• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

निर्वाचनः चर्चामा रुपन्देही–२


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • रुपन्देही २९ कात्तिक 

    Advertisement

    राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ ।

    जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ । गृहमन्त्री बालकृष्ण खाँड क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ भने पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल क्षेत्र नं २ मा प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु आपसमा प्रतिस्पर्धी त होइन तर उहाँहरुको उम्मेदवारी नै यस जिल्लाको निर्वाचनमा चर्चाको विषय बन्न पुगेको छ ।

    पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चुनावी मैदानमा हुनुहन्छ । पौडेलसँग राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । थापालाई सत्ता साझेदार गठबन्धनको समर्थन रहेको छ ।

    गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि थप चर्चा बटुलेको यो क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको हो । जिल्लामा नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेकाले पौडेलललाई यी दुई दलको समर्थन छ । “गठबन्धनको उम्मेदवारी खारेजीले यो क्षेत्रमा पौडेललाई टक्कर दिनसक्ने अरू उम्मेदवार भएनन् जसले गर्दा पौडेललाई निर्वाचन केही सहज देखिएको छ”, राजनीतिक विश्लेषक ऋषि आजाद भन्नुहुन्छ”, जनमुक्ति पार्टीका उम्मेदवार थापा यो क्षेत्रको राजनीतिक वृत्तमा त्यति परिचित अनुहार नरहेकाले विकासे नेताको छवि बनाएका पौडेलको जित सहजदेखिएको उहाँको भनाइ छ ।

    एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यो क्षेत्रबाट लगातार पछिल्ला तीन निर्वाचनमा जित हासिल गर्नुभएको थियो । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा माओवादीकै डा बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गर्नुभएको थियो । यस पटक अझै पराकिलो मतान्तरका साथ विजयी हुने योजना लिएर आफू चुनावी मैदानमा होमिएको पौडेल बताउनुहुन्छ । “मैले रुपन्देहीलाई विकासको नमुना बनाउने गरी योजना अघि बढाएको छु । हिजो अर्थमन्त्री हुँदा पनि अन्तर्राष्ट्रिय गौतममबुद्ध बिमानस्थल, बुटवल बेलहिया ६ लेन सडक जस्ता दर्जनाँै ठूला योजना ल्याएँ”, पौडेल भन्नुहुन्छ, “अब ती योजना पूरा गर्न र नयाँ योजना सुरु गर्न जनताले साथ दिने छन् भन्नेमा म विस्वस्त छु ।”

    पौडेलले लगातार जित हासिल गरेकै कारण यसपटक पनि मतदाताको साथ पाउने विश्वास व्यक्त गरिरहँदा जनमुक्तिका उम्मेदवार थापा भने स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएकाले जित हासिल गर्ने दाबी गर्नुहुन्छ । यसअघिको निर्वाचनमा जनमुक्तीले राम्रो मत पाएको र अहिले गठबन्धनको समेत साथ भएपछि नतिजा आफ्नो पक्षमा आउने थापाको भनाइ छ । “जनमुक्ति पहिलोपटक इतिहास रच्ने गरी चुनावी अभियानमा लागेका छौँ”, थापा भन्नुुहुन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि विज्ञप्ति प्रकाशन गरेर सत्ता गठबन्धनले थापालाई सहयोग गर्ने बताएको हो ।

    प्रदेशसभा सदस्यमा एमालेबाट १(१) मा लिला गिरी, २(२) मा भोजप्रसाद श्रेष्ठ र सत्ता गठबन्धका तर्फबाट क्षेत्र नं २(१) मा दीर्घबहादुर केसी र २(२) मा बामदेव क्षेत्री चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेस महासमिति सदस्य रहनुभएका केसी र माओवादी पोलिटब्यूरो सदस्य रहनुभएका क्षेत्री प्रदेशसभामा पहिलोपटक उम्मेदवार बन्नुभएको हो भने एमालेका गिरी र श्रेष्ठ ०७४ को प्रदेशसभा निर्वाचनबाट निर्वाचित भई मन्त्री भइसक्नुभएको छ ।

    पहिलोपटक प्रदेशसभाको उम्मेदवार बनेकाले काम गर्ने अवसर दिन आग्रह गर्दै गठबन्धनका उम्मेदवारहरु मतदातासँग पुग्नुभएको छ भने आफ्नो कार्यकालमा सुरु भएका कामको पूर्णता र नयाँ योजना थालनी गर्न आफूहरुलाई जिताउन आग्रह गर्दै एमालेका उम्मेदवारले भोट मागिरहनुभएको छ । क्षेत्र नं २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नंसम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ वडा पर्दछन् ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.