काठमाडौँ २६ चैत
बलात्कार आरोपी क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । सुनुवाइ १० वटा निवेदन र दुई मुद्दा पछि तोकिएको हाे ।
निरन्तर पेसीमा रहेपनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। चैत २२ गते सुनुवाइ हेर्न नभ्याइने हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो ।
यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो।




