काठमाडौँ ३१ असार
नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरिहजुरलाई कप्तानीबाट हटाईएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका दौरान हरिहजुर दर्शकतर्फ आक्रोशित भएको र कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै उनलाई कारवाही गरिएको श्रेष्ठले बताए ।
सोमबार गण्डकी प्रदेशविरुद्ध आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले कारवाहीस्वरुप उनको पद खोसेको हो ।




