काठमाडौँ २८ वैशाख
इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई प्लेअफ नजिक पुगेको छ।अब चेन्नईलाई प्लेअफमा पुग्न एक जित आवश्यक छ। बुधबार राति भएको खेलमा चेन्नईले दिल्लीलाई २७ रनले पराजित गर्यो।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो। उसका लागि ऋतुराज गाइकवार्डले २४ रन बनाउँदा अजिंक्य रहाणेले २१ तथा शिवंम दुवेले २५ रन बनाए।
त्यस्तै, अम्वाती रायडुले २३ रन बनाउँदा रविन्द्र जडेजाले २१ तथा महेन्द्रसिंह धोनीले २० रन बनाएका थिए। दिल्लीका लागि मिचेल मार्सले सर्वाधिक ३ विकेट लिँदा अक्षर पटेलले २ विकेट लिए।
१६८ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली खराव सुरुवातको सिकार भयो। २५ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि राइली रोसोउले सर्वाधिक ३५ रन बनाए।
त्यस्तै, मनिष पाण्डेले २७ रन बनाउँदा अक्षर पटेलले २१ तथा रिपल पटेलले १० रन बनाए। ललित यादवले १२ रन बनाएका थिए। उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो।
जितपछि चेन्नईको १२ खेलबाट १५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ। पराजित दिल्ली ११ खेलबाट ८ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ।




