• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना


  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित
  • गण्डकी ६ असार
    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिनुभएको छ । चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएका उहाँले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताउनुभयो ।

    Advertisement

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुनु पोखरेली र समग्र नेपालीका लागि खुसी र गर्वको विषय भएको जनाउँदै उहाँले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गराउनेतर्फ सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    चीनको स्वशासित क्षेत्र तिब्बत्मा पाँचौँ पर्यटन सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा आमन्त्रण भई आफूहरू त्यसतर्फ गएको जानकारी दिँदै उहाँले उक्त क्रममा चीनको उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट भएको बताउनुभयो । सङ्घीय ससंद्का पदाधिकारी र सदस्यसहित दुईजना संसद् सचिवालयका कर्मचारी सहभागी नौ सदस्यीय प्रतिनिधिमण्डल गत जेठ २७ गते रातिको उडानबाट गोन्जाओ हुँदै बेइजिङ पुगिएको उहाँले जानकारी दिनुभयो ।

    बेइजिङमा महत्वपूर्ण भेटवार्ता गरी त्यहाँबाट साङ्घाई र फर्किएर तिब्बत् आएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।त्यहाँबाट बसाइँमा नेपाल र चीनबीचका दुईपक्षीय सम्बन्धसँगै व्यापारिक, व्यावसायिक र आर्थिक सम्बन्ध विकासका लागि महत्वपूर्ण छलफल गरिएको उहाँले बताउनुभयो ।
    उहाँका अनुसार चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष, चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष, साङ्घाइको नगरपालिका सचिव, तिब्बत्को स्वसाशित क्षेत्रको चिनियाँ कम्युनिष्ट पार्टीको सचिवलगायतसँग भेटवार्ता भएको थियो ।

    भेटघाटमा दुबै देशमा उत्कृष्ट संसदीय अभ्यासका अनुभव आदानप्रदान, नयाँ प्रविधिको ज्ञान आदिका साथै कोभिडका कारण लामो समयदेखि स्थगित भएका दुई देशका सांसदको भ्रमण, संसद्का कर्मचारीको क्षमता अभिवृद्धिको तालिमलाई आगामी दिनमा अगाडि बढाउने र नियमित गर्ने गरी छलफल भएको उहाँले बताउनुभयो ।

    नेपाल र चीनबीच व्यापारिक सम्बन्ध धेरै पुरानो र ऐतिहासिक रहेको बताउँदै अध्यक्ष तिमल्सिनाले यस्तो सम्बन्धकाबीच पनि हामी व्यापार घाटामा रहेको बताउनुभयो ।

    व्यापार घाटालाई कम गर्ने सन्दर्भमा नेपालबाट कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन कसरी बढीभन्दा बढी निर्यात गर्न सकिन्छ त्यसबारे छलफल गरिएको उहाँले बताउनुभयो । खासगरी अमिलो जातका फलफूलको नेपालले निर्यात गर्न सकिने वातावरण रहेको र राँगाको तथा बङ्गुरको मासु निर्यात गर्न सकिने गरी चीनमा माग प्रसस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

    तिब्बत्मा सुख्खा पठार रहेका कारण घाँस उत्पादन हुननसक्ने भएकोले घाँसलाई निर्यात गरेर व्यापार घाटालाई कम गरी आर्थिक लाभ हासिल गर्न सकिने सम्बन्धमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले सो अवसरमा जानकारी दिनुभयो । नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थल सबैको आ–आफ्नै महत्व रहेको र यी विमानस्थलमा चीनजानका विभिन्न सहर तथा प्रान्तबाट उडान गराउन आफूहरूले प्रस्ताव गरेको उहाँले बताउनुभयो ।

    चीनबाट चाटर्ड उडानमार्फत पोखरा विमानस्थल आउनु महत्वपूर्ण सुरुवात भएको उहाँको भनाइ छ । तिब्बत्बाट पनि सिधा उडान गराउन भनिएको र अहिले तिब्बत्बाट अन्तर्राष्ट्रिय उडान नभएको उल्लेख गर्दै उहाँले त्यहाँबाट भविष्यमा अन्तर्राष्ट्रिय उडान गराउने सम्बन्धमा पनि छलफल भएको बताउनुभयो ।

    ऊर्जाको कनेक्टिभिटि बढाउनको लागि रातमाटेबाट केरुङ ४०० केभि प्रशारण लाइनलाई निर्माण अघि बढाउने लगायत अरु कनेक्टिभिटका कामलाई अघि बढाउने कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । “हाल चीनसँगका तीनवटा नाका सञ्चालनमा आएको अवस्थामा अन्य पूर्वदेखि पश्चिमका विभिन्न नाका सञ्चालन गर्ने, कोरला नाकामा पूर्वाधारको काममा सघाउने लगायतका कुरा पनि भएका छन् । तिनलाई क्रमशः अघि लाने कुरा भएको छ ।”, उहाँले भन्नुभयो ।

    गण्डकी प्रदेश र तिब्बत् स्वसाशित क्षेत्र बीचमा भगिनी सम्बन्ध कायम गर्ने, पोखरा महानगर र साङघाई महानगरबीच भगिनीसम्बन्ध कायम गरी दुईपक्षीय सम्बन्ध अघि बढाउने कुरा भएको बताउँदै उहाँले विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्ने कुरा भएको जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री र राष्ट्रपति भ्रमणमा भएका कुरालाई कार्यान्वयन गर्दै जाने कुराकानी भएको उल्लेख गर्दै उहाँले भ्रमण अत्यन्त सौहार्दपूर्ण र फलदायी भएको जानकारी दिनुभयो ।

    बुधबार, असार ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.