चितवन २० चैत
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।
गएको ४ मंसिरमा लामिछाने यहाँबाट निर्वाचित भएका थिए । तर नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो ।




