काठमाडौँ २५ फागुन
काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ ।आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।साढे सात बजे उड्नु पर्ने बिमान ९ बजेर ३८ मिनेटमा भैरहवा उडेको थियो।
उडेको २० मिनेटमा एउटा इन्जिन फेल भएको थियो। इन्जिन फेल भएको जानकारी चालक दलले यात्रुहरुलाई समेत गराएका थिए।
यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको बताएका छन् ।




