• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै


  •   मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
  • कर्णाली १० माघ
    सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ । गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ । तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा आज असुरक्षित र दुर्गमजस्तै बनाइएको छ ।

    Advertisement

    त्यही गोठीकाँडा सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ मा आजको प्रदेश अस्पताल स्वास्थ्य केन्द्रका रूपमा स्थापनाको थियो । पछि उक्त स्वास्थ्य केन्द्र विसं २०२४ तिर सुर्खेत उपत्यकामा झ¥यो । विसं २०२९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो । त्यसको ठिक २० वर्षपछि २०४९ सालमा २५ शय्याको अस्पताल बनेर सेवा विस्तार ग¥यो ।

    त्यस्तै विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रुपान्तरण भयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि भने विसं २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालको संरचना बन्यो । प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य संरचना भइसकेपछि प्रदेश सरकारको मुख्य र सङ्घीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहितको दुई सय ९७ शय्यामामा आफ्नो सेवा विस्तार गरेको छ ।

    अहिले यसले आफ्ना विभिन्न सेवा विस्तार गरेको छ । हाल प्रदेश अस्पतालले मेडिसिन, गाइनो, जनरल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक्स, पेडियाट्रिक्स, डर्माटोलोजी, साइकेयाट्रिक, इएनटी, अप्थालमोलोजी, प्याथोलोजी, डेन्टल, रेडियोलोजी, एनेस्थेसिया र इमर्जेन्सी विभागबाट सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्रदेश अस्पतालको सेवाको आकर्षण र स्वास्थ्य बीमाको सुविधा र त्यसको लाभले होला पछिल्लो समयमा बिरामीको चाप बढ्दै गएको छ । गत आव २०७८÷७९ मा ओपिडी सेवा लिनेको सङ्ख्या ४९ हजार चार सय ३० रहेकामा चालु आव २०७९÷८० को छ महिनामा ८४ हजार दुई सय ८८ पुगेको छ ।”

    त्यस्तै गत आवभरि अन्तरङ्ग १० हजार चार सय ४६, इमर्जेन्सी सात हजार दुई सय २६, सिटीस्क्यान एक हजार एक सय सात, एक्सरे १८ हजार सात सय ९८, युएसजी १२ हजार सात सय ३१, जटिल शल्यक्रिया एक हजार नौ सय दुई र डेलिभरी सेवा दुई हजार छ सय ४८ जनाले सेवा लिएका थिए ।

    चालु आवको छ महिनामा ११ हजार आठ सय ९१ अन्तरङ्ग, १० हजार सात सय ८६ इमर्जेन्सी, एक हजार नौ सय ८८ सिटीस्क्यान, २६ हजार छ सय ३४ एक्सरे, २० हजार पाँच सय ६२ युएसजी, एक हजार नौ सय ४८ जटिल शल्यक्रिया र दुई हजार सात सय ७४ जनाले डेलिभरी सेवा लिएको प्रदेश अस्पतालले बताएको छ ।

    मिर्गौला प्रत्यारोपण हुँदै

    कर्णाली प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ । आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलोपटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ । आइतबार आयोजित पत्रकार भेटघाटमार्फत अस्पताल निर्देशक डा खड्काले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो ।

    प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट इजाजत लगिसकेको छ”, उहाँले भन्नुभयो, “दुवै अस्पताल जनशक्तिको संयोजनबाट मिर्गौला प्रत्यारोपण सम्पन्न हुनेछ ।” पछिल्लो समयमा मिर्गौलारोगीको सङ्ख्या बढ्दै आएको निर्देशक डा खड्काले बताउनुभयो । प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र रु सात लाखसम्म सरकार आफँैले व्यहोर्ने उहाँको भनाइ थियो ।

    पत्रकारसँगको भेटघाटका क्रममा फेको पद्धतिबाट आँखाको शल्यक्रिया, सातवटा मोडुलर ओटी सञ्चालन, आइसीयू र पोष्टअपमा समेत डायलासिस सेवा विस्तार गरिएको, अर्थोपेडिक सर्जरी हप्तामा छ र जनरल सर्जरी हप्तामा चारपटक हुने उहाँले बताउनुभयो ।

    कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामीमात्र सिफारिस गरेको बताउँदै उहाँले आगामी चैतबाट एमआरइ मेसिन जडान गरिने निर्देशक डा खड्काले जनाउनुभयो । यसले चालु आव २०७९÷८० भित्रै रु एक अर्ब ५० करोड बराबरको बोलपत्रमार्फत अस्पतालको माथिल्लो तला निर्माण गर्ने तयारी थालेको बताइएको छ ।

    मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.