तनहुँ ११ असार
तनहुँ जिल्लाको देवघाट गाँउपालिकाले आर्थिक वर्ष २०८०÷८१ लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार १२ औं गाँउसभामा उपाध्यक्ष भुवन सिंड्ड गुरुङले ५० करोड ६६ लाख ९८ हजार ६ सयका बजेट सार्वजनिक गर्नुभएको हो ।
गाँउपालिका अध्यक्ष तिल बहादुर थापाका अनुसार गाँउपालिकाले उत्पादनमुखीमा जोड छ भने शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, पर्यटन विकास, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा विकास, बालबालिका, युवा तथा खेलकुद, सुशासनको प्रत्याभूति, स्थानीय कला, संस्कृति, साहित्य र भाषाको प्रवर्द्धन, सूचना सञ्चार तथा प्रविधिसम्बन्धी नीति, अनुसन्धान र वातावरण तथा विपद् व्यवस्थापन नीतिहरु आगामी वर्षको कार्यक्रममा समेटिएका छन् ।
यो वर्ष बजेट कटौती भएर आए पनि गौरवका आयोजनाहरू सम्पन्न गर्ने जिम्मेवारी गाउँपालिकाको रहेको रहेको गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो । असार २५ गते विहान ११ बजे पुन विषयगत बजेट सहित गाँउसभा हुने निर्णय गर्दै आईतबारको गाँउसभा सकिएको छ ।




