चितवन ३ बैशाख
कोरोना संक्रमणका कारण चितवनमा ८ महिनापछि एक जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय (चितवन) की जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार कोरोना संक्रमणका कारण २०७९ साउनपछि अहिले मानिसको मृत्यु भएको हो।
कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।ती पुरुषलाई निमोनियाँ भएको थियो भने मिर्गाैलासम्बन्धी समस्या पनि थियो। योसहित चितवनमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको संख्या ४५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।




