• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

भोजपुरको छाँगे झरना ओझेलमा


  •   सोमबार, असार १८, २०८० मा प्रकाशित
  • भोजपुर १८ असार 
    भोजपुर जिल्लाको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो ।

    Advertisement

    प्राकृतिकरुपमा मनोरम रहेको यो जिल्लाको सबैभन्दा अग्लो झरना हो । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयको बुझाइ छ ।

    झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा प्रदेश १ सरकारको लगानीमा त्यहाँ पुग्नको लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । भौगोलिकरुपमा विकट ठाउँमा झरना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ । यहाँ भदौरे पूर्णिमा र वैशाख पूर्णिमा गरी दुई पटक मेला लाग्ने भए पनि अन्य समयमा पनि भरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिस पुग्ने गरेका छन् ।

    झरनास्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा वस्नका लागि फलैँचासमेत निर्माण गरिएको स्थानीयको भनाइ छ । झरना आसपासमा बस्न तथा खानको लागि उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको छ । सुन्दरताको चिनारी बनाएको धार्मिकरुपमा समेत महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । यहाँ रहेको छाँगे धाममा दर्शन गरेमा चिताएको काम पूरा हुने तथा रोगव्याधि निको हुने जनविश्वास रहेको छ ।

    “यो झरना हाम्रो ठाउँको लागि प्रकृतिको अमूल्य उपहार हो”, स्थानीय इन्द्रप्रसाद धमलाले भन्नुभयो, “यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन । अन्य ठाउँमा रहेका यस्ता झरनाको संरक्षण गरेर स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आएको हामीले देखेका छौँ । यसलाई संरक्षण गर्दै प्रचारप्रसार गर्नसके यहाँ आएका पर्यटकलाई खान बस्न दिएर नै जीवनयापन गर्ने सक्ने अवस्था बन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।”

    झरनालाई विकास गर्दै पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्गमा व्यवस्थित गर्नसके पर्यटकलाई आउन सहज हुने उहाँले बताउनुभयो । प्रकृतिले सुन्दर उपहार दिएको भए पनि यसबाट लाभ लिन नसेकेको भनाइ छ ।

    पर्यटकीयसँगै सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ । ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय शङ्खरप्रसाद राईले बताउनुभयो । “ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ । जिल्लाकै सबैभन्दा अग्लो झरर्ना रहेको यो ठाउँ अहिले पनि कसैको नजरमा पर्न सकेको छैन । यस्ता ठाउँको विकासमा राज्यले ध्यान दिन आवश्यक छ । यसको प्रचारप्रसार गर्ने हो भने पर्यटक भित्र्याउन कुनै समस्या छैन । यो आफैँमा एक सुन्दर ठाउँ हो ।” स्थानीय राईले भन्नुभयो ।

    छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नगरपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । “जिल्लाकै अग्लो झरना भए पनि विविध कारणले ओझेलमा छ”, प्रमुख उदासले भन्नुभयो, “यसलाई उचित ढङ्गले विकास गर्दै नमूनायोग्य पर्यटकीयस्थल बनाउने योजना छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माण गर्छौं । त्यसलाई पनि प्राथमिकतामा राखेर काम गर्छौं । यो झरनालाई आम्दानीको स्रोतको रुपमा विकास गर्ने मेरो लक्ष्य छ ।”

    षडानन्द नगरपालिका इतिहास बोकेको स्थान रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको प्रमुख उदासले सनाउनुभयो । यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रको पहिचान गरेर एकीकृतरुपमा विकास गर्ने उहाँको भनाइ छ । सतीघाटमा रहेको ढुङ्गा संरक्षण गर्दै पार्क निर्माण गरेर त्यहाँबाट साम्पाङमा रहेको कुन्सालिङ डाँडा बौद्ध गुम्बा निर्माणसँगै ७५ फिटको रिमपोचे मूर्ति राख्ने, हाँस पोखरी साउने डाँडाँ हुँदै, छाँगे झरना पुगेर नेपाले डाँडाको ओम्मकार शक्ति पीठ हुँदै योगमाया समाधिस्थल मजुवाबेँसीलाई समेटेर एकीकृतरुपमा पर्यटकीय क्षेत्रको रुपमा बृहत्तर विकास गर्ने प्रमुख उदासको भनाइ छ ।

    “यो हाम्रो ठाउँ देशकै एउटा इतिहास बोकेको ठाउँ हो”, प्रमुख उदासले भन्नुभयो, “यो क्रान्तियोदा योगमाया, बाला गुरु षडानन्दले पाइला टेकेको पुन्यभूमि हो । त्यस्तै पर्यटकीय क्षेत्रको पनि उत्तिकै सम्भवाना बोकेको स्थान हो । यहाँका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई एकीकृतरुपमा समेटेर दीर्घकालीन लक्ष्यका साथ काम गर्ने योजना छ ।”

    सोमबार, असार १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.