• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पर्सामा उम्मेदवारहरुको प्रचारप्रसार तीव्र


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • पर्सा २९ कात्तिक 

    Advertisement

    निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रसारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा मतदातालाई आ–आफनो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका हुन् । निर्वाचनका लागि जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी(पुष्पलाल), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुिक्त पार्टी, नेपाल जनता पार्टी, नेपाल सुशान पार्टीलगायत स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका हुन् ।

    राजनीतिकरुपमा महत्वपूर्ण मानिएको यस जिल्लामा चार प्रतिनिधिसभा सदस्यका लागि ४९ र आठ प्रदेशसभा सदस्यका लागि एक सय गरी कूल एक सय ४९ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नं ४ मा र सबैभन्दा कम क्षेत्र नं १ मा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रञ्जीता झाले जानकारी दिनुभयो । उहाँले निर्वाचन क्षेत्र नं १ मा ४४ हजार ९९ पुरुष, ३३ हजार पाँच सय ७८ महिला र दुई अन्य गरी कूल ७७ हजार छ सय ७९ मतदाता रहेका र क्षेत्र नं २ मा ४९ हजार ७५ पुरुष, ३७ हजार आठ सय ८७ महिला र चार अन्य मतदता रहेको बताउनुभयो ।

    त्यसैगरी क्षेत्र नं ३ मा ५१ हजार तीन सय ६६ पुरुष, ३९ हजार ६२ हजार महिला र चार अन्य गरी कूल ९० हजार चार सय ३२ मतदाता रहेका छन् भने क्षेत्र नं ४ मा ५० हजार तीन सय ६४ पुरुष, ४० हजार चार सय ८१ महिला र चार अन्य गरी ९० हजार आठ सय ५१ मतदाता रहेको प्रमुख झाको भनाइ छ । चार प्रतिनिधिसभा सदस्य तथा ८ प्रदेश सभासदस्यका लागि कूल एक सय ६७ मतदानस्थल र चार सय १२ वटा मतदान केन्द्र रहेको छ ।

    निर्वचन क्षेत्र नं १ मा सबैभन्दा बढी २० जनाले उम्मेदवारी दर्ता गराएका छ भने सबैभन्दा कम क्षेत्र नं ४ मा मात्र नौ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँले क्षेत्र नं २ र ३ मा १०÷१० जना गरी कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा दलका तर्फबाट २७ र स्वतन्त्र उम्मेदवार २२ छन् । प्रतिनिधि सभामा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन क्षेत्र नं १ मा एमालेसँगको गठबन्धनबाट जसपाका प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच प्रतिस्प्रर्धा हुने देखिन्छ ।

    नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति द्विवेदीलाई पार्टीले टिकट नदिएपछि उहाँले स्वतन्त्र उम्मेदवरी दिनुभएको छ भने कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट क्षेत्र नं १ मा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बन्नुभएको छ । क्षेत्र नं २ मा नेपाली कांग्रेससहितको पाँच दिलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया र एमालेसँगको गठबन्धनका उम्मेदावर जसपा नेता सुरेन्द्रप्रसाद कुर्मीबीच प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा श्रीवास्तावले २१ हजार एक सय ६९ मत ल्याउनुभएकामा चौरसियाले १९ हजार सात सय चार मत पाउनुभएको थियो ।

    त्यसै निर्वाचन क्षेत्र नं ३ मा सम्पन्न गत आम निर्वाचनमा फोरमका उम्मेदवार हरिनारायण रौनियारले नेपाली कांग्रेसका सुरेन्द्र चौधरिलाई एक हजार तीन सयभन्दा बढी मतले पराजित गर्नुभएको थियो । रौनियारले १५ हजार एक सय ६८ मत ल्याउनुभएकामा चौधरीले तेह्र हजार आठ सय एक मत ल्याउनुभएको थियो। क्षेत्र नं ४ मा फोरमका उम्मेदवार लक्ष्मणलाल कर्णले नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालाई छ हजार भन्दाबढी मतले पराजित गर्नुभएको थियो ।
    गत निर्वाचनमा कर्णले २० हजार सात सय ३८ मत ल्याउनुभएकामा उहाँका निकटम प्रतिद्वन्द्वी रिजालले १४ हजार सात सय दुई मत प्राप्त गर्नुभएको थियो । कर्णले यसपाली नेपाली कांगे्रससहितको पाँच दलीय गठबन्धबाट निर्वाचन क्षेत्र नं १ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालको टिकटबाट उम्मेदवारी दिनुभएको हो ।
    जिल्लामा उम्मेदवारी दर्ता गाएकामध्ये स्वतन्त्र उम्मेदारको सङ्ख्या ५६ प्रतिशत छ भने केही स्थानमा दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारकै मुख्य प्रतिस्प्रर्धा हुने देखिन्छ । पर्साको १२ पदका लागि जम्मा तीन महिला उम्मेदवारले आफनो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि दलका तर्फबाट दुई र एक स्वतन्त्र महिला उम्मेदवार उम्मेदवार रहेका छन् ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.