१६ माघ काठमाडौँ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको रहेको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै महराले गृहमन्त्रीबारे निर्णयको जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताए।
प्रवक्तासमेत रहेका महराले भने,‘ आजको बैठकमा गृहमन्त्रीबारे कुरै भएन प्रवेश नै भएन। यो बारे प्रधानमन्त्री आफैंले निर्णय गर्नुहुन्छ, यो सरकारको विषय हो। स्थायी समितिमा कुरा होला।’
पार्टीको आज बसेको पदाधिकारी बैठकमा अधिकांसले गृहमन्त्री आफ्नै पार्टीका हुनुपर्नेमा बताएका थिए। सर्वोच्च अदालतले नेपाली नागरिक नरहेको ठहर गरेपछि रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
पुनः जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता प्राप्त गरेपछि लामिछाने पार्टी सभापतिमा नियुक्त भइसकेका छन्। गृहमन्त्रीमा आफ्नो पार्टीको दावी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ।
यसले गर्दापनि लामिछाने गृहमन्त्री हुने लाइनमा छन्। तर, माओवादी केन्द्रले लामिछानेलाई गृह मन्त्री बनाउन आनाकानी गरेको छ।




