• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्


  •   बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
  • बझाङ  २८ पुस 

    Advertisement

    बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय ।

    बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो । स्थापना कालमा कखरा सिक्ने १० जनामध्ये दुई जनाले मात्रै एसएलसी पास गरे । बाँकी तीन, चार, पाँच कक्षा हुँदै छात्रा बिहेवारीतिर लागे भने छात्र मजदुरीका लागि भारततर्फ गए । परिवारको आर्थिक स्थिति कमजोरकै कारण उनीहरूले विदेशिनुपरेको थियो । घरमै बसेर जसोतसो गर्दै पढेका दुई जना छन् वीरबहादुर सार्की र उनकै सहपाठी मोती सार्की ।

    बाँठपालाका पहिलो विद्यार्थी सार्कीद्वय अहिले सरकारी सेवामा आबद्ध छन् । वीरबहादुर तलकोट गाउँपालिकाका कृषि प्राविधिकको रूपमा कार्यरत छन् भने मोती प्रावि तहमा स्थायी शिक्षक भएर ताप्लेजुङमा पढाइरहेका छन् । विद्यालयमा सुरूआती शिक्षकलाई तलबस्वरूप घरायसी अन्न दिइन्थ्यो । संस्थापक शिक्षक भिकुले सार्की थिए । पाँच कक्षासम्म अध्ययन गरेका भिकुलेकै कारण विद्यालय स्थापना भएको थियो ।

    पहिलो वर्ष १० जनालाई अध्ययन गराउनुभएका भिकुलेले तीन वर्ष लगातार पढाए । पछि गाउँमा केही विवाद आएपछि विद्यालय नै दुई वर्ष सञ्चालन भएन । त्यस बखत दुर्गा भवानी मावि खौला पढ्न पढाएका बालबालिका निकै हेपिन÷कुटिन थालेपछि भिकुलेकै नेतृत्वमा बाँठपाला फेरि सञ्चालनमा आयो ।

    बीस वर्षसम्म तीन कक्षासम्मै चलेको विद्यालय २०६४ सालपछि दुई कक्षा थपिएर पाँच कक्षासम्म भयो । साठी वर्ष पुग्नै लागेका भिकुले दुर्गा भवानीमै अध्ययन गरेका हुन् । दलित समुदायको शून्य उपस्थिति हुने उक्त विद्यालयमा भिकुले गएसँगै गाउँबाट अन्य विद्यार्थी पढ्न गएका थिए । बाल्यकालमा पढ्न अब्बल उनी शिक्षकको प्रिय बन्दै गए । बाहिरबाट आएका शिक्षकबाट पढाइको महत्व बुझेका उनले २०४४ सालमा गाउँमै विद्यालय स्थापना गरे र एसएलसी पास गरेर उनी सोही विद्यालयको एकल शिक्षक बने। बाँठपाला विद्यालयमा २०६४ सालदेखि कक्षा पाँचसम्मको पढाइ हुन थालेको हो । स्थापना कालदेखि २६ वर्षसम्म दलित समुदायका कोही पनि विद्यालय भर्ना भएनन् । विसं २०७० यता मात्र दलित समुदायका बालबालिका विद्यालय जान थालेका हुन् ।

    पाँच कक्षाको पठनपाठन हुन थालेपछि विद्यालयले कार्यालय सहयोगी राख्यो । अहिलेका प्रधानाध्यापक बोटी कामी पनि २०६२ सालदेखि सो विद्यालयमा शिक्षक भएका छन् । उनी २०७० सालदेखि प्रधानाध्यापक रहेका छन्। भिकुलेपछि भुवन सार्की, अम्बे सार्की र अहिले बोटी प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन् । विकको सक्रियतापछि विद्यालयले मुहार फेरेको हो ।

    विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन
    दलित समुदायको थरलाई जोडेर अहिले पनि फलानो टोल भन्ने चलन मेटिएको छैन । हरेक ठाउँका गैरदलित समुदायले दलित समुदायलाई चिनाउनका लागि अपहेलित नाम राखेको पुस्तौँ बितिसकेको छ । त्यसैमध्येका दुई गाउँ हुन् भक्तपुर र ललितपुर ।

    गैरदलित समुदायले सहनै नसक्ने गरी विभेद गर्न थालेपछि गाउँको नामै फेर्नुपरेको स्थानीय गोरख कामी बताउछन् । उनका अनुसार भक्तपुरका स्थानीय अगुवाले भुलवाडा (टोल)लाई ‘भक्तपुर’ र लुहारवाडाको नाम ‘ललितपुर’ राखे । नजिकै सार्की समुदायको टोल सार्कीवाडा पनि भक्तपुरमै गाभियो । “बाटोमा हिँड्दादेखि सबैले अनेक तरिकाले हेला गर्न थालेपछि सात÷आठ वर्षअगाडि नै बस्तीको नाम फेरेका हौँ”, उनले भने ।

    यता विद्यालयले भने विभेद मुक्तिका लागि निकै फड्को मारेको छ । प्रअ कामीले भने, “हाम्रो विद्यालयमा आइसकेपछि विभेद भन्ने न शिक्षकलाई थाहा छ, न विद्यार्थीलाई । यहाँ पढ्ने सबै बालबालिका, कार्यालय सहयोगी, शिक्षक सबै सँगै बसेर खान्छौँ । तर, समुदायमा भने यो शिक्षा सबैको कानकानमा फुक्नुपर्ने अझै देखिन्छ ।”

    दुर्गा भवानी माविमा २०४३ सालमा प्रधानाध्यापकको जिम्मेवारीमा आएका थिए, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुनबहादुर थापा । उनी त्यस विद्यालयमा आउँदा दलित समुदायको उपस्थिति शून्यजस्तै थियो । “नजिकैको गाउँ धेरै ठूलो तर, विद्यार्थी छँदै थिएनन्”, थापाले भने, “त्यस गाउँमा धेरै पटक धायौँ । सामुदायिक विद्यालयमा सबैले पढ्नुपर्छ । घर नजिकको स्कुल, मौकाको फाइदा उठाउनुस् भन्ने अभियान नै चलायौँ । त्यसपछि विद्यार्थी आउन थाले ।”

    पालिकाकै नमूना विद्यालय
    अहिले बाँठपाला पाँच कक्षासम्म सञ्चालन भइरहेको छ । सानो ठाउँमा स्थापना भएको विद्यालयमा खुला चौरको भने अभाव छ । पालिका, सङ्घसंस्था, स्थानीयको प्रत्यक्ष सहयोग भइरहेको हुँदा शैक्षिक गुणस्तर बढ्दै गएको छ । शिक्षक भरतबहादुर सार्कीले भने, “पालिकाभरि हाजिरीजवाफलगायतका कार्यक्रममा सहभागी भएर हरेक पटक राम्रो नतिजा ल्याउँदै आएको छ ।”

    विद्यालयमा सबै निकायले मिहेनत गरे पनि शिक्षकको भने अभाव छ । “बाल कक्षादेखि पाँचसम्म छ पिरियड हुन्छन् । पाँच शिक्षकले सबै पिरियड मुस्किलले पढाउनुपरेको छ ।” उनले भने । विद्यालयको भौतिक संरचनाका लागि पनि प्रदेश र स्थानीय तहको सहयोगमा भवन निर्माण गरिएको हो । “विद्यालयको घेरबार प्रदेश सरकारबाट परेको थियो”, प्रधानाध्यापक बोटीले भने, “घेरबारको कार्यक्रम रु १५ लाख आउने भनेकामा रु पाँच लाख मात्रै आएको हुँदा विद्यालय घाटामा गएको हो ।” भौतिक संरचनाभन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर कसरी अझै माथि उठाउन सक्छौँ भन्ने सल्लाह गरिरहेको उनले बताए।

     

    बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.