काठमाडौं २६ असार
दुर्घटनाग्रस्त मनाङ एयरमा सवार छ जना मृतकहरुको शब प्राप्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।हिमाली दृश्यावलोकनका लागि गएको उक्त हेलिकप्टरका क्याप्टेन सिवी गुरुङ, बाँकी म्याक्सिकोका पर्यटकहरु छन् । पर्यटकहरुमा तीन महिला र दुई पुरुष छन् । ती पर्यटकहरुमा सिफुन्टेस जी ,फेरान्डो रिनकोन स्मार, सीफुन्ट मारिया ,गोन्जालेक अब्रिक, गोन्जालेज ओलासियो लुज छन् ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ लामजुरामा भएको दुर्घटनामा उद्दारका लागि दुई वटा हेलिकप्टर पठाइएको त्रिवि कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए ।
बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ । त्यसपछि उडेको हेलिकोप्टर लामजुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको थियो ।




