• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

बाँकेमा बढ्दैछन् क्यान्सरका रोगी


  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
  • जानकी ४ साउन 

    Advertisement

    “मैले मेरो जेठानीलाई क्षयरोगले दिएको पीडा देखेपछि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी हुँ ।” यो भनाइ हो, नेपालगञ्ज उपमहानगरपालिका–१० पासाङल्हामु मार्गकी कुसु दुगडको । क्षयरोग लागेकी जेठानीलाई पीडामा छटपटिएको देखेर क्यान्सर लाग्यो भने त आफूलाई योभन्दा बढी पीडा दिन्छ भन्ने डरले आफूले पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएको उहाँको भनाइ छ । कुसुमले खोपको सबै मात्रा पूरा गर्नुभएको छ ।

    कुसुमले मात्र नभई उहाँका दुई छोरीले पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाइसक्नुभएको छ । कुसुमले मात्र नभई उहाँका दुई छोरीले पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाइसक्नुभएको छ । छोरीले नै आफूलाई खोप लगाउन सुझाव दिएको बताउने कुसुमले अरु महिलालाई पनि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन सुझाव दिनुभयो । “क्यान्सर लागेर धेरै पैसा खर्च गर्नुभन्दा क्यान्सरविरुद्धको खोप लगाएर जीवनलाई स्वस्थ राख्नु नै उत्तम हुन्छ”, उहाँ भन्नुहुन्छ, “खोप महँगो भए पनि हाम्रो आर्थिक अवस्थाले भ्याउँथ्यो त्यसैले हामी तीन आमा छोरीले नै यो खोप लगाएका छौँ ।”

    कुसुम जस्तै पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउनुभएकी प्रस्तुती शर्मा आफैँमा एक डाक्टर पनि हुनुहुन्छ । उहाँले पनि आफ्नो स्वाथ्यको ख्याल गरेर पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउनु भएको हो । उहाँका अनुसार सबै डाक्टरले यो खोप लगाउँछन् भन्ने हुँदैन । कतिपयलाई यो खोपका बारेमा जानकारी छैन भने जानकारी भएकालाई पनि खोपको शुल्क महङ्गो भएको हुनाले पनि उक्त खोप लगाउनबाट बञ्चित रहेको डा प्रस्तुतिको भनाइ छ । डा. शर्माले नेपालगञ्ज मेडिकल केलेज नेपालगञ्जमा कार्यरत हुँदा आफूसँगै आमा र तीन जना आफन्तलाई पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाउन सल्लाह दिनुभएको छ ।

    सरकारले सन् २०१५ देखि २०१६ मा पाठेघरको क्यान्सरविरुद्ध लगाइने खोपको कास्की र चितवनमा आरम्भ गरेको थियो । अहिले उक्त खोपलाई निजी अस्पतालले बिरामीको मागबमोजिम लगाउने गरेका छन् । त्यसरी खोप लगाउनेमध्ये बाँकेको नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल पनि एक हो । अस्पतालका बालरोग विशेषज्ञ डा रोमा बोराका अनुसार अहिलेसम्म सात जनाले मात्र उक्त खोप लगाएका छन् ।

    खोप लगाउनको लागि प्रतिव्यक्ति रु १० हजार खर्च हुने भएकाले पनि यो खोप लगाउन जो कोहीको क्षमताले नसक्ने डा बोराले बताउनुभयो । उहाँले भन्नुभयो, “खोप महँगो छ । लगाउने इच्छा भए पनि खोपको मूूल्यकै कारण लगाउन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो, “समयमै लगाउनसके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने जनचेतनाको पनि कमीकै कारण हुनसक्छ खोपप्रति यहाँका जनताको चासो खासै देखिएको पाइँदैन ।”

    खोपका बारेमा थाहा पाएर लगाउने इच्छा भएकाहरुलाई बाहिरबाट खोपको व्यवस्था गरी लगाउने गरेको डा बोराको भनाइ छ । उहाँका अनुसार १० वर्षदेखि ४९ वर्षसम्मका महिला तथा बालबालिकाले यो खोप लगाएका छन् । १५ वर्षभन्दा तलका उमेर समूहले छ महिनाको अन्तरालमा दुई पटक खोप लगाउनुपर्छ भने १५ वर्षभन्दा माथिका महिलाले छ महिनाकै अन्तरालमा तीनपटक खोप लगाउनुपर्छ । एकपटक खोप लगाएपछि अर्को पटकको खोपलाई व्यवस्थापन गर्न चुनौती नै हुने गरेको डा बोराले बताउनुभयो ।

    परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ । समयमा नै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौन सम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने भेरी अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ कृतिपाल सुवेदीले बताउनुभयो ।

    धुमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उहाँको भनाइ छ । यस्तै पाँच वर्षभन्दा बढी हर्मोनयुक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम रहने डा सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा दैनिक दुईदेखि तीन जनासम्म पाठेघरका क्यान्सरका बिरामी परीक्षणका लागि आउने गरेका छन् ।

    त्यसैगरी बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरका विरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको स्त्रीरोग विभागका प्रमुख एवं क्यान्सर सर्जन डा इन्द्रनील घोषले बताउनुभयो । “पहिलो, दोस्रो र तेस्रो चरणका सबै प्रकारका क्यान्सरका बिरामी पछिल्लो समय अस्पतालमा परीक्षण र उपचारका लागि आइरहेका छन्”, उहाँले भन्नुभयो, “धेरैजसो बिरामी त तेस्रो चरणमा आउने गर्छन् । त्यस्त बिरामीका लागि शल्यक्रिया नै अन्तिम विकल्प हुन्छ ।”

    डा घोष पाठेघरको क्यान्सरविरुद्धको खोपको व्यवस्था नेपाल सरकारले नै गरेको भए महिलाको पाठेघरको क्यान्सरपीडित हुनबाट बच्न सकिने धेरै सम्भावना रहने बताउनुहुन्छ । खोप महँगो भएकै कारण निःशुल्क गर्न नसके पनि थोरै शुल्कमा यो खोपको व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार खजुरा अस्पतालमा प्रत्येक महिना पाँचदेखि छ जनासम्म पाठेघरको क्यान्सरका लागि उपचारका लागि जाने गर्दछन् । अस्पतालको तथ्याङ्कअनुसार २४ देखि ६५ वर्षसम्मका क्यान्सर पीडितहरु रहेका छन् ।

    उहाँले भन्नुहुन्छ, “ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सक्षमणले हुने क्यान्सर हो । यो सङ्क्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ ।” सङ्क्रमण भएको आठदेखि १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भए÷नभएकाबारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात् गर्भाशय श्राव परीक्षण गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको डा घोषको भनाइ छ ।

    पहिलो चरणमा नै औषधि उपचार गरे निको हुने पाठेघरको क्यान्सरलाई तेस्रो चरणमा पु¥याएर शल्यक्रिया नै गर्नुपर्ने कारण चेतनाको कमी भएको डा घोषको भनाइ छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणका कारण हुन्छ । महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको विश्वस्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।

    सङ्गठनको तथ्याङ्कअनुसार यो रोगबाट बर्सेनि दुई लाख ७० हजारभन्दा बढी महिलाको अकालमै मृत्यु हुने गरेको छ । नेपालमा वार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ बिरामी थपिने गरेको देखिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जनाएको छ । यसमा ८५ प्रतिशत कम विकसित अर्थात् नेपाल जस्तो देशहरु पर्दछन् । पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ ।

    बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.