काठमाडौं३ वैशाख
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाले आइतबार पराराष्ट्रमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
फागुन १५ गते नेकपा एमालेले सरकार छाडेपछि परराष्ट्र मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन थियो । साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री पनि हुनुहुन्छ ।




