• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ


  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
  • ढोरपाटन १५ असार 

    Advertisement

    बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाउनुभयो । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाउनुभएको छ । सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । दुर्गाबहादुरले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाए ।

    बिरुवा सप्रिँदै गएपछि धेरैको ध्यान स्याउ लगाउनेतर्फ जान थालेको छ । वर्षौँदेखि गाईभैँसी र खेतीकिसानी गर्दै आउनुभएका ओलीले अहिले गाउँका अन्य स्थानीयलाई पनि स्याउ लगाउनुपर्छ भन्ने योजनामा पुर्याउनुभएको छ । हाल उहाँको बगानमा २७ नयाँ बिरुवा र २० पोहोर साल लगाएका गरी ४७ स्याउका बोट छन् । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन हुन्छ भन्ने पत्रिकामा पढेको भरमा ओलीले परीक्षणका लागि स्याउ लगाउनुभएको हो । अर्नाकोट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्छ ।

    ओलीले कृषि निर्देशनालय गण्डकी प्रदेशबाट ७५ प्रतिशत अनुदानमा बिरुवा लिएर खेती सुरुआत गर्नुभएको हो । बागलुङमा अहिलेसम्म ढोरपाटन र निसेलढोरमा मात्रै व्यावसायिकरूपमा स्याउ उत्पादन हुने गरेको छ । निसीखोला, ताराखोलालगायतका केही ठाउँमा स्याउ लगाए पनि राम्रो उत्पादन हुनसकेको छैन । अर्नाकोटमा परीक्षणका लागि लगाएका बिरुवाले फल दिन थालेपछि धेरै स्थानीय आकर्षित हुन थालेको दुर्गाबहादुर बताउनुहुन्छ । उहाँले अर्नाकोटमा सिँचाइको निकै ठूलो समस्या रहेको भन्दै यसको व्यवस्थापन हुनसके राम्रो स्याउ उत्पादन गर्न सक्ने बताउनुभयो ।

    “यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिइनँ, यो ठाउँमा के–कस्तो हुन्छ एकपटक विचार गरौँ न भन्ने हिसाबले बिरुवा लिएर लगाएको, पोहोर जेठमा लगाएको अहिले नै फल दियो, यसले हामीलाई धेरै हर्षित बनाएको छ”, ओलीले भन्नुभयाmे, “सिँचाइको समस्याले गर्दा बिरुवा बचाउन निकै हम्मे भयो, खानेपानीको हाहाकार भएको ठाउँमा स्याउ लगायौँ, त्यही पनि बिरुवा बचाउन सफल भयौँ, सरकारले यहाँ सिँचाइको राम्रो व्यवस्था मिलाइदिने हो भने व्यावसायिकरूपमा धेरै स्याउ उत्पादन गर्न सकिने थियो ।”

    स्थानीय चेतबहादुर कुँवरले पनि अघिल्लो वर्ष २७ वटा बिरुवा लगाउनुभएको थियो । अहिले सबैले फल दिएको उहाँले बताउनुभयो । कुँवरले लगाएकै सालमा फूल फुल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताउनुभयो । स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उहाँ बताउनुहुन्छ । गाउँमा अहिलेसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको कुँवरले बताउनुभयो ।

    कुँवर भन्नुहुन्छ, “यहाँ यसरी स्याउ फल्ला भन्ने पत्याएका थिएनौँ, तर अहिले चकित पार्ने गरी मसिनै बोटमा फल्यो, यसले हामीलाई हर्षित बनाएको छ, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरूलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आशा पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।”

    निसीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तारा परियारले स्याउ फल्न थालेपछि कृषकलाई आवश्यक प्राविधिक तथा अन्य सहयोग गाउँपालिकाले गरिरहेको बताउनुभयो । अहिले यहाँका कृषकले तीन रोपनीमा एक सय ५० बिरुवा लगाएकामा अधिकांशले फल दिन सुरु गरेको बताउनुभयो । परीक्षण सफल हुँदै गएको भन्दै अब अन्य कृषकले पनि स्याउखेती गर्न चाहेमा गाउँपालिकाले सहयोग गर्ने उहाँको भनाइ छ ।

    “फुजी जातको स्याउ यहाँको हावापानी, वातावरण र ‘हाइट’का लागि एकदम राम्रो हुन्छ, कृषकले पनि हावापानी सुहाउँदो स्याउको जात छनोट गर्नुभयो, अहिले नै राम्रो फल देखिएको छ, यसको परीक्षण सफल हुन्छ भन्नेमा हामी ढुक्क छौँ”, परियारले भन्नुभयो, “त्यहीअनुसार स्याउ राम्रो हुँदै गयो भने भविष्यमा यो ठाउँ स्याउ उत्पादनका लागि प्रख्यात हुने देखिन्छ ।”

    निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौँ अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको थियो । अहिले गाउँपालिकाले निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ । चालु आर्थिक वर्षमा भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार वडा नं ५ र ६ मा चार सय ५० स्याउका बिरुवा लगाइएको छ । गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु सात लाखबाट स्याउखेती विस्तार गर्न थालिएको हो । यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाउन थालेको गाउँपालिकाले जनाएको छ । रासस

    शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.