• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

उपप्रधानमन्त्री श्रेष्ठद्वारा उपत्यकाका सडक निरीक्षण


  •   शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
  • काठमाडौँ २९ पुस
    उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने बताउनुभएको छ ।

    Advertisement

    काठमाडौँ उपत्यकाका विभिन्न सडकको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले खानेपानीको पाइप बनाउनुपर्ने, ढल निर्माण गर्नुपर्ने वा अहिले जमिनमुनि तार बिच्छाइरहेका ठाउँमा ती काम सकिएपछि मात्रै सडक राम्रो अवस्थाको बन्नसक्ने देखिएको बताउनुभयो ।

    निरीक्षणका क्रममा सडकको अवस्था सन्तोषजनक नभएको र आमनागरिकले समस्या भोग्नुपरेको देखिएको उहाँले बताउनुभयो । अहिले सडक धुलाम्मे अवस्थाका कारण सवारी चालक, पैदलयात्रु र सडक नजिक व्यवसाय गरिरहेका सबलाई असर गरेको उहाँ भनाइ थियो ।

    कतिपय राज्यले गर्नेपर्ने कामका कारण पनि भएका र कतिपय तदारुकताका साथ सम्पन्न नगरेका कारणले यो अवस्था आएको उपप्रधानमन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो । । नेपाल विद्युत् प्राधिकरणले सबै तार अण्डरग्राउण्डको नीति लिएकाले पनि सडक खन्ने काम भइरहेको, मेलम्ची पानी वितरणलाई पुरानो पाइपबाट गरिरहेको र त्यसले गर्दा एक सय वर्षभन्दा पुरानो पाइपमा समस्या देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ढललगायत कतिपय तत्काल टार्न नसकिने समस्या रहेको छ ।”

    उपत्यकाका सडक भौतिक पूर्वाधार मन्त्रालय मात्र नभएर महानगरपालिका, उपत्यका नगर विकास प्राधिकरण लगायतका निकायले पनि निर्माण गरिरहेकोमा मन्त्रालयले सबैसँग समन्वय गरेर सडक चुस्त बनाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैसँग समन्वय गरेर समस्या समाधान गर्दै पैदलयात्रु मार्ग ठीक बनाउने, सहरका जोखिम कम गर्ने र सहरको सुन्दरता सही ढङ्गले अघि बढाउने योजना बनाइएको छ ।”

    मन्त्रालयमा बुधबार सरोकारवालासँग छलफल गरिएको र दुई सातामा सडकमा संरचना रहेका निकायका प्रमुखसँग बसेर समाधन गरिने उपप्रधानमन्त्री श्रेठले बताउनुभयो । आफूले सकारात्मक हस्तक्षेप गर्दै सुधारमा लाग्ने उहाँले बताउनुभयो । तत्काल केही समय लाग्ने हुँदा धैर्य गर्न अनुरोध गर्दै जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने बताउनुभयो ।

    सबैतिरको सडक बनाउन केही समस्या रहेकाले समय लिने भए पनि सबैसँगको समन्वयमा मर्मत गरिने उहाँले बताउनुभयो । जनतालाई अप्ठेरो भएकाले तमासा हेरेर बस्ने अवस्था नभएको उपप्रधानमन्त्री श्रेष्ठको धारणा छ । उहाँले नागरिकले अहिले विकास निर्माणको अनुभूति गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैलाई जिम्मेवारी बोध गराएर सकारात्मक कुरामा हस्तक्षेप गरेर काम गराइनेछ ।”

    उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालगायत नेपाल विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाल टेलिकमलगायतका निकायका पदाधिकारीले सडक निरीक्षण गर्नुभएको छ । उहाँहरुले काठमाडौँको लाजिम्पाट, पानीपोखरी, ललितपुरको नख्खु, भैँसेपाटी, सातदोबाटोलगायतका स्थानमा पुगेर सडक निरीक्षण गर्नुभएको छ ।

    शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.