• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

तटबन्धले फर्कायो खुसी


  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित
  • मनाङ १७ साउन

    Advertisement

    हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने योजना बनाइए पनि उपयुक्त स्थान तत्काल नपाइएपछि त्रिपालमुनि बसेर पनि स्थानीयवासीले समय कटाए ।
    बाढीले गाउँको बस्ती नै अन्यत्र सर्नुपर्ने बाध्यता आयो । सबै तहबाट गाउँको बस्ती नै अन्यत्र स्थानान्तरण गर्ने प्रयास भएपनि स्थानीयवासी स्थानान्तरण हुन चाहेनन् र यही गाउँमा बस्नका लागि सुरक्षित वातावरयण बनाउन माग गरे । उनीहरुको माग पनि पूरा भयो । नासों गाउँपालिका–१ तालगाउँकी अञ्जु तामाङ बाढीका कारण आफन्तसँग यति रमाइलो गाउँ बस्ती नै छाडेर जानुपर्छ भनेर आत्तिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “करिब दुई वर्ष पूरा भएपछि हाम्रो खुसी फर्किएको छ, बाढीले बसाइँसराइ गर्न बाध्य होइन्छ कि भनेर आत्तिएका हामी अहिले खुसी छौँ ।” बाढी आएकोे लामो समयपछि तटबन्ध बनाएर अहिले तालगाउँ सुरक्षित बनाइएको तामाङले बताउनुभयो । पदमार्ग हुँदै मनाङ प्रवेश गर्दा पर्यटक तालगाउँमा बास बस्न पुग्दछन् । होटल व्यवसाय गर्दै आउनुभएकी अञ्जुले यहाँ होटल व्यवसाय र खेतीपातीका लागि पनि उपयुक्त वातावरण भएको उल्लेख गर्नुभयो ।

    “हाम्रो रहनसहन, संस्कार, संस्कृति र परम्परा मनाउँदै आएको ठाउँमै अहिले हामी सुरक्षितभएका छौँ”, उहाँले भन्नुभयो, “विशेषगरी पालुङटार कुण्डुटार सिंचाई आयोजनाले तटबन्ध गरी यहाँको बस्तीलाई सुरक्षित बनाउन विशेष भूमिका निर्वाह गरेको छ ।” अन्जुले भन्नुभयो, “गाउँमा नदीको बहाव पस्न सक्ने जतिकै पर्खाल लगाइएको छ, अहिले हामी ढुक्कसँग सुत्छाँैं, पहिलेको जस्तो चिन्ता लाग्दैन ।” तटबन्धले सुरक्षित भएसँगै यहाँको संरचना निर्माणमा स्थानीयवासी लागिपरेका छन् । यहाँ धमाधम नयाँ संरचना निर्माणले गाउँ सुरक्षित भएको अनुभूति गर्न सकिन्छ ।

    मस्र्याङ्दी नदीमा बाढी आए जत्तिकै तटबन्ध लगाई अहिले बस्ती सुरक्षित गरिएको छ । यस बस्तीलाई सुरक्षित बनाउन तात्कालीन प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य र पालुङटार कुण्डुटार सिञ्चाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । छिटो बस्तीलाई सुरक्षित बनाउने उद्देश्यले उक्त आयोजना र तात्कालीन प्रजिअले उपभोक्ता समितिमार्फत काम गर्नुभएकोे स्थानीयवासी आन्द्रे गुरुङको भनाइ थियो।

    “बस्तीको सुरक्षाका लागि लामो प्रक्रियालाई संस्थाले छोट्याएर काम अगाडि बढाएको छ । उपभोक्ता समितिमार्फत काम गर्दा आफ्नो गाउँलाई सुरक्षित बनाउन छिटै नै काम सम्पन्न भएको छ । उपभोक्ता समितिमार्फत काम नगरेको भए अझै ढिला हुन्थ्यो, यो वर्खामा पनि डराएरै सुत्नुपर्ने अवस्था हुन्थ्यो, अहिले काम छिटो हुँदा आरामले सुत्न पाएका छौँं”, उहाँले भन्नुभयो ।
    पालुङटार कुण्डुुटार सिँचाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यले तालगाउँको बस्तीलाई जोखिमको समयमा कसरी हुन्छ छिटो सुरक्षित बनाउने कार्यमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो ।
    “लामो प्रक्रियाबाट काम गर्दा जोखिममा आत्तिएका तालगाउँबासीको सुरक्षामा हामीले ध्यान दिनुपर्ने हुन्थ्यो, बोलपत्रको प्रक्रियाबाट काम गर्दा अहिलेसम्म पनि आधा काम गर्न सकिने अवस्थामा हुँदैन थियो, यसवर्षको बर्खामा पनि त्रयत्रयमा रहनुपर्ने हुन्थ्यो, उनीहरुकै जिम्मा दिएर छिटो काम गरेका हौँ,” उहाँले भन्नुभयो ।

    त्यहाँको तटबन्ध निर्माणका लागि आर्थिक वर्षको अन्त्यतिर बजेट बिनियोजन भएको र बोलपत्र प्रक्रियाबाट जाँदा लामो समय लाग्ने हुँदा बजेट फ्रिज हुने अवस्थामा यस्तो निर्णय गरिएको प्रमुख आचार्यले स्पष्ट पार्नुभयो । “तटबन्ध निर्माणका लागि बोलपत्र प्रक्रियाबाट अगाडि बढ्दा छ महिना लाग्छ, मनाङको मौसम अन्य जिल्लाको जस्तो बाह्रैमहिना अनुकूल हुँदैन, यसले गर्दा उपभोक्तामार्फत काम गराएका हौँ र छिटो काम भएको छ”, उहाँले भन्नुभयोे ।

    बस्ती तटबन्धले सुरक्षित बनाइएपछि यहाँ पुराना संरचना पुनःनिर्माणका साथै नयाँ संरचना पनि निर्माण भइरहेको छ । बाढीले क्षति पुगेका घर, भवन र होटलको मर्मत सम्भारसँगै यहाँको व्यवसाय पनि अहिले तङ्ग्रिदै गएको छ । यसले गर्दा स्थानीयबासीमा खुसी छाएको छ ।

    बुधबार, साउन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.