तनहुँ १८ असार
नेपाल तरुण दल देवघाटले युवाहरुलाई गाँउमै रोजगारी दिन र युवामैत्री कार्यक्रम ल्याउनका लागि देवघाट गाँउपालिकालाई ज्ञापनपत्र बुझाएको छ । सफल युवा उद्यमीहरुको अनुभव आदान प्रदानका कार्यक्रम नियमित सञ्चालन गर्ने,प्रत्येक वर्ष सफल युवा उद्यमीलाई पुरस्कृत गर्ने,कृषि फर्ममा लागेका युवा उद्यमीलाई युवा कृषि उद्यमी नामको परिचयपत्र दिने,जल,जमिन,जंगल,जडीबुटी आदिजस्ता प्राकृतिक श्रोत साधनको उत्पादनमुलक तर वातावरण मैत्री उपयोगमा युवाहरुलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने,युवाहरुको खेलप्रतिको अभिरुचीलाई व्यवस्थित गर्न पालिका स्तरीय र एक वडा न्युनतम एक खेल मैदानको ब्यवस्था मिलाउन लगायत १६ बुदे ज्ञापनपत्र बुझाइएको नेपाल तरुण दल देवघाटका नेता उत्तम लामाले बताउनुभयो ।
नेपाल तरुण दल देवघाटका संयोजक अम्मर फेवालीले देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापालाई ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र ग्रहण गदैं देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले युवाहरुको माग सम्बोधन गर्ने बताउनुभयो । साथैं अध्यक्ष थापाले देवघाटको समग्र विकासमा युवाहरुको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।




