काठमाडौँ २० चैत
उपराष्ट्रपति रामसहायप्रसाद यादवले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव सोमवार बिहान अस्पताल पुगेका हुन् ।उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पेट दुख्ने समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ ।
अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।




