• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

पर्यटनको विकासका लागि पोखराको एकीकृत गुरुयोजना


  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
  • पोखरा १७ असार

    Advertisement

    पोखरा महानगरपालिकाको १३औँ नगरसभाले आव २०८०/८१ को प्रस्तुत नीति तथा कार्यक्रममा पोखरालाई ‘पर्यटनको राजधानी सहर, पोखरा महानगर’को मान्यतालाई स्थापित गर्ने समावेशी आर्थिक विकासको आधार हरित अर्थतन्त्र तथा उत्थानशील सहरको अवधारणासहित विभिन्न योजनालाई अघि सारेको छ ।

    महानगरको प्रस्तुत रु सात अर्ब १५ करोड १५ लाख १७ हजार बराबरको अनुमानित आयव्यय विवरण (बजेट)मा विशेषतः महानगरले पर्यटन क्षेत्रलाई पोखराको विकासको प्रमुख संवाहकका रूपमा जोड दिँदै नयाँ पर्यटकीय वस्तु, सेवा र गन्तव्यको विकास तथा प्रवद्र्धनमा जोड दिने जनाइएको छ । .

    ‘चलिए पोखरा’, ‘जाऊ है पोखरा’ जस्ता नारासहित छिमेकी मुलुकका पर्यटन गन्तव्यका प्रमुख पर्यटन बजारमा नेपाली तथा पोखरेली पर्यटनको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने कार्यक्रमलाई जोड दिँदै पर्यटनको सम्भावना बोकेका शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्र समेटेर एकीकृतरूपमा पर्यटनको विकास र विस्तारमा जोड दिने नीतिलाई समावेश गरिएको छ ।

    त्यसैगरी पर्यटकीयस्थलको पहिचान, विकास तथा विविधीकरण गर्न सरोकारवाला पक्ष, निजी र सहकारी क्षेत्रसँग सहकार्य तथा साझेदारी विकास गर्ने, पर्यटकीयउपजलाई मूल्य शृङ्खलामा आबद्ध गर्न समुदायमा आधारित ग्रामीण एवं होमस्टे पर्यटनको विकास गर्दै ग्रामीण तथा सहरी अर्थतन्त्रलाई पनि समावेश गरिएको छ ।

    पोखरा–६ लेकसाइड क्षेत्रमा सवारीसाधन व्यवस्थापन तथा रात्रिकालीन व्यवसाय नियमनका लागि उचित कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिने र लेकसाइड क्षेत्रलाई २४सै घन्टा खुला गर्न पहल गरिने विषयलाई नीति तथा कार्यक्रमले उठान गरेको छ । पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान र प्रवद्र्धन गर्न उपयुक्त सञ्चार सामग्री, पर्यटन वस्तु एवं सेवाको विकास र प्रचारप्रसारमा जोड दिइएको छ । बेगनासताल लगायतका तालमा सम्भाव्यता अध्ययनका आधारमा ‘वाटर स्पोर्टस्’ सञ्चालन गर्ने कार्यक्रमलाई अघि बढाउने जनाइएको छ ।

    साहसिक पर्यटन र पदयात्रालाई प्रभावकारी बनाउन छिमेकी पालिकासँग सहकार्य गर्ने, पोखराको पुरानो बजार क्षेत्रका पुरातात्विक सम्पदा निजी घर तथा सार्वजनिकस्थलको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सम्पदा पर्यटकीयस्थलका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    त्यसैगरी फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने र यसका अतिरिक्त फेवा, बेगनास, रुपालगायत रामसार सूचिमा सूचीकृत तालहरूको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

    पर्यटन प्रवद्र्धन गर्न ‘रोपाइँ महोत्सव’, ‘स्ट्रिट फेस्टिभल’, ‘ड्रागन बोट रेस फेस्टिभल’, ‘फुड फेस्टिभल’, ‘माइस टुरिजम’, ‘कोसेली घर’, ‘हेमजा कृषि महोत्सव’, ‘लेखनाथ महोत्सव’, ‘पोखरा महोत्सव’ र प्याराग्लाइडिङ प्रतियोगितालगायत अन्य मेला महोत्सवको विस्तार तथा प्रभावकारी व्यवस्थापनका लागि प्रोत्साहन गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

    पर्यटनसम्बन्धी सूचनालाई ‘डिजिटाइजेसन’ र थप प्रभावकारी बनाइ पर्यटकीय सूचना केन्द्रलाई व्यवस्थित गरिने साथै आगामी दुई वर्षभित्र पोखरा–९ पृथ्वीचोकमा पर्यटन सूचना केन्द्र, वाचनालय, घण्टाघर र सार्वजनिक पुस्तकालय रहने गरी पोखरा भवन (कोसेली घर) निर्माण गर्ने जनाइएको छ ।

    महानगरको पर्यटकीय गन्तव्य, साइकल मार्ग र पदमार्गको विस्तृत अभिलेख तयार गरी नक्साङ्कन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन प्रवद्र्धन र विकास गर्न पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्था, नेपाल पर्यटन बोर्ड र अन्य निकायसँग साझेदारीमा अगाडि बढाउन विभिन्न कार्यक्रमलाई पनि जोड दिइएको छ ।

    सार्वजनिक–निजी साझेदारी अवधारणामा पार्क, फोहरमैला प्रशोधन केन्द्र, नदीजन्य सामग्री व्यवस्थापन तथा पर्यटकीय गन्तव्यको निर्माण र सञ्चालन गरिने नेवाः छे, पर्यटन सङ्ग्रहालय, प्रदेश सङ्ग्रहालय, बटरफ्लाई म्युजियमलगायतका सङ्ग्रहालयसँग सहकार्य गरी पर्यटन प्रवद्र्धनमा थप कार्य गरिने उल्लेख छ । पर्यटकीय पोखरा झल्कने गरी अङ्ग्रेजी र नेपाली भाषामा सङ्क्षिप्त परिचयसहित सुन्दर पोखरा नामक चित्रकथा र वृत्तचित्र प्रकाशन गरिने जनाइएको छ ।

    योसँगै महानगरले करिब रु तीन अर्बको लागतमा बहुप्रतिक्षित तालचोक–बेगनास नमुना सडक विश्व बैंकको सहयोगमा निर्माण कार्य यसै वर्षबाट द्रुतगतिमा अगाडि बढेको र कोत्रे–दोविल्ला हुँदै विरौटा जोड्ने वैकल्पिक राजमार्ग (बाइपास रोड) को स्तरोन्नतिको काम सुरु भएको जनाएको छ ।

    एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत रु सात अर्ब ५० करोड लागतमा दिगो पर्यटन विकास परियोजना सञ्चालनको प्रक्रिया सुरु गरिएको छ ।

    ‘ग्रिन सिटी, क्लिन सिटी’ अवधारणाका साथ कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगसँगको सहकार्यमा रु छ अर्ब लागतको हरित यातायात प्रणाली विकास कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ ।

    जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ रु ११ अर्ब बराबरको लागतमा ढल निकास तथा फोहर पानी प्रशोधन केन्द्र स्थापना एवं सञ्चालनका लागि विज्ञ प्राविधिकमार्फत डिजिटल डिजाइनको काम सम्पन्न भइसकेको छ । यसैवर्ष पोखराको एकीकृत पर्यटकीय गुरुयोजना निर्माण गरी आपसी सहयोग र सहकार्यमा कार्यान्वयन गर्न महानगरपालिका, नगर विकास कोष र नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बीच समझदारी भएको पनि जनाइएको छ । रासस

    आइतबार, असार १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.