चितवन २० चैत
कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका छन् ।
गएको स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका आधिकारीक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएका पौडेलले उपनिर्वाचनमा चितवन–२ का उम्मेदवार रविलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
यहाँ कांग्रेसले पूर्वसभापनि जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । आइतबार मात्र बागी उम्मेदवारमाथि गरिएको कारवाही कांग्रेसले फिर्ता लिएको थियो ।परिर्वतनको पक्षमा उभिएका स्वतन्त्र पार्टीलाई समर्थन गर्दा देशले निकास पाउने भएकाले आफ्नो समर्थन रविलाई रहेको जिकिर गरे ।




