• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

गण्डकीको निर्वाचनः हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • गण्डकी २९ कात्तिक 

    Advertisement

    हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार राष्ट्रिय विषय पनि यतिखेर दलहरूका घोषणापत्र तथा उम्मेदवारका प्रतिबद्धतामा समेटिएका छन् ।

    गण्डकी प्रदेशका ११ वटै जिल्लामा चुनावी माहोल तातिरहेका अवस्थामा विगतमा जस्ता भड्किलो प्रचार भने नदेखिएको मतदाताको अनुभव छ । विगतका निर्वाचनमा चर्का माइक, बाजागाजा आदिका कारण ध्वनी प्रदूषण गर्ने गरी हुइँकिने गाडीहरूसँगै कार्यकर्ताहरूको उत्ताउलो प्रचार अहिले भने निकै कम भएको कास्कीको गगनगौंडाका मतदाता सुनिल सुवेदी बताउनुहुन्छ । निर्वाचन आयोगको निगरानीसँगै दलहरूमा पनि राजनीतिक संस्कार परिवर्तन भएको पाइएको यस पटकको प्रचारशैलीले देखाएको उहाँको भनाइ छ ।

    गण्डकीमा नेपाली कांग्रेससहितका दल गठबन्धन गरी चुनावमा होमिएका छन् भने नेकपा (एमाले) सहित अन्य दलहरू छुट्टाछुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् । विगतको चुनावको गणितले गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिए पनि अन्य नयाँ तथा साना दल पनि उच्च मनोबलका साथ निर्वाचन आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ चुनावी अभियानमा सक्रिय छन् ।

    कूल ११ वटा जिल्लामा समेटिएको गण्डकीमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट रहेको छ । २०७४ को निर्वाचनमा एमाले—माओवादी वाम गठबन्धन बनाई चुनावमा जाँदा उक्त गठबन्धनले १६ स्थानमा जितेको थियो । त्यस निर्वाचनमा कांग्रेसले नवलपुर निर्वाचन १ जित्दा कांग्रेसकै समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट चुनाव जित्नुभएको थियो ।

    त्यतिबेलाको समीकरण बदलिएर हाल सो वाम गठबन्धन टुटेको छ । नेकपा विभाजन भएर एमाले र माओवादी छुट्टैछन् भने एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । अहिले कांग्रेससहित माओवादी, एकीकृत समाजवादी एक ठाउँमा छन् । त्यसले गर्दा गण्डकी प्रदेशमा ७४ सालको निर्वाचनभन्दा यसपटक निर्वाचन परिणाम फरक आउने अनुमान गरिएको छ ।

    मुस्ताङ, मनाङ, स्याङ्जाको १, कास्कीको ३ र तनहुँको २ मा एमाले काङग्रेसभन्दा हजार कम मतले अगाडि रहेको छ । मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा कांग्रेस, माओवादीलगायतको सत्ता गठबन्धले पाएको मतभन्दा एमालेको मत धेरै छ । गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ भने एउटामा कांग्रेस र अर्कोमा माओवादी अगाडि देखिन्छ ।

    स्थानीय तहको नतिजालाई आधार मान्दा यसपटक कास्कीको २ र ३, पर्वत, नवलपुरको २, लमजुङ, मनाङ र मुस्ताङमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यी क्षेत्रमा एमालेले पाएको र गठबन्धनको दलले प्राप्त गरेको मत लगभग बराबरी अवस्थामा छ । तथ्याङ्कअनुसार स्थानीय तहको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार आठ सय ३७ मत ल्याउँदा एमालेले ३० हजार एक सय ९६, माओवादीले तीन हजार दुई सय ७८ र राप्रपाले एक हजार आठ सय १८ मत ल्याएका थिए ।

    कास्की निर्वाचन क्षेत्र नं २ मा एमाले २१ हजार एक सय ६४ मत ल्याउँदा कांग्रेसले १९ हजार आठ मत ल्याएको थियो । त्यस्तै राप्रपाले दुई हजार ७९, एकीकृत समाजवादीले दुई हजार ५३, माओवादीले एक हजार एक सय ९८ र जसपाले एक सय ५३ मत ल्याएका थिए । कास्की निर्वाचन क्षेत्र नं ३ मा एमालेले २९ हजार आठ सय पाँच मत ल्याउँदा कांग्रेसले २८ हजार आठ सय ४६, माओवादीले दुई हजार चार सय, राप्रपाले एक हजार ६५ र एकीकृत समाजवादीले पाँच सय एक मत ल्याएको थिए ।

    गोरखा निर्वाचन क्षेत्र नं १ मा काँंग्रेसले २७ हजार ८४ मत ल्याउँदा माओवादीले २५ हजार चार सय ७२, एमालेले १४ हजार पाँच सय ६६, जसपाले दुई हजार सात सय ५४, राप्रपाले दुई सय २७, एकीकृत समाजवादीले ७० मत ल्याएका थिए । गोरखा २ मा माओवादीले २२ हजार दुई सय ५० मत ल्याउँदा कांग्रेस २१ हजार एक सय ३६, एमाले सात हजार नौ सय २६, जसपाले सात हजार पाँच सय चार र राप्रपा आठ सय ७८ मत ल्याएका थिए ।

    तनहुँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार एक सय ६ मत ल्याउँदा एमालेले २२ हजार दुई सय १०, माओवादीले आठ हजार चार सय ७४, राप्रपाले एक हजार सात सय ७५, एकीककृत समाजवादीले आठ सय ९२ र जसपाले ५४ मत ल्याएका थिए । तनहुँ २ मा एमालेले ३० हजार नौ सय ६२ मत ल्याउँदा कांग्रेसले ३० हजार ६ सय ६, माओवादीले छ हजार आठ सय ३६, एकीकृत समाजवादीले एक हजार दुई सय ५२ र राप्रपाले नौ सय ५५ मत ल्याए । पर्वतमा एमाले ३५ हजार सात सय १६ मत ल्याउँदा कांग्रेसले २९ हजार तीन सय ४४, माओवादीले पाँच हजार तीन सय ६१, एकीकृृत समाजवादीले पाँच सय ४६ र राप्रपा चार सय ९३ मत ल्याएका थिए ।

    नवलपुर निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ४० हजार पाँच सय ११ मत ल्याउँदा एमालेले ३९ हजार नौ सय ५१, राप्रपाले दुई हजार तीन सय ७३, माओवादीले एक हजार नौ सय २१ र जसपा एक सय ८८ मत ल्याए । नवलपुर २ मा एमालेले ४१ हजार सात सय ९८ मत ल्याउँदा कांग्रेसले ३८ हजार ६ सय १९, राप्रपाले दुई हजार तीन सय ५५, माओवादीले एक हजार सात सय ४२, जसपाले तीन सय तीन र एकीकृत समाजवादीले दुई सय १४ मत ल्याएका थिए ।

    बागलुङको निर्वाचन क्षेत्र नं १ मा एमालेले २१ हजार नौ सय ७८ मत ल्याउँदा कांग्रेसले १९ हजार पाँच सय १३, राष्ट्रिय जनमोर्चाले छ हजार ६७, माओवादीले दुई हजार पाँच सय २९, एकीकृत समाजवादीले दुई हजार चार सय ५१ मत प्राप्त गरे । बागलुङ २ मा एमालेले १९ हजार ३० मत ल्याउँदा कांग्रेसले १७ हजार सात सय ५१, माओवादी नौ हजार सात सय ५१, राजमो छ हजार ६ सय ७८ र एकीकृत समाजवादीले तीन सय ८८ मत प्राप्त गरे ।

    स्याङ्जा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३७ हजार पाँच सय १० मत ल्याउँदा एमालेले ३६ हजार आठ सय ४५, माओवादी एक हजार नौ सय ८४ र राप्रपाले एक हजार दुई मत ल्याए भने स्याङ्जा २ मा कांग्रेसले ३६ हजार आठ सय ६ मत ल्याउँदा एमालेले ३४ हजार आठ सय नौ, माओवादीले एक हजार दुई सय ४३ र राप्रपाले पाँच सय ११ एकीकृत समाजवादीले दुई सय ३३ मत ल्याए ।

    हिमालपारिको जिल्ला मनाङमा एमालेले एक हजार दुई सय ५८ मत ल्याउँदा कांग्रेसले एक हजार दुई२० मत प्राप्त ग¥यो भने मुस्ताङमा एमालेले तीन हजार एक सय २८ मत ल्याउँदा कांग्रेसले दुई हजार सात सय ४२ र राप्रपा १८ मत प्राप्त ग¥यो । म्याग्दीमा एमाले २३ हजार दुई सय १० मत ल्याउँदा कांग्रेसले २० हजार ३८, माओवादीले आठ हजार पाँच सय ९३ र राप्रपाले दुई सय १७ मत प्राप्त गरे । यस्तै लमजुङमा एमालेले ४० हजार एक सय ९७ मत ल्याउँदा कांग्रेसले ३५ हजार दुई सय ७६, माओवादीले छ हजार एक सय २७, राप्रपाले एक हजार एक सय ८४ र जसपाले एक सय ९० मत ल्याए ।

    यस निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभातर्फ १४ जनाको उम्मेदवारी छ । त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा आठ र (ख) मा सातजनाको उम्मेदवारी छ । जिल्लाको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १७ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन् । उक्त निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभा (क) मा आठ र (ख) मा छजनाको उम्मेदवारी छ । त्यस्तै निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ १५ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ३ अन्तर्गतको प्रदेशसभातर्फ (क) र (ख) मा सात÷सातजनाको उम्मेदवारी परेको छ ।

    जिल्लाको क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट किशोरदत्त बराल र नेकपा (एमाले) का तर्फबाट मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दलका तर्फबाट श्रीनाथ बराल र एमालेका तर्फबाट विद्या भट्टराई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै क्षेत्र नं ३ मा गठबन्धन दलका तर्फबाट रामजीप्रसाद बराल (जीवन) र एमालेबाट दामोदर वैरागी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा हरेकामा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ भने एमालेबाट सूर्यप्रसाद पाठक उम्मेदवार बन्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षत्रीको उम्मेदवारी छ । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा पाँचजनाको उम्मेदवारी छ भने (ख)मा चारजनाको उम्मेदवारी छ ।

    बागलुङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसेलगायतको उम्मेदवारी छ । उक्त क्षेत्रको प्रदेश (क) मा दुई र प्रदेश (ख)मा सातजना उम्मेदवार हुनुहुन्छ ।

    पूर्वी नवलपरासीमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ । नवलपुरमा गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेसका डा शशाङ्क कोइराला र एमालेबाट कृष्ण पौडेल उम्मेदवार रहनुभएको छ । त्यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका तिलकबहादुर महत उम्मेदवार हुनुहुन्छ ।

    म्याग्दीमा १९ जना चुनावी मैदानमा रहेकोमा प्रतिनिधि सभामा तीन स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेदवारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) उम्मेदवारका रूपमा रहनुभएको छ ।

    तनहुँमा प्रतिनिधिसभा तथा प्रदेश सभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुनेमाक्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । उक्त प्रदेशको प्रदेशसभा(क) का लागि ११ जना र प्रदेशसभा (ख) का लागि सात जनाको उम्मेदवारी परेको छ । तनहुँ २ को प्रतिनिधिसभा सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । उक्त क्षेत्रको प्रदेशसभा (क) का लागि आठ र प्रदेशसभा (ख) का लागि छजनाको उम्मेदवारी छ ।

    तनहुँ १ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल, नेकपा (एमाले) का एकबहादुर राना, जनता समाजवादी पार्टीका पासाङ थापा मगरलगायत हुनुहुन्छ । तनहुँ २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कांग्रेसका शङ्कर भण्डारी, एमालेका किरण गुरुङलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

    मनाङमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पाल्तेन छोपाङ गुरुङ उम्मेदवार हुनुहुन्छ । पर्वतमा प्रतिनिधिसभाको सदस्यका लागि १५ जनामध्ये गठबन्धनका तर्फबाट कांग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका तर्फबाट पदम गिरी उम्मेदवार हुनुहुन्छ । प्रदेशसभातर्फ प्रदेश (क) मा नौजना र प्रदेशसभा (ख) मा भने सातजना उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुँदैछ ।

    लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनामध्ये प्रतिनिधिसभाका लागि एक स्वतन्त्र उम्मेदवारसहित ११ जना, प्रदेश (क) मा पाँच र प्रदेश (ख) मा छजना उम्मेदवार गरी २२ जनाको उम्मेदवारी छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवप्रसाद गुरुङ, एमालेका पृथ्वी सुब्बा गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङलगायत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    स्याङजामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा रहेकामा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका राजु थापा, एमालेका नारायणप्रसाद मरासिनीलगायत हुनुहुन्छ । उक्त क्षेत्रको प्रदेश (क) मा सातजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै प्रदेश (ख) मा पाँचजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेसका धनराज गुरुङ र एमालेका पद्माकुमारी अर्याल लगायतको उम्मेदवारी छ । मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौजनाको प्रतिस्पर्धा छ । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली हुनुहुन्छ भने एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार हुनुहुन्छ ।

    गोरखामा प्रतिनिधिसभा तथा प्रदेशसभामा ४९ जना चुनावी मैदानमा रहेकोमा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट काँग्रेसका राजेन्द्र बजगाईं, एमालेका रामशरण बस्नेतलगायतको उम्मेदवारी छ भने गोरखा २ मा गठबन्धनका तर्फबाट माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड), एमालेबाट अब्दुस सलाम मिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटीलगायत हुनुहुन्छ ।

    प्रदेशमा स्थानीयदेखि राष्ट्रियस्तरका मुद्दा यतिखेर चुनावी प्रतिवद्धताका रुपमा व्यक्त भएका छन् । कास्कीको क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्वारी भएको बताउनुहुन्छ । गठबन्धन देशको आवश्यकता भएको बताउँदै उहाँले यो केबल निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पु¥याउनका लागि उपलब्धिको रक्षा र देशको समृद्धि र विकासका लागि भएको बताउनुभयो । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई समाजका सबै वर्ग र समुदायका व्यक्तिलाई समृद्धि र विकासको समान पहुँचमा पु¥याउनु अहिलेको आवश्यकता भएको बताउनुहुन्छ ।

    गण्डकी प्रदेशकामा चुनाव लक्षित प्रतिवद्धताहरू व्यक्त हुँदा कालीगण्डकी डाइभर्सनको विषय पनि यतिखेर चर्चामा छ । नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य डा.शशांक कोइरालाले त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएका हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो घोषणापत्रमा कालीगण्डकी तिनाउ डाइभर्सन योजना अगाडि बढाउने उल्लेख गरेपछि कालीगण्डकी प्रभावित जिल्ला पूर्वी नवलपरासी, पाल्पा, स्याङ्जा तनहुँलगायतका जिल्लामा विरोध सुरु भएको अवस्थामा कोइरालाले आफ्ना चुनावी कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।

    विभिन्न क्षेत्रमा दलका शीर्षनेताहरूसमेत चुनावी प्रतिष्पर्धामा रहेका कारण गण्डकीको चुनावलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादीका पुष्पकमल दहाल, देवप्रसाद गुरुङ, कांग्रेसका रामचन्द्र पौडेल, एमालेका पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायतका शीर्षनेतासमेत उम्मेदवार भएको यहाँको चुनावको परिणाम कस्तो आउने हो त्योे यतिखेर चासो र चर्चामा छ ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.