• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • कर्णाली १७ पुस

    Advertisement

    हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना र कौतुहल बन्ने गर्छ । त्यसकै आकर्षण र सुन्दरताले आज संसारका करोडौँ मान्छेको ध्यान खिचेको छ । समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको रारा तालबारे कतै नसुनेका र थाहा नपाएका बाहेक हरेक नेपालीलाई त्यसको प्रत्यक्ष दृश्यावलोकन गर्ने ठूलो धोको र हुटहुटी हुन्छ । प्रकृतिको काखमा रहेको अनुपम दृश्य नियाल्ने रहरले रारा जाने अवसर जो कोही पनि खोजिरहन्छ । त्यसका लागि विभिन्न जिल्ला तथा सहरबाट आफ्नो लामो यात्रा तय गरेर यहाँ आउँछन् । सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै मुगु राराताल पुग्नका लागि हवाई मार्ग नभइ सडक मार्ग रोज्नेको यात्रा निकै पट्यारलाग्दो पनि हुन्छ । यद्यपि, जब रारा ताल भेटिन्छ, बाटोमा भएका कष्टकर क्षण त्यसको वैभवले बिसाईदिन्छ । उनीहरु जब रारा तालमा पुग्छन् तब त्यसको प्राकृतिक सुन्दरतासँग खेलेर निकै मस्ती गर्छन् । हरेक आन्तरिक तथा बाह्य पर्यटकलाई रारा तालको शालिनता र अनुपम दृश्यले लट्ठ बनाउँछ ।

    स्वर्गीय आनन्द दिन्छ र त्यसको अवस्थिति, आकार र आकर्षणबाट मज्जा लिनेलाई केही सिर्जना गर्न उत्प्रेरितसमेत गर्दछ । राराको सौन्दर्यतालाई देखाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सरकारले २०७५ वैशाख १ गते मनाएको ‘रारा–कर्णाली पर्यटन वर्ष, २०७५’ को उद्घाटनको अवसरमा रारा तालको छेउमै बसेर भन्नुभएको थियो,“जन्मने हरेकले एकपटक रारा ताल पुग्नैपर्छ । भेट्नेहरुले यसको वैभव र सुन्दरता देखेर धित मरुञ्जेल आनन्द लिनेछन् । तसर्थ मर्नुअघि राराको सुन्दरतालाई स्पर्श गरौँ ।”रारा ताल घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको क्रम पछिल्लो समयमा बढिरहेको छ । मूलतः यहाँ घुम्ने, केही खर्च गरेर जाने र रमाइलो लिने ध्येयले आउने पर्यटक तालको सम्पन्नता हेरेरै मज्जा लिन्छन् । आहा ! क्या सुन्दर रारा ताल भन्छन् र खुसी मन लिएर फर्कन्छन् । तर जाँदा र आउँदा बाटोमै देखिने विस्थापित पीडितहरुको दैनिकीले अलि असहज बनाउँछ ।

    मुगु सदरमुकाम गमगढीको शिरमा सुन्दरता दिँदै शान्तभावमा कोणधारी जङ्गलको बीचमा अवस्थित राराले संसारको मन जितेको छ । धेरैले रारा पुग्न नपाए पनि तस्वीर हेरेरै भेट्ने धोको मेटाएको पाइन्छ । तथापि सुन्दर राराको प्रवेशद्वारमै पीडाले भरिएको पीडित बस्तीले देशभरबाट ताल हेर्न आउने जो कोहीको मन भने अमिलो बनाइरहेको छ ।

    गत असोज १९ देखि २३ गतेसम्म आएको अबिरल वर्षाका कारण रारा छायाँनाथ नगरपालिका–८ मुगु झ्यारी गाउँका एक सय १४ घरधुरी विस्थापित भएका छन् । पहिरोबाट विस्थापित भएका यहाँका स्थानीयवासी रारासँग जोडिएको बाम्नीचौरको जङ्गलमा अस्थायी बसोबास गरिरहेका छन् । उनीहरुले गाँस, बास र कपासको समस्या झेलिरहनु परेको छ । बाढीले उठिबास गरेपछि अहिले यहाँका नागरिकको जीवन नै अशान्त बनेको छ । यो कठ्याङ्ग्रिने चिसोमा पालमुनि बस्ने रहर नभइ उनीहरुका लागि बाध्यता हो । उनीहरुको ओत भनेकै प्लास्टिकको पाल हो । तुषारोले चिसिएको भूइँ न्यानो बन्न नपाउँदै अँध्यारो रात कटाउँदै आएका उनीहरुलाई बढ्दै गएको जाडोले समस्या त बनाउने नै छ, अब हिउँ प¥यो भने झनै समस्या हुने अवस्था छ ।बस्ने घर र जग्गा जमिन छोडेर भाग्नु परेपछि कडा चिसोमा अहिले उनीहरुको बास भएको छ । चिसोले बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई बाँच्न सकस भएको पीडित महिला अनिता रावलले दुखेसो पोख्नुभयो ।

    “पालमुनिको बासले बेहाल बनाएको छ,” रावलले भन्नुभयो, “देश विदेशबाट मान्छेहरु आइरहन्छन्, गइरहन्छन् । हामीलाई उनीहरु हेर्दैमा दिन बित्छ ।”रारा राष्ट्रिय निकुञ्जका बार्डेनले एक महिनाभित्र ठाउँ छोड्न चेतावनी दिँदा कहाँ गएर बस्ने होला भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो । रावलले भन्नुभयो, “हिउँद्को कठ्याङ्ग्रिदो चिसोमा खुला आकाशमा पालमुनि रात बिताउन हामीलाई निकै अप्ठ्यारो भएको छ । चिसोले बच्चा बिरामी पर्ने हुन् कि भन्ने चिन्ताले अझ बढी पिरोलिरहेको छ । ”सोही गाउँका पहिरो पीडित शैलेन्द्र रावलले सिरेठो जाडोमा खुला आकाशमुनि पालको बास गर्न कुनै रहर नभएको बताउनुभयो । “पहिरोले जोखिम बढेपछि पहिले गाउँ छोड्न भनियो,” शैलेन्द्रले भन्नुभयो, “अहिले त्यही गाउँमा गएर बस भन्छन् । अहिले त हामीलाई गाउँ गएर बस्न निकै डर लाग्न थाल्यो ।”

    विस्थापितहरुको समस्या समाधान समिति तथा सोही वडाका अध्यक्ष कर्णबहादुर रावलले २०५५ सालदेखि पहिराको जोखिमको समस्या भोग्दै आएको बताउनुभयो । उहाँका अनुसार झ्यारी गाउँका एक सय १४ घरधुरी पहिरोको उच्च जोखिममा हुँदा सुरुमा रारा नजिकैको सल्लेरी र अहिले बाम्नीचौरमा बसालिएको छ । “यस वर्षको पहिराले पु¥याएको क्षतिका विषयमा राष्ट्रिय विपद् जोखिम प्राधिकरणको टोली आएर स्थलगत निरीक्षण गरेको छ,” अध्यक्ष रावलले भन्नुभयो, “तरपनि अहिलेसम्म विस्थापित स्थानीयबासीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कहीँ कतैबाट ठोस् निर्णय आएको छैन ।” जहाँ भए पनि तीनै तहका सरकारको समन्वयबाट सुरक्षित ठाउँको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

    अब हिउँ पर्ने समय भएकाले झ्यारी बस्तीमा पुनः जोखिम निम्तिने खतरा कायमै रहेकाले नागरिक आफ्नो बस्तीमा जान नसकेको उहाँको भनाइ छ । सम्बन्धित सरोकारवालाले भने त्यहाँका स्थानीयवासीलाई पालमुनिको बास छोडेर गाउँमा जान आग्रह गर्दै आएको जनाइएको छ ।छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुबहादुर भामले पहिराले १० घरमा क्षति पुगेको तर बाँकी स्थानीयवासी डरले विस्थापित भएको बताउनुभयो । “पहिराका कारण झ्यारी गाउँका स्थानीयवासीमा मनोवैज्ञानिक डर बढेको छ,” उहाँले भन्नुभयो, “यसले गर्दा सबै घरधुरी पाल हालेर बसेकाले स्थानीय सरकार, जिल्ला प्रशासन, रेडक्रसलगायतका सहयोगी संस्थाले खाद्यान्न, पाल, लत्ताकपडा जस्ता आवश्यक सामग्री उपलब्ध गराएका छन् ।”

    पहिरो बढेर गएछि ठूलो क्षति हुने कुरामा सचेत भएको बताउँदै नगर प्रमुख भामले नगरपालिका १४ वडाको भूभाग नै उस्तै रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद् सम्पर्क व्यक्तिसहित सबै वडामा इञ्जिनीयहरुलाई फिल्ड सर्भे गर्न लगाउँदैछौँ । यकिन विवरण आएपछि वडासँगको सहकार्यमा छिट्टै काम थाल्छौँ ।” उहाँका अनुसार नगरपालिका–११ मा गएको पहिराले साल्मा गाउँमा आठ जनाको मृत्यु भएको थियो । क्षति भएका घरको निर्माणका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले रु पाँच लाख उपलब्ध गराउन सबै विवरण मागेकाले प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो । पहिरो पीडित कमल रावलले रारा तालले यहाँ आउने मान्छेहरुले शान्ति, आनन्द र सुखको अनुभूति गराउँदा आफूहरुलाई दुःखले घेरेको दुखेसो पोख्नुभयो ।

    “रारा ताल शान र सुन्दरता दिएर अवस्थित छ तर हामी कष्टकर चिसो रात काटिरहेका छाँैं,” उहाँले भन्नुभयो, “त्यसको सुन्दरता हाम्रा निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै भएको छ ।”जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पीडितको पुनर्वासका लागि प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितहरुको घर निर्माणका लागि रु पाँच लाख दिँदैछ । पीडितको जग्गा नभएको खण्डमा किन्नका लागि रु तीन लाख दिने बताएको छ । घर मर्मतका लागि भने रु ५० हजार उपलब्ध गराउने भएको प्रमुख जिल्ला अधिकारी महतले जनाउनुभयो । बाम्नीचौरको जङ्गलमा बसेका झ्यारी गाउँवासी घर नफर्कने कुरा गर्छन् । जिल्ला बाहिर वा भित्र जहाँ भए पनि सबै सरकार लागेर सुरक्षित ठाउँमा व्यवस्थापन गरिदिनुपर्ने उनीहरुको माग छ । यद्यपि स्थानीय प्रशासनका अनुसार उनीहरु तत्काल गाउँ फर्किनुको विकल्प छैन ।

    रारा राष्ट्रिय निकुञ्जका वार्डेन विश्वबाबु श्रेष्ठले गत असोजको अबिरल वर्षाका कारण झ्यारी गाउँ नै खतरामा पुगेपछि त्यहाँका स्थानीयवासीको आपत्कालीन उद्धार गरिएको बताउनुभयो । स्थानीयको गाउँ नै पहिरोले खस्ने अवस्था देखिएपछि उहाँहरुलाई केही दिनका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रमा राखिएको थियो । “आपतकालीन उद्धार गरिएका त्यहाँका स्थानीयवासीलाई हामीले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि हामीले अस्थायी व्यवस्थापन गरेका हौंँ,” वार्डेन श्रेष्ठले भन्नुभयो, “पीडित बसेको ठाउँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएको र कानुनले बस्न नमिल्ने हुँदा हामीले उहाँहरुलाई जतिसक्दो छिटो छोड्न सम्झाइबुझाइ गरेका छौँ ।”नेपाली सेना, प्रहरी, स्थानीय प्रशासन तथा सरकार गाउँमा पुगेर घरभित्रबाटै त्यतिबेला मानवीय हिसाबले उद्धार गरी अस्थायीकालीन् व्यवस्थापन गरेको कुरालाई राम्रोसँग बुझ्नुपर्ने उहाँको भनाइ छ । वार्डेन श्रेष्ठका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन ऐनले मध्यवर्ती क्षेत्रको आसपासमा बसोबास गर्न, स्रोतको उपयोग तथा स्वरुप नष्ट गर्न नपाइने भएकोले स्थानीयवासीले उक्त ठाउँ छोड्नैपर्दछ ।

    देशको कार्यकारी प्रमुखदेखि विभिन्न निकायका उच्च अधिकारीले रारा तालको भ्रमण गरिसकेका छन् । राराको सम्पन्नतालाई दृश्यावलोकन गर्ने सबैले यहाँसम्म आइपुग्ने मार्गको विकास हुनुपर्ने सोच व्यक्त गर्दछन् । यद्यपि सुन्दर तालको छेउमा कठोर जीवन बिताइरहेका पीडित एवं विपन्नको पीडाप्रति कसैले मानवीयता देखाएको पाइँदैन । ढिलै भए पनि तीनै तहका सरकार र सम्वद्ध सरोकारवालाले बेलैमा उनीहरुको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.