• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

अमेरिकी नागरिकता त्यागेको दाबी गरेका रविले पुनः नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा गरेका छन् त ?


  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
  • काठमाडौँ, ३० कात्तिक ।

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन(२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनीविरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै मंगलबार उजुरी परेको छ ।

    उम्मेदवार लामिछानेविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी गराएका छन् । उक्त उजुरी चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालयलाई कारबाहीका लागि गइसकेको छ । अब उक्त कार्यालयले लामिछानेसँग जवाफ माग गर्नेछ ।

    लामिछानेले बुधबार बिहानसम्म आफूलाई उजुरीबारे औपचारिक जानकारी नभएको उल्लेख गरेका छन् । पत्र आएपछि जवाफ दिने उनले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत जानकारी गराएका छन् । लामिछानेले नागरिकताको विवाद सन् २०१८ मा नै सल्टिएको दाबी गरेका छन् । सोही आधारमा आफूले आत्महत्या दुरुत्साहनको मुद्दामा सफाइ पाएको पनि उनको अर्को दाबी छ ।

    तर, लामिछानेले नागरिकता विवाद सल्टाएको दाबी गरे पनि त्यो विवाद कसरी सल्टिएकोबारे केही उल्लेख गरेका छैनन् । यद्यपि, नेपालको प्रचलित नागरिकतासम्बन्धी कानुनहरूलाई हेर्दा उम्मेदवार लामिछानेमाथि केही प्रश्न उठेका छन् ।

    नागरिकता विवादमा नसुल्झिएका प्रश्नहरू

    पहिलो प्रश्न : उनले अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्यागेका थिए कि थिएनन् ?

    दोस्रो प्रश्न : के रविसँग अमेरिकाको नागरिकतासँगै नेपालको पनि नागरिकता थियो रु नेपालको कानुनअनुसार नेपाली नागरिकले दोहोरो नागरिकता लिन पाइन्छ कि पाइँदैन ?

    तेस्रो प्रश्न : रविले बारम्बार आफूले अमेरिकाको नागरिकता त्यागेको बताउँदै आएका छन् तर अमेरिकी कानुनअनुसार उनले नागरिकता त्यागको प्रक्रिया पूरा गरेर प्रमाणपत्र प्राप्त गरेका छन् कि छैनन् ?

    र, चौथो प्रश्न : रविले पुनस् नेपाली नागरिकता प्राप्त गर्नका लागि नेपालको कानुनअनुसार प्रक्रिया पूरा गरेका छन् कि छैनन् ?

    पहिलो प्रश्नको जवाफ रवि आफैंले दिएका छन् । उनले बुधबार गरेको फेसबुक लाइभमा स्पष्ट भनेका छन्, ‘अमेरिकी नागरिकता लिए पनि नेपाली नागरिकता त्याग गरेको छैन । खाली मैले आफ्नो नागरिकता बुझाएर एनआरएन कार्ड लिन सकिन्थ्यो । त्यो मैले किन बुझाइन त्यो कुरा मैले स्पष्ट पारेको छँदैछु ।’ त्यो कहाँ स्पष्ट पारेका छन् भन्ने फेसबुक लाइभमा खुलाएका छैनन् । चार वर्षअघि ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा पनि आफूले नेपाली नागरिकता नत्यागी अमेरिकाको नागरिकता लिएको बताएका थिए ।

    नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः खारेज हुने उल्लेख छ । ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।’

    नेपाल नागरिकता नियमावली, २०६३ ले विदेशी नागरिकता लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका निकायलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली कूटनीतिक नियोगका अधिकारी मार्फत नागरिकताको सक्लल प्रमाणपत्र फिर्ता निवेदन दिनुपर्नेु व्यवस्था छ । त्यसपछि त्यस्तो व्यक्तिको नागरिकता खारेज भएको अभिलेख सम्बन्धित जिल्ला प्रशासन कार्यालयले राख्ने व्यवस्था छ । तर, रवि लामिछानेले अमेरिकी नागरिकता लिए पनि नेपाली नागरिकता फिर्ता नगरेको र कानुनी प्रक्रियामा नै नगएको स्वीकारेका छन् ।

    दोस्रो मुख्य प्रश्न हो, रवि लामिछानेले अमेरिकाको नागरिक रहिरहँदा नेपालको नागरिकता पनि लिएका थिए, नेपालको कानुनअनुसार नेपाली नागरिकले दोहोरो नागरिकता लिन पाइन्छ कि पाइँदैन ? नेपालको नागरिकता सम्बन्धि कानुनले कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता प्राप्त गरेको अवस्थामा नेपाली नागरिकता त्याग गर्नुपर्ने व्यवस्था गरेको छ । नगरेको अवस्थामा पनि कायम नरहने कानुनी प्रावधान छ ।

    तेस्रो प्रश्न, रवि लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको बारम्बार दाबी गर्दै आएका छन् । त्यसअनुसार उनले प्रक्रिया सुरु गर्नका लागि आवश्यक दस्तुर २ हजार तीनसय ५० अमेरिकी डलर सन् २०१८ मा तिरेको रसिद पनि सार्वजनिक भएको छ । तर अमेरिकी नागरिकता त्यागको प्रक्रिया पुरा भयो कि भएन त्यसको प्रमाण सार्वजनिक गरेका छैनन् । अमेरिकी कानुनअनुसार संयुक्त राज्य अमेरिकाको नागरिकता परित्याग गर्न चाहेको व्यक्तिले इमिग्रेसन एन्ड नेसन्यालिटी एक्टको सेक्सन ३४९ (ए) (५) तथा ‘७ फरेन अफियर्स म्यानुअल १२६’ अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्छ ।

    अमेरिकी नागरिकता त्याग गर्न चाहेको व्यक्तिले त्यहाँको कानुनले तोकेको विभिन्न प्रकारका फारम भरेर आधिकारिक व्यक्तिको अगाडि नागरिकता त्याग गरेको शपथ लिनुपर्ने हुन्छ । नागरिकता त्याग्न चाहेको व्यक्तिलाई अमेरिकी अधिकारीले नागरिकता त्याग गर्दा आइपर्ने समस्याहरूका बारेमा सम्पूर्ण रूपमा जानकारीसमेत गराउँछन् । अमेरिकी नागरिकता त्याग गर्न चाहेमा सो व्यक्तिले आफू रहेको देशमा भएको अमेरिकी दूतावासका अधिकारी समक्ष निवेदन दिनसक्ने व्यवस्था रहेको छ । यही व्यवस्थाअन्तर्गत उनले काठमाडौंस्थित अमेरिकी दूतावासमा निवेदन दिएको दाबी गरेका छन् ।

    यसका साथै, नागरिकता त्याग गर्न चाहेका व्यक्तिको विभिन्न चरणमा आधिकारिक निकायका अधिकारीले अन्तर्वार्ता समेत लिन्छन् । यस्तै नागरिकता त्यागपत्रमा दुईजना साक्षीले समेत सम्बद्ध अमेरिकी अधिकारीसमक्ष हस्ताक्षर गर्नुपर्छ । त्यस्तो व्यक्तिले डीएस-४०८०, डीएस-४०८१, डीएस-४०७९ लगायतका फारम भरेर बुझाएपछि सबै प्रक्रिया पुरा भएमात्रै अमेरिकी नागरिकता त्याग गरेको मानिने ‘७ एफएएम १२६०’ मा उल्लेख छ ।

    साथै, नागरिकता त्याग गरेका व्यक्तिलाई सो प्रक्रियामा भरिएका र हस्ताक्षर गरिएका सबै कागजपत्रका साथै उनले नागरिकता त्याग गर्न दिएको निवेदन स्वीकृत भएको प्रमाणपत्र आधिकारिक ठेगानामा पठाइन्छ । यो सबै प्रक्रिया पूरा गर्नका लागि नागरिकता त्याग गर्न चाहेका व्यक्तिले निश्चित रमकसमेत बुझाउनुपर्ने नियम छ ।

    अमेरिकी कानुनअनुसार अमेरिकी नागरिकता त्याग गरेपनि त्यहाँ कानुनसम्मत रूपमा दर्ता भएका अभियोग र कर सम्बन्धी प्रावधानबाट भने त्यस्ता व्यक्तिले नागरिकता त्याग गरिसकेको अवस्थामा उन्मुक्ति पाउने अवस्था भने रहँदैन ।

    चौथो तथा गम्भीर प्रश्न हो, रवि लामिछानेले नयाँ नेपाली नागरिकता प्राप्त गर्नका लागि नेपालको कानुनअनुसार प्रक्रिया पूरा गरेका छन् कि छैनन् रु कि पुरानै नागरिकताकै आधारमा निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ?

    नेपालको कानुनअनुसार विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ । विदेशी नगारिकता त्याग गरेर पुनः नेपाली नागरिकता लिन चाहेमा पनि निश्चित कानुनी प्रक्रिया पूरा गर्नेपर्ने प्रचलित कानुनको व्यवस्था छ । नेपाल नागरिकता ऐन २०६३ को दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’

    नेपाली नागरिकता पुनः प्राप्त गर्ने थप कार्याविधि नेपाल नागरिकता नियमावली, २०६३ मा छ । पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधिका दुई प्रक्रिया छन् । नियमावलीको नियम ११ ९१०को व्यवस्था छ, ‘नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।’

    पुनः नेपाली नागरिकता पाउँ भनेर निवेदन परेपछि सम्बन्धित अधिकारीले नयाँ नागरिकता प्रमाणपत्र जारी गर्ने उपनियम २ मा व्यवस्था छ । जहाँ भनिएको छ, ‘निवेदन प्राप्त भएपछि अनुसूची १२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ ।’ त्यसरी नागरिकता जारी गर्ने प्रमुख जिल्ला अधिकारीलाई कानुनले अधिकार दिएको छ ।

    नेपाली नागरिकता पुनः कायम गरिपाउँ भनेर भर्नुपर्ने फाराम :

    रवि लामिछानेले फेसबुक लाइभमा अदालतसहितका विभिन्न सरकारी निकायबाट नागरकिताको विषयमा सफाइ पाएको दाबी गरेका छन् । उनले २०७६ साउन २० मा आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा पनि नागरिकताकै आधारमा सफाइ पाएको दाबी गरेका छन् । आत्महत्या गर्नपूर्व पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको भनेको भिडियो सार्वजनिक भएको थियो । जसको आधारमा रविलाई आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थिए । उक्त प्रकरणमा रवि पक्राउ पनि परेका थिए र जिल्ला अदालत चितवनले उनलाई सफाइ दिएको थियो ।

    रविले उक्त मुद्दामा सफाइ पाउनको आधार नागरिकता पनि रहेको दाबी गरेका छन् । ‘चार वर्ष अगाडि नै वैधाानिक रूपमा सेटल गरिसकेको विषय हो । त्यसै, आधारमा अदालतका निर्णय छन् । ममाथि दुरुत्साहनको मुद्दा पर्दाखेरि त्यसै आधारमा विभिन्न ठाउँमा पुगेका छौं । त्यसै आधारमा मैले सफाइ पाएको छु । त्यसै आधारमा महान्यायाधिवक्ता कार्यालय पुगेको छु’, उनले भनेका छन् । तर चितवन जिल्ला अदालतमा रवि लामिछानेलगायत माथिको दुरुत्साहनको मुद्दा फैसला गर्ने तत्कालीन जिल्ला न्यायाधीश हेमन्त रावलले दिएको आदेशमा रवि लामिछानेको नागरिकताबारे केही उल्लेख गरिएको छैन । २०७६ भदौ ९ गते जारी १३ पन्ने आदेशमा रविको नागरिकतासम्बन्धी कुनै पनि विषय उल्लेख छैन ।

    रविको नागरिकताको विवाद २०७५ सालमा पनि आएको थियो । त्यतिबेला लामिछानेले आफूले ‘अमेरिकी राहदानी, अमेरिकी नागरिकता र अमेरिकी राष्ट्रियता फिर्ता बुझाएको’ दाबी गरेका थिए । उनले आफ्नो ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा पनि आफूले अमेरिकी पासपोर्ट फिर्ता गरेको बताएका थिए । (कान्तिपुरबाट)

    बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.