• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

चितवन, बारा र तनहुँमा उपनिर्वाचनकाे तयारी तीव्र


  •   आइतबार, चैत २६, २०७९ मा प्रकाशित
  • काठमाडौँ २६ चैत

    Advertisement

    आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।

    मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ । साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवारी परेको छ ।

    बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा त्यसबेला खसेकोमध्ये ६३ हजार सात सय ४२ सदर मतमा साहले १३ हजार आठ सय २२ मत प्राप्त गरी विजय हासिल गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ३८ र स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत प्राप्त गर्नुभएको थियो । समानुपातिकतर्फ जसपाले १३ हजार दुई सय ४२, नेपाली कांग्रेसले ११ हजार एक सय ७९ र नेकपा (एमाले)ले नौ हजार एक सय ९३ मत प्राप्त गरेका थिए ।

    यस क्षेत्रमा उपनिर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल र सत्ता गठबन्धनमै रहेको जनमत पार्टीबाट शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार हुनुहुन्छ । कुशवाह हालै माओवादी केन्द्रबाट जनमत पार्टीमा प्रवेश गर्नुभएको हो ।

    मङ्सिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको आदेशबाट पदविहीन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा खसेकोमध्ये ८० हजार सात सय ५३ मत सदर भएकामा सभापति लामिछानेले ४९ हजार तीन सय मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ र नेकपा (एमाले)का कृष्णभक्त श्रेष्ठले १४ हजार छ सय ५२ मत प्राप्त गर्नुभएको थियो ।

    यस क्षेत्रबाट समानुपातिकमा रास्वपाले ३५ हजार नौ सय ४५, एमालेले १६ हजार सात सय ८४ र नेपाली कांग्रेसले १२ हजार एक सय ३२ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा उपनिर्वाचनका लागि चार सय ७० थप भई एक लाख २४ हजार छ सय ९५ मतदाता कायम भएका छन् । उपनिर्वाचनका लागि रास्वपाबाट पुनः लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानलगायतको उम्मेदवारी परेको छ ।

    तनहुँ क्षेत्र नं १ मा मङ्सिर ४ गतेको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा खसकेकोमध्ये ६२ हजार छ सय ९५ सदर मतमध्ये पौडेलले २५ हजार तीन सय ६१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेकपा (एमाले)का एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ८६ मत प्राप्त गर्नुभएको थियो । समानुपातिकतर्फ कांग्रेसले २० हजार एक सय ५८, एमालेले १६ हजार छ सय ८३ र रास्वपाले १२ हजार सात सय ७३ मत प्राप्त गरेका थिए ।

    तनहुँ १ मा उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्लेलगायत उम्मेदवार हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा मङ्सिर ४ गते यता एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वीकृत मतदाता नामावली बमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख हजार ५२ हजार ४६ महिला, ९१ लाख ४९ हजार तीन सय ३५ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ८० लाख एक हजार पाँच सय ६६ मतदाता कायम छन् ।

    गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता सङ्ख्या वृद्धि भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि एक सय ९४ मतदानस्थल र चार सय २७ मतदानकेन्द्र कायम भएको छ । सो अनुसार गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदान केन्द्र थप भएको छ । आयोगले उपनिर्वाचनका लागि यही चैत २४ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ भने उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने हद निर्धारण गरिसकेको छ ।

    आइतबार, चैत २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.