• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

काभ्रेमा विपद् : नौ महिनामा ५९ जनाको मृत्यु


  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
  • काभ्रेपलाञ्चोक १४ वैशाख
    चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ ।

    Advertisement

    जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८÷२०७९ मा चार सय ४३ विपद्मा परेकामध्ये ५६ को मृत्यु, तीन सय ५० घाइते तथा २८ को उद्धार गरिएको जिल्लास्थित कालीजङ्ग गणका गणपति प्रकाशबहादुर सिंहले जानकारी गराउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा चालु आवमा मनसुन बाँकी रहेकाले विपद्बाट जिल्लामा अझै थप नागरिक पीडित बन्ने प्रक्षेपण गरिएको छ ।

    चालु वर्षको नौ महिनामा पहिरोबाट तीन, आगलागीबाट २५, चट्याङमा परेका चार, हावाहुरीमा परेका एक र करेन्ट लागेका एकको उद्धार गरिएको छ । यस्तै नौ महिनामा पहिरोबाट चार, आगलागीबाट दुई, बाढीबाट दुई, हावाहुरीबाट तीन र करेन्ट लागेर तीन तथा सडक दुर्घटनामा ४६ को मृत्यु भएको हो ।

    बर्सेनि विपद्का घटना बढ्दा थप नागरिक पीडित बन्ने भएपछि समितिले चालु वर्षमा मनसुन सक्रिय हुन अझै बाँकी रहेकाले थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा वैशाख तेस्रोसाता विपद् प्रतिकार्य संयुक्त अभ्यास आयोजना गरेको छ । उक्त विपद् प्रतिकार्य संयुक्त अभ्यासलाई गणले ‘मनसुन–३’ नामकरण गरेको छ ।

    संयुक्त अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार गरिने छ । नेपाली सेनाका पृतनापति, बाहिनीपति, सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, जिल्लास्थित एनसिसी तालिम प्राप्त विद्यार्थी, स्थानीय युवा, भूतपूर्व सैनिक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

    यस्तै बैठकले सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलको संयोजकत्वमा जिल्लास्थित १३ स्थानीय तहको प्रतिनिधित्व हुने गरी विपद् व्यवस्थापनका लागि सूचना तथा अन्य सहकार्यका लागि समितिसमेत गठन गरिएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकले मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनुपर्ने पूर्वतयारीमा सरोकारवाला निकाय सक्रिय हुने निर्णय गरेको छ । पौडेलले सबै स्थानीय तह, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल तथा सञ्चारकर्मी, सङ्घ संस्था तथा युवाको समेत विपद् न्यूनीकरणमा सक्रियता हुने गरी योजना निर्माण तथा आवश्यक तयारी गरिएको बताउनुभयो ।

    आफ्नो क्षेत्रको भौगोलिक बनावट र प्रत्येक वर्ष मनसुनको समयमा उत्पन्न हुने बाढी, पहिरो तथा डुबानको दौरान प्रभावित सर्वसाधारण नागरिकलाई विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने सबै तहका निकायले समन्वयात्मक रुपमा विपद्को तयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी ढङ्गले परिचालन हुने कार्यलाई निरन्तरता दिइने भएको हो ।

    साथै, समितिले सरोकारवाला निकायको जिम्मेवारी अनुसारको समन्वय बैठक सञ्चालन गर्ने, जिल्ला, स्थानीय तहको सम्पर्क व्यक्ति र जिम्मेवारी अद्यावधिक गर्ने, तालिम सञ्चालन गर्ने, विवरण सङ्कलन गर्नेलगायतका योजना निर्माण गरी कार्यान्वयन सुरु गरेको जनाएको छ ।

    बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विपद्का क्षेत्रमा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने आवश्यक दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.