काठमाडौँ १४ जेठ
जनता समाजवादी पार्टी नेपाल जसपा को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बैठक सुरु भएको हो ।
उहाँका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ ।




