• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

पुरुषको लागि पनि गर्भनिरोधक औषधी


  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
  • काठमाडौँ २८ वैशाख

    Advertisement

    अहिलेसम्म अनिच्छुक गर्भ रोक्ने दबाब महिलामा नै छ । यस उद्देश्यका लागि स्थायी बन्ध्याकरण पछि महिलाहरू गर्भ निरोधक चक्कीमा सबैभन्दा बढी निर्भर छन् । अमेरिकी मेडिकल एजेन्सी ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ को हालैको अनुसन्धान अनुसार अब पुरुषका लागि गर्भ निरोधक औषधि बनेको छ । यो औषधि सेवन गरेपछि यौन सम्पर्क गरेपछि पनि महिला गर्भवती हुँदैनन् ।

    यी चक्कीहरू कहिले बजारमा आउँछन्, कसरी काम गर्नेछन् र यसको कुनै साइड इफेक्ट होला ? आज यी प्रश्नको जवाफ खोजौँ ।

    भारतको म्याक्स अस्पतालका निर्देशक, युरोलोजी डाक्टर शैलेष सहाय र डाक्टर स्त्रीरोग विशेषज्ञ रोमिका कपुरले यसबारे एक भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेका छन् ।

    प्रश्न : गर्भ निरोधक चक्की के हुन् ?

    उत्तर : गर्भ रोक्न प्रयोग गरिने विधिलाई गर्भ निरोधक भनिन्छ । यसका लागि प्रयोग गरिने औषधिलाई गर्भ निरोधक चक्की भनिन्छ ।

    गर्भ रोक्नका लागि धेरैजसो चार तरिका प्रयोग हुने गर्छन्

    ब्यारियर कन्ट्रासेप्टिभ मेथड

    यसमा गर्भ रोक्नका लागि महिला वा पुरुष कन्डम प्रयोग गर्ने गरिन्छ ।

    मेडिसिनल कन्ट्रासेप्सन

    यसलाई हर्मोनल कन्ट्रासेप्सन पनि भनिन्छ । यसमा कन्ट्रासेप्टिभ पिल्स प्रयोग हुन्छ ।

    इन्ट्रायुटरिन कन्ट्रासेप्टिव डिभाइस

    यसमा पाठेघर भित्र केही उपकरण प्रयोग गरिन्छ ।

    सर्जिकल कन्ट्रासेप्सन

    यसमा शल्यक्रियामार्फत स्थायी बन्ध्याकरण गरिन्छ ।

    प्रश्न : पुरुषका लागि गर्भ निरोधक चक्की बजारमा कहिले उपलब्ध हुन्छ ?

    उत्तर : अनुसन्धान अहिले सफल भएको छ । तपाईँले भन्न सक्नुहुन्छ कि यो अनुसन्धानको पहिलो चरण हो । त्यसैले यो विश्व बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन । यो पहिले अमेरिकी बजारमा उपलब्ध हुन्छ वा सबै देशमा एकैसाथ लन्च गर्ने भन्ने पनि अहिले नै भन्न सकिने अवस्था छैन ।

    प्रश्न : के यी चक्कीहरू महिला गर्भ निरोधक चक्कीहरू भन्दा फरक छन् ?

    उत्तर : महिलाहरूले सेवन गर्ने चक्कीहरूले उनीहरूको हर्मोनलाई असर गर्छ । अमेरिकामा गरिएको यस अनुसन्धानमा पुरुषको गर्भ निरोधक चक्कीले त्यस्तो कुनै असर नपर्ने दाबी गरिएको छ । यसलाई नन हार्मोनल कन्ट्रासेप्टिभ पिल्स नाम दिइएको छ । अर्थात्, यसको प्रयोगले पुरुषको टेस्टोस्टेरोन कम हुने तर नष्ट हुने छैन ।

    प्रश्न : यदि यी चक्कीहरू बजारमा आए भने, तिनीहरूले कसरी काम गर्नेछन् ?

    उत्तर : यी चक्की खाएपछि पुरुषको शुक्रकीटलाई महिलाको अण्डातर्फ जानबाट रोक्न सकिन्छ । वा यसरी बुझ्नुहोस् कि त्यो अवस्थालाई परिपक्व हुनबाट रोक्न सकिन्छ, जसले गर्दा अण्डा निषेचित हुन्छ र भ्रूणको रूप लिन्छ ।

    अनुसन्धानमा यस्तो दाबी गरिएको छ

    गर्भावस्थामा शुक्रकीटको भूमिका यो हो कि, यो तैरिएर फिमेल रिप्रोडक्टिभ ट्र्याक (महिला प्रजनन पथ) सम्म पुग्छ । यस कार्यलाई सफल बनाउन एडिनाइल साइक्लेज (एसएसी) नामक इन्जाइमको मुख्य भूमिका हुन्छ । यी चक्की खाएपछि यो इन्जाइम अवरुद्ध हुन्छ ।

    प्रश्न : पुरुष गर्भ निरोधक चक्की किन चाहियो ?

    उत्तर : अनुसन्धानकर्ता तामार जेकबसन भन्छन् –

    – यी चक्कीहरू कन्डम र भ्यासेक्टोमी भन्दा पुरुष गर्भनिरोधका लागि उत्तम विकल्प हुन् ।

    – यिनीहरूको प्रयोगले पुरुष र महिला दुवैका लागि परिवार नियोजनका विकल्पहरू बढाउनेछ र अनावश्यक गर्भावस्था रोक्न मद्दत गर्नेछ ।

    – पुरुषहरू अहिलेसम्म परिवार नियोजनमा सक्रिय थिएनन्, उनीहरू यो विकल्प पछि थप सक्रिय हुन सक्छन् ।

    प्रश्न : चक्की खानुको सही समय के हो ?

    उत्तर : यो चक्की यौन सम्पर्क गर्नुभन्दा केही समय अगाडि खानुपर्छ । पुरुषको शरीरमा एउटा प्रोटिन हुन्छ जसले शुक्रकीटलाई चलायमान राख्छ । यो चक्कीले केही समयको लागि त्यो प्रोटिनलाई नष्ट गरिदिन्छ, जसका कारण शुक्रकीट चल्न सक्दैन । यसले फर्टिलाइजेसन हुँदैन ।

    पुरुषको गर्भ निरोधकमा यसअघि नै भइसकेको छ अनुसन्धान

    – एउटा कम्पनीले वासिङ्टन विश्वविद्यालयमा ह्युमन ट्रायल गरेको छ । यसको प्रिन्सिपल अहिलेको चक्कीको प्रिन्सिपल भन्दा फरक छ । एउटा यस्तो पोलिमर मटरियल बनाइएको छ जसलाई पुरुषको शुक्राणु ट्रान्सफर गर्ने नलीमा इन्जेक्ट गरिन्छ । त्यसपछि यो नलीमार्फत शुक्रकीट पुरुषको यौनाङ्गसम्म पुग्दैन । यसले कुनै हर्मोनल परिवर्तन हुँदैन ।

    – अनुसन्धानकर्ताहरूले एउटा जेल पनि बनाएका थिए । जसलाई काँध, कम्मर र पिठ्यूँमा रगड्न सकिन्छ । यो जेल प्रोजेस्टेरोनबाट बनेको हुन्छ । यसले मुड बिगार्ने र डिप्रेसनमा समस्या निम्त्याएको थियो किनभने प्रोजेस्टेरोन महिला हर्मोन हो, त्यसैले समस्या त हुने नै थियो । जेल अहिले पनि छ तर प्रयोग भने गरिँदैन ।

    – यसबाहेक, वैज्ञानिकहरूले यो बुझिरहेका छन् कि पुरुषहरू हर्मोनमा कुनै परिवर्तन चाहँदैनन् । यसैले अन्वेषकहरूले नन सर्जिकल भ्यासेक्टोमी गर्न सक्ने विधि बनाउन काम गरिरहेका छन् । यसले शुक्राणुको प्रवाहलाई रोक्न सक्छ ।

    – ११बेटा एमएनटिडिसी नामक चक्की बनाइएको थियो । यसले शुक्राणु उत्पादनको मात्रा घटाउँछ । यसमा पनि केही समस्याहरू थिए । त्यसै गरी, शुक्राणुको चलायमानलाई रोक्नको लागि एसएसी पनि बनाइएको थियो ।

    प्रश्न : यो चक्की आपातकालीन हो वा सामान्य ?

    उत्तर : होइन, यो आपातकालीन चक्की होइन ।

    प्रश्न : के यसले महिलाहरूका लागि गर्भ निरोधक चक्की जस्तै साइड इफेक्ट पनि गर्छ ?

    उत्तर : अहँ, यसको कुनै साइड इफेक्ट हुनेछैन । यो हर्मोन आधारित चक्की नभएको कारण यस्तो भनिएको हो ।

    प्रश्न : यी चक्कीहरूको प्रभाव कहिलेसम्म रहन्छ ?

    उत्तर : औषधि सेवन गरेको ३० देखि ४० मिनेटपछि प्रभाव देखिन थाल्छ । यसको पूर्ण प्रभाव साढे दुईदेखि तीन घण्टासम्म रहनेछ । केही शुक्राणुहरू तीन घण्टा पछि गतिशीलतामा फर्कन्छन् । २४ घण्टापछि शुक्रकीट आफ्नो सामान्य अवस्थामा फर्कन्छन् ।

    जाँदा जाँदै

    – अगस्ट १८, १९६० मा अमेरिकाले पहिलो पटक महिलाका लागि गर्भ निरोधक चक्की बनाएको थियो ।

    – विश्वको पहिलो गर्भ निरोधक चक्कीको नाम इनोभिड थियो । यसलाई अमेरिकामा एन्टि बेबी पिल्स भनिन्थ्यो ।

    – यदि कुनै महिलाले नियमित रूपमा यी चक्की खाइरहेकी छिन् भने गर्भवती हुने सम्भावना १ प्रतिशत मात्रै हुन्छ । यस्तै, महिलाले महिनामा पाँचदेखि छ दिनसम्म यसलाई खान बिर्सेमा गर्भधारणको सम्भावना ९ प्रतिशतले बढ्छ ।

    – स्थायी बन्ध्याकरणका लागि आइयूडी बनाउनमा सय वर्ष भन्दा बढी समय लाग्यो । यसका लागि वैज्ञानिकहरूले महिलाको गर्भमा रबर, गिलास र धातुका उपकरणहरू लगाएर अनुसन्धान गरेका थिए । यसलाई स्टेम पसरिज भनिन्छ ।

    – पुरातन इजिप्टमा भेडाको आन्द्राबाट बनेको कन्डोमलाई गर्भनिरोधकको रूपमा प्रयोग गरिन्थ्यो ।

    – १८५० ईसा पूर्व गर्भनिरोधकका लागि जनावरको मल प्रयोग गरिन्थ्यो ।

    एजेन्सी

    बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.