• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल


  •   मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ १० माघ
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ ।

    Advertisement

    प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उहाँले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताउनुभयो ।

    “राष्ट्रिय सहमति गरौँ, सबैले मिलेर राष्ट्र निर्माण गरौँ, देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा जुटौँ”, उहाँले भन्नुभयो, “नेपालको आकाशबाट निरासाको कालो बादल हटाउन राष्ट्रिय सहमतिको वातावरण बनाऔँ ।”

    आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको जनाउँदै उहाँले देशलाई अप्ठयारो परेको अवस्थमा सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो । “देशमा सुशासनको आवश्यकता छ । अहिले कुशासन व्याप्त छ । हामीले शासनप्रणाली विकेन्द्रित ग¥यौँ, तर भ्रष्टाचार तलसम्म गएको छ”, नेता पौडेलले भन्नुभयो, “एउटा दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्था छ । त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा उभिनु जरुरी छ । सुशासनका लािग एकताका आवश्यकता छ ।”

    मुलुकको विकासका लािग आर्थिक स्रोतका कमी हुँदै गएको जनाउँदै उहाँले अनुदान दिने प्रवृत्ति पनि कम हुँदै जाँदा मुलुकको विकास निर्माण प्रभावित हुन सक्ने खतरा रहेको औल्याउनुभयो । “अर्थतन्त्र धान्न नसक्ने अवस्थातर्फ जाने देखिँदै छ । सामाजिक सुरक्षाको खर्च बढिरहेको छ । यो खर्च कसरी उठाउने ?”, उहाँले भन्नुभयो, “निर्मम शैली अपनाएर खर्च कटौती गर्नु जरुरी छ ।”

    विप्रेषण (रेम्यिान्स)को भरमा मात्र मुलुक चल्न नसक्ने उल्लेख गर्दै उहाँले विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने वावावरण बनाउन आग्रह गर्नुभयो । “रेमिमट्यान्सले कति दिन धान्छ ? रेमिटयान्स आउँछ उत्पादन क्षेत्रमा खर्च भइरहेको छैन । अनुत्पादन क्षेत्रमा खर्च भइरहेको त्यसलाई उत्पादन क्षेत्रमा मोड्ने कसरी ?”, नेता पौडेलले भन्नुभयो, “त्यसका लागि सबै दलहरु एक हुनुपर्ने आवश्यकता छ ।”

    प्राप्त राजनीतिक उपलब्धिलाई चुनौती दिने तत्व अझै जुर्मुराइरहेको जनाउँदै उहाँले संविधान ल्याउन लागेको दलहरु प्राप्त उपलब्धि जोगाउन एक ठाउँमा हुने की नहुने ? भन्ने प्रश्न आमरुपमा उठेको बताउनुभयो । “कांग्रेस र कम्युनिष्ट मिलेर नेपालमा प्रजातन्त्र र लोकतन्त्र आएको हो, अब त्यसलाई रक्षा गर्न कांग्रेस र कम्युनिष्ट एक ठाउँमा हुने की नहुने ?”उहाँले भन्नुभयो ।

    दलहरुको विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको जनाउँदै उहाँले लोकतन्त्रलाई जोगाएर अगाडि लैजान सहमतिको आवश्यकता रहेको बताउनुभयो । “सामाजिक, सांस्कृति मूल्यको स्खलन डरलाग्दो छ । यसबाट मुक्त हुन एक हुने कि नहुने”, उहाँले भन्नुभयो, “निरासाका घन्टीहरु बढिरहेका छन्, नकारात्मक प्रवृत्ति आइरहका छन्, ती असन्तुष्टिलाई सम्बोधन गर्ने दायित्व हाम्रो हो कि होइन ?”

    पछिल्ला समय मुलुकमा राजनीतिक नेतृत्वको अभाव र राष्ट्रिय आत्मविश्वासको अभाव हुँदै गएको महसुस हुन थालेको उहाँको भनाइ छ । “सत्ताको राजनीतिको दबदबा, निष्ठाको राजनीतिक किनारा लाग्दै गएको छ । निष्ठाको राजनीतिलाई जोगराउन एकताको खोजी गर्नुपर्नेछ”, नेता पौडेलले भन्नुभयो, “नेतृत्वले विश्वास गुमाएको अवस्था हो । त्यसलाई महसुस गरौँ ।” सकारात्मक सोच, सहमति ,सहकार्यको सोचबाट मात्रै राष्ट्रिय नेतृत्व प्राप्त हुन सक्ने उहाँको विश्वास छ ।

    विधिको शासन नै लोकतन्त्र भएको जनाउँदै उहाँले विधिको सशासनलाई सबैले मान्नुपर्ने बताउनुभयो । “सभामुखले पूर्वाग्रही विचार राख्नु हुँदैन, यसबाट जोगिएर काम गर्नुहोला । सभामुखले निष्पक्षरुपमा काम गर्दा संसदमा आरोपप्रत्यारोप हुनसक्छ, त्यसतर्फ सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.