्रो खेल बुधबार हुने छ भने तेस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ ।




