• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल


  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ १० चैत 
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताउनुभएको छ ।

    Advertisement

    विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको भन्दै त्यस अभियानलाई सरकारले आवश्यकपर्ने स्रोत र साधन व्यवस्थापन गर्ने बताउनुभयो ।

    “नेपाललाई क्षयरोगमुक्त अभियानका लाग आवश्यक नीति, रणनीति तथा योजना बनाई स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहबाट आर्थिक वर्ष २०७८/७९ बाट कार्यान्वयन आइसकेको छ”, उहाँको शुभकामना सन्देशमा भनिएको छ, “यस अभियानलाई आगामी वर्ष सय स्थानीय तह र चार वर्षभित्रमा सात सय ५३ वटै स्थानीय तहमा विस्तार गरिनेछ ।”

    उहाँले क्षयरोग अन्त्यका लागि गरिएको प्रतिबद्धता पनि पूरा गर्ने सरकार कटिबद्ध रहेको बताउनुभएको छ । “क्षयरोग निवारण कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गरी क्षयरोगमुक्त नेपालको निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवद्र्धन गरी क्षयरोगविरुद्धको अभियानलाई दु्रतगतिमा अघि बढाइनेछ”, उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।

    उहाँले क्षयरोगमुक्त नेपाल बनाउने अभियानमा साथ दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, दातृ निकाय र अन्य सरोकारवालाको सहयोग गर्न अपिल गर्नुभएको छ ।

    आज नेपाल नेपालसहित विश्वभरि विश्व क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको छ । नेपालमा हरेक वर्ष नयाँ तथा पुरानो गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी हुने गर्दछन् ।

    यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागार्इंले क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्यासमेत रहेकाले यसको समाधानका लागि विश्वस्वास्थ्य सङ्गठनले सिफारिस गरेको बहुक्षेत्रीय सहकार्यको अवधारणाको मर्मअनुसार नीति तथा रणनीतिको निर्माण र कार्यान्वयन गरिने बताउनुभयो ।

    उहाँले क्षयरोगको पहिचान, निदान र उपचारका क्षेत्रमा देखिने गरेका सबै प्रकारका चुनौती र समस्याको सामाना गर्न मन्त्रालयले क्षयरोग निवारणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना र रणनीतिको निर्माण गरी कार्यान्वयन गरिरहेको बताउनुभयो ।

    यस्तै मन्त्रालयका स्वास्थ्य सचिव डा रोशन पोखरेलले क्षयरोगका धेरै बिरामी उपचारको दायरामा ल्याउन नसकेको भन्दै स्थानीय तहकै स्वामित्व र नेतृत्वमा एकद्वार प्रणालीमार्फत क्षयरोगमुक्त अभियान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

    उहाँले क्षयरोग कार्यक्रमलाई थप प्रभावकारी बनाई रोग निवारण गर्ने उद्देश्यले गुणस्तरीय क्षयरोग सेवामा वृद्धि गर्न तथा बिरामी र तिनका परिवार एवं समुदायलाई सशक्तीकरण गर्न राष्ट्रिय क्षयरोग कार्यक्रमले जोड दिएको बताउनुभयो ।

    शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.